Oct 4, 2009

"पन" गिती एलबम भित्रको सौन्दर्य

अशोक रार्इ
सचिबः आदिबासी गितकार समाज हंगकंग
सन्दर्भ रोशा लिम्बूको गिती एलबम "पन"को हो । यसै सन्दर्भमा आफ्ना केही कुरा ओकली हालौं । म गित संगितको पारखी मात्र । यसको प्राबिधिक पक्षमा पुरै अनभिज्ञ म गित त लेख्छु तर राम्रो गित लेख्न आँउदैन न गाउँन नै । बजाउन त मलाई ताली पनि मिलाएर आँउदैन । अब मैले गित संगित यस्तो उस्तो भनेर बोल्ने कुरा त त्यति नसुहाँउला । तर हामी गितमा सचेतनाका कुरा भने गर्न सक्छौं या आग्रह र बिचारको कुरा भने हामी राख्न सक्छौं । अहिले हामी हामीले लेख्ने र गाउने गितमा अनि हामीले बनाउँने संगितमा आदिबासी पीडा, आदिबासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस भन्ने आग्रह जो गर्दैछौ त्यो नै हाम्रो "पन" हो । गित संगित त र्सबाधिक सम्प्रेषणीय हतियार हो । यसलाई प्रयोग गरेर धेरै देश-ठाँउ)हरुमा राजनैतिक, धार्मिक र सामाजिक आन्दोलनहरु थोर बहुत सफल पनि भए । अब अश्वेत गायक बब् मार्लिले कस्तो धारको संगित पस्केर आफ्ना कुरा त्यहाँका श्रोता समक्ष राख्न सफल भए त्यो पनि मलाई थाहा छैन । तर उनले आफूलाई चिने र आफ्नो कुरा आफ्नो गित संगितका माध्यमबाट जनतामा राख्न सफल भए । यो गौरबशाली आयामलाई हामीले पनि प्रयोग गर्न सक्छौं की । यता नेपालको सन्दर्भमा राजनैतिक परिबर्तनको श्रृंखलालाई हेर्दा बामपन्थी गितहरुको योगदानलाई हेर्न सक्छौं । आज मुलुक यहाँसम्म आइपुग्नुमा ती गितहरुको योगदानलाई पनि मान्नु पर्ने हुन्छ । सधैं जनता र जागृतिका गित गाएका रामेश र जे. वि. टुहुरेलगायत अन्य श्रष्टाहरुले जनतालाई धेरै गुन लाएका छन् । यद्धपी उनीहरुले जनताको श्रद्धा त पाए तर ब्यबसायिक हुन भने सकेनन् । उनीहरुलाई मूलधारले समाहित पनि गर्न सकेन । यस्तो बिडम्बना सबैले भोग्न पनि चाहदैन । हामी सबैलाई स्थापित र सफल हुन नै मन छ । जस्को लागि लोकपृयताको धार समात्ने परम्परा अस्वभाविक पनि हैन । अब कसैको निजत्वमाथि खलल पुर्याउनु पर्ने पनि केही छैन । यी परिस्थितिहरुमा कस्ले कस्तो प्रकारको योगदान दिने भन्ने बिषय असजिलो पनि छ । यति हुँदा हुदैपनि हाम्रा आदिबासी श्रष्टाहरुले आफ्नो जातिय र समूदायिक हितको लागि सकेको सोच्न र गर्न सके निकै राम्रो हुनेछ भन्ने हामीलाई लाग्छ । पहिलो कुरा त हरेकले बनाउने सृजना सबल हुनु पर्छ नै । तब नै पुर्याउनु खोजेको र गर्न खोजेको कुरापनि श्रोता या पाठक समक्ष सम्प्रेषणीय होला भन्छु । श्रष्टा सबैले आ आप्नो ठाँउबाट सकेको योगदान जातिय र सामूदायिक हितमा लगाउन् यहि हाम्रो आग्रह हो । अब हामीले यस्तै प्रकारको गिती सृजना दिने भन्ने कुरा पनि कठिन नै हो । यसो भनौं कम्तीमा केही चेतना, केही सन्देश, केही परम्परा र पहिचान होस् त्यहाँ अनि लोकपृय बनोस त्यो सृजना ।
अब म एलबम बारे मलाइ लागेको बोल्छु । यो "पन" गिती एलबम गायिका रोशा लिम्बूको एकल गाएन गिती एलबम हो । केही समय अघि हंगकंगमा गायक दिप श्रेष्ठको हातबाट बिमोचन भएको यो एलबममा शिला बहादुर मोक्तान, दिनेश सुब्बा, शान्तिराम रार्इ, पारस मुकारुंग, सुरेस कुमार, अशोक रार्इ र अनिल कुमारले संगित दिनु भएकोछ । गित तर्फ नन्द चंसुले पाँचबटा, सुरेस कुमारको दुर्इ बटा र दिनेश राज र शुशन साम्सोहांगको एक एक बटा रहेका छन् । गायनमा सुसन साम्सोहांगले गायिकालाई एउटा मिठो साँस्कृतिक युगल गितमा साथ दिएका छन् । औपचारिक चिनाजान नभए पनि किराँती चेली रोशा लिम्बूलाई हंगकंगको बिभिन्न स्टेजहरुमा मैले गाएको देखेकोछु । मीठो स्वरकी धनी रोषा लिम्बूको यो अघि गिती एलबम निस्किएका थिए या थिएनन् मलाई थाहा भएन । तर महत्वपूर्ण कुरा यस एलबममा भएका केही गितहरु मैले खोजेजस्तो पाएर म पुलकित भएकोछु । यहाँ लोक साँस्कृतिक गित छन् । सुगम र पप् शैलीका मीठा गितहरु समेटिएका छन् । गायिकाले सबै स्वाद श्रोतालाई पस्किने जमर्को गरेको जस्तो मलाई लाग्यो यो राम्रो कुरा हो । गितमा शब्दको कुरालाई अलि ज्यादा महत्व दिएर कुरा गर्दा नन्द चंसुका गितहरुलाई महत्वपूर्ण मान्नु पर्ने हुन्छ । वँहाको गितमा आदिबासीय अनि त्यसमापनि खासगरि लिम्बुवान सौर्न्दर्यलाई बिचार गरेको पाइन्छ । साथसाथै आँञ्चलिक स्वादहरुको मिश्रण वँहाको गितका शब्दहरुमा देखिएकोछ । जस्तो एउटा युगल गितको सानो अंशलाई हेरौं ।
केटाः छुइयामा हा हा खुइयामा मार्नू आँउछ की आउदैन
पोकन्दी खेल्नु जिस्केर बोल्नु पाउँछ की पाउदैन
केटीः छुइयामा हा हा पोकन्दी खेल्नु जिस्केर नबोल्नु
कस्तोमा राम्रो सँस्कृति हाम्रो कहिले नि नभूल्नु
प्रेम कै सन्दर्भमा पनि चंसुका शब्दहरुमा साँस्कृतिक पक्ष हावी भएकोछ । हराउदै गएका या हामीले बिर्सेका हाम्रा जातिय र क्षेत्रीय भाकाहरु हाक्पारे, ख्याली र रोधी घरको संझना गितमा गरिएकोछ । पिडासगै साँस्कृतिक आग्रह बोकेकोछ चंसुका गितहरुले । एलबममा भएका उनका गितहरुको संगितमापनि मौलिकपन देखिएकोछ ।
हाक्पारे र ख्याली तिमीले गाउनै छाड्यौ रे
रोधी घरमा पनि अचेल आउनै छाड्यौ रे
बिसन्चो पो छौ की ठूले के छ खबर
मुरी मुरी संझना छ ठूले मेरो हजुर
त्यसै गरि वहाँको अन्य गितमा प्यारो गाँउको संझना, पहिरोको कुरा, अलैची घारी, ढुंग्री बुलाकी, धान नाच, च्याब्रुग र माइबेनी मेलाहरुको संझना झल्केका छन् ।
अन्य गित मध्ये गित नं ४.(संझना सधै रहिरहोस), ५.(पर्खि बसेँ तिमीलाई) र ९.(सुनमा सुगन्ध छरि दियौ) पप् शैलीमा तयार गरिएका छन् । यी सबै गितमा जीवनबोध, प्रेमस्पर्शी र यिबोगी गाथाहरु पोखिएका छन् । गित नं ६.(तिम्रो नयन तालैमा डुब्न पाए हुन्थ्यो) र गित नं. ८.(आएन परदेशी गाँउ घरको माया सम्झेर) दूर्इ गित सुगम संगितमा मीठो गरि तयार गरिएका गितहरु हुन । पहिलोमा प्रेम भल्काउने कुरा छ भने दोश्रोमा परदेशीको पीडा र गाथा छ । सबै गितहरु कर्णपृय नै छन् । उत्कृष्टताको हिसाबले भन्नु पर्दा मलाई मन परेको गित नं ७ नै हो । जहाँ मैले खोजेका धेरै कुराहरु छन् । यसको लागि नन्द चंसु, रोशा लिम्बू र पारस मुकारुंगलाई बधाइ दिन्छु ।
भेटै हुन्न भन्छन् ठूले के छ खबर
मुरी मुरी संझनाछ ठूले मेरो हजुर

Aug 28, 2009

प्रवासी संगालो संगम अनि सहयात्रीहरु

सेलिङ्ग के सी
दिखुवा र साप्सुसँगै बगिरहेका तीर्थ संगम रार्इ
विषम छ सडकहरु द्धिविधा छन बाँच्नु र बचाईहरु यो बेनिर्णय निरुपण मथिंङ्गल कुन नदी भएर बग्न सक्छ ? यो मष्तिस्कमा उत्पन्न चेतना कुन तरङ्गमा बग्न सक्छ ?यो अति वर्श्चनिय सतहलाई चिर्दै उकालो लम्की रहेका श्रष्टा तिर्थ संगम रार्इको कुरा गर्दैछु । पछिल्लो ३ बर्षदेखि संसारको तेश्रो रोजगारको गन्तव्य स्थान दोहा कतारमा नेपाली युवा जनशक्ति दोव्वरको हिसावमा बढेको छ । पहिलो त अन्तराष्ट्रिय रेमिट्यान्स भित्राउने सवालमा मुलुकलाई फाईदा नै छ परन्तु देश युवा विहिन हुनुबाट राष्ट्रले ठुलो युवा जनशक्तिको घाटा व्यहोर्नु परिरहेको छ ।बर्षेनी लाखौँको हिसाबमा नेपाली युवाहरु रोजगार विहिन भएबाट यस्ता बैदेशिक रोजगारको अवसरहरुको समस्या मत्थर त पारेकै छ तर २५ बर्ष बुढो श्रम सम्झैाता अनुसार युवा जनशक्ति गुन्द्रुकको भाउमा बेच्ने प्रवृति छुट्न सकेको छैन । हो यहि समस्याको जडबाट अछुतो रहन नसकेका साहित्यकार तिर्थ संगम र्राई आज रेगिस्थानमा बाँचेर पनि कृति प्रकाशनमा अब्बल दर्जामा उभिन सफल भएका छन् । यो दर्वियान प्रारम्भिक कालको होईन यो कृति प्रकाशनको पर्वियान नेपाली साहित्यको ति व्र विकासक्रमको हो । यहाँ नेर श्रष्टाहरु अभ्यासमा त पक्कै पनि छन नै तर अभ्यास भन्दा एक खुट्किलो माथि उठिसकेका छन यहाँका श्रष्टाहरु । मुलुक बाहिर दार्जिलिङ्ग , हङ्गकङ्ग अनि पछि कतारलाई नेपाली साहित्यको बाङ्गमयको उर्भर भूमि मानिन्छ यहि रफ्तारमा विभिन्न साहित्यकार हरुबाट प्रसस्तमात्रमा कृतिहरुपनि प्रकासनमा आइनै रहेका छन । म यसलाई कृति प्रकाशनको होड भन्दिन किन भने साहित्यिक चेतना नभएका श्रष्टाहरु कृति प्रकाशन गर्न सक्दैनन् यो चानचुने कुरा हुदै होईन । यो लाखौँमा एक साहित्यकार जन्मिनुको उपज हो । साहित्यमा रुचि राख्नु मात्रै त ठुलो कुरा हो भने त्यहाँ लागेर नेपाली साहित्यलाई एउटा इटा थप्नेकाम गर्नु त पृथ्वी जति ठुलो हो । माथि उल्लेख गरिएका नेपाली साहित्यको उर्भर भुमिहरु मध्ये कतारको भौगोलिक र प्राकृतिक जिवनचर्या दीन लाग्दो मात्र छैन निस्चित रुपमा पिडा दायक छ । साथै यहाँ कानुनी परिधि भित्र रहेर निश्चित समयमा आफनो मुलुक फिर्नु पर्ने हुन्छ यसरी सस्तो श्रम बेचेर तकियामा सुनौलो भविष्य बुन्नु आएका आम नेपालीहरुको भिडबाट एउटा श्रष्टा जन्मिनुलाई सिंगो नेपालकै उन्नती हो भन्नु पर्छ । यहाँ आएका कैयौ नेपालीका मानसिक संवेदनाहरु बग्रेल्ती समस्यासँग सम्वन्धित छन तर चेतनाका स्तर उठेकाहरुले यस्ता समस्याहरुलाई बुझेका छन यहि बुझ्नु नै एउटा साहित्यि माध्यम हो भन्नु पर्छ । रेगिस्थान तिर गएर नेपालीहरु गैँती बेल्चा मात्र चलाउदैनन् रचनात्मक कामका सँगै साहित्य सृजना पनि गर्छन भन्ने कुराको ज्वलन्त उदाहरुण हो यो प्रकाशन । आजको युग प्रतिस्वपर्धाको युग हो भौतिक संञ्चार विकासले पृथ्वीलाई गाउँमा भेट्न थालेको बेला नेपालीहरु अझै पनि संकुचित दायरा भित्र बाँचिरहेका छन् । यस्ता यथास्थितिवादि सोच भएकाहरुलाई यो "प्रवासी सँगालो संगम अनि सहयात्रीहरु" पुस्तकले मिठो चाबुक दिएको छ । प्रवासी सँगालो संगम अनि सहयात्रीहरु पुस्तक भित्रको कोक्टेल परिकार र यस सँग सम्वन्धित रचना औपन्यासिक कथाको साङ्गगो पाङ्गगो नजिकसँग हेर्न पाइयो प्रवासी जिवनमा रहँदा प्रवासमै बसि बसि नेपालको चित्रलाई समिपबाट हेर्न पाउनु सानो कुरा सम्झीनु हुन्न ।श्रष्टा तिर्थ संगम रार्इ बुर्इपा -१ ब्यासिँटोल खोटाङ्ग दिक्तेलमा आमा मेम् हिरा रारइ र बु्बा राम बहादुर रार्इबाट २०३४ सालमा जन्मिएका हुन् । स्नातक सम्मको अध्ययन गरेका संगमको स्थाइ बसोबास लेटाङ्ग ७ खैरेनी मोरङ्ग हो । पूर्वेली साहित्ययात्रामा उहाँको नाम नयाँ होइन । साहित्य दुख्नुबाट सुरु हुन्छ यहि दुखाइको अनुभुतिहरु यहाँ कतै कतै पोखिएका छन् ।
वहाको पुस्तक प्रकाशन र वहाँको रचनाहरु देखेर मैले डा. तारानाथ शर्मा ज्यूलाई सम्झन पुगेँ आफु विदेशमा हुँदा वहाँको परिवारले द्रव्य बस्तुको आशा गरेका थिए तर राम्रा निवन्ध "बेलायततिर बरालिँदा" लिएर आए । यहि मानेमा लेखक तिर्थ संगम रार्इ ज्यूलाई पनि द्रव्य पिसाचले छोएको छैन भन्न उपयुक्त ठान्छु ।विशेष गरेर वहाँको रुचि भएका पुस्तक भित्रका खुराकहरु यौवन धार छोएर बगेको पाइएता पनि यथार्थताको नविनतम कोसिसले पुस्तकलाई माथि उठाएको छ । पहिलो खण्डमा घायल प्रेमी प्रतिनिधि लघु उपन्यास श्रीगणेस गरेका छन् साहित्यकार तिर्थ संगम रार्इका कथाका कथानकहरु रंगिँन प्रवृतिका छन् । अहिलेका तन्नेरीहरुले पढ्ने खालको । यो कथालाई पत्रकार तथा साहित्यकार श्री श्याम सुन्दर शशीज्यूले फिल्मी कथा भनेका छन् । तर बम्बैया शैलीकै भन्नु पर्ने अवस्था यो कथाको छैन कथा हाम्रो जिवनमा र हाम्रो समाजमा घट्न सक्ने सँभावनाको छ त्यसैले यो कथाले अवको सम्भावित घटनालाइ खवरदारी गरेका छन् । कथाहरु भावनात्मक हुन गयो भने पाठकले त्यसबाट केहि पाउन सक्दैनन् तर यथार्थपरक कथाहरु लेख्न सक्नु चाहिँ कथाकारले पाठकलाई दिएको सवक हो भन्नु पर्छ । एउटा सम्वेदनशील जवान केटा र केटीले गरिने यौवनकामवासनाको अर्को रुप हो माँया । यो ध्रुव सत्य हो यदी यस्तो प्रेम नहुदो हो त श्रृष्टिको कल्पना हुन सक्दैन भन्ने कुरा उपन्यासकारले भन्न खोजेका छन् । पिडाहरु, चोटहरु, र दुःखहरु प्रेमको मल्हमले नै मथ्थर हुन सक्छ जस्तै फलामले फलाम काट्छ भने जस्तै । कामबासनाबाट चोटहरुलाई मलमपटि गर्नेकाम भएको छ कथामा । दृष्टान्त स्वरुप अमितलाई स्वेताले प्रेममा धोका दिएको हुन्छ अमित धोखा सहन नसकेर घायल प्रेमी बनेर उग्र निरासतामा डुवेर मृत्यूलाई समाउदै छ । यहिबेला आस्था कथाको माया, प्रेम यौवन चाहना कामुकतापन देखाउदै साथ दिन तयार भएकी छिन कथामा मानविय संवेदनाहरु बढि उदासिनतातिर मुड्यो भने लोकमा धेरै टिक्न सक्दैन अथवा सम्भावनाहरु प्रसस्तै भेटाउन सक्छ भन्ने कथाको मनसाय छ यति हुदा हुदै पनि कथाको अन्तयष्टि शुन्यतामा टुङ्गएिको छ आस्थाले घायल प्रेमी अमितलाई मरेको मान्छेबाट ज्यूदो त बनायो परन्तु सँकुचित समाजले यी दुइको पवित्र मायालाई चिन्न सकेनन टुसाउदै गरेको मायाको मुना निमोठिने डरले नयाँ सँसार बसाउन अमित र आस्था भागेर दार्जिलिङ्ग जाने क्रममा मालवाहक ट्रकमा मोटर साइकल ठोक्किँदा आस्थाको प्राणपखेरु उडेको छ भने अमितफेरी एक्लो बनेको छ । यो कथा सँकुचित अभिभावकहरुलाई एउटा राम्रो संन्देश बनेको छ ।उपन्यासकारले इलामको स्थानिय भौगोलिक परिवेश र त्यहाँको प्राकृतिक बान्किलाई सेरोफेरोमा बाँधेर पूर्विय सौन्दर्य भूखण्ड र त्यहाँका प्राकृतिक छटाहरुको परिचय पनि राम्ररी गर्न भ्याएका छन् "प्रवासी सँगालो सँगम अनि सहयात्री" मार्फ । जिवनका भोगाईहरु बाँच्नुको असली साहित्य हो यदी साहित्य जिवन र जगतको दर्पण हो भने । अवको साहित्य लेखन शैली केहि हदसम्म व्यावसायिक पनि हुनुपर्छ भन्ने मेरो मान्यता छ त्यसैले साहित्यमा कामुकता रङ्गँको अनि अपरिहार्यताले हुन्छ कि बजारमा देखिएका रङ्गी विरङ्गी पेपरहरुसँग प्रतिस्पर्धा गर्न सकोस् त्यसो त अकबरे सुनलाई कसी लगाउनु पर्दैन यद्धपि कसी नै लगाएर साहित्यलाई अझ आकर्ष बनाउन सक्नु चाँहि साहित्यकारको खुवि हो । जब लेखक यथार्तपरक बन्न सक्छ तब समाजमा घट्ने विसँगतिहरुको हुवहु चित्रण गर्न सक्दछ । हाम्रो समाज केहि सँकुचित त छ नै त्यो हुनु सँगै सामाजिक सिमारेखा साँस्कृतिक अवरोधहरु पनि प्रसस्तै छन् । तर त्यसलाई साहित्यले पूर्ण रुपमा लेप लगाएर सामाजिक मान्यता कायम राखि साँस्कृतिक सहिष्णुता माथि उठाउनु साहित्य साधकको कर्तव्य हो ।
यहाँ तिर्थ संगम रार्इ केवल उपन्यासकार मात्र बनेर प्रस्तुत भएका छैनन् घरी गजलकार बनेका छन् घरी गीतकार बनेका छन् । "पुस्तक प्रवासी सँगालो सँगम अनि सहयात्री" मार्फत वहाँको कोक्तिल प्रस्तुतिले अलग अलग धारको साहित्यकार बनेका छन् उपन्यासको अन्त्यको सुरुवात मै ११ वटा गजल प्रस्तुत गरेका छन् । गजलहरु प्राय सबै श्रृगारिक रसका भेटिएबाट गजलकार यूवा हुनुको उपज हो की भन्ने भान पर्छ । ११ मध्यको एउटा गजल राष्ट्रिय भावनाले ओतप्रोत मात्र छैन गजलकारको सँवेदनिय देश चिन्तनको छनक देख्न सकिन्छ साथै राजनितिक विसँगतिको पराकाष्टा स्वरुप यसरी प्रस्तुत् भएका छन् तिर्थ संगम रार्इ ।
टुक्रा टुक्रा भयो देश झिटि झ्याम्टा कसे अरे
बुढा खाडा सबै छाडि यूवाहरु विदेश पसे अरे
एउटा युगल गीत र सातवटा अनेकन विचारका कविताहरु पुस्तकमा पाइन्छ त्यस मध्ये "मेरो देश रोएको बेला" प्रतिनिधि कविता उच्चकोटिको रहेको छ । यस गद्य कविताको कवित्व असली साहित्य जस्तो लाग्छ एउटा प्रेमीकाले प्रेमीलाई माँया गर्नको निम्ति अनुनय विनय गरिरहेकी छिन तर यहाँ आएर कवि वडो विचलित बनेको पाइन्छ देश अभावले छट्पटाएको बेला अशान्तिले मुर्छा परेको बेला अझ विस्तारवादीले देशलाई गाँजेको बेला यस्तो माँयामा फसेर सँम्वेदनहिन बन्नुहून्न भनेर पृथक बिचार सन्चार गरेर राष्ट्रवादीहरुलाई सुसुचित गराएको छन तिर्थ संगम रार्इले । यति सम्म राष्ट्रप्रप्रति सँवेदनशील बनेका छन कि ऊ सामु एउटा मस्त तरुनी युवति आफ्ना सम्पूर्ण जवानी प्रस्फुटन गरार्इ ज्यान समर्पण गरिरहेकी छिन कविता बनेर तर कवि यसो भन्छन् ।
सुनसान ......... चुक झैँ अध्यारो रात
बैरीहरु परेड खेलिरहेको छ
मेरो देश र धर्तिको छातिहरु
तिमी भने,
मेरो झुपडिको विछ्यौनामा
बैशको उन्माद जवानीलिएर
काम वासनाले मदहोस बनेर
सुस्त सुस्त आई रहेकी छ्यौ
तिमीलाई म के उपमा दिउँ -
कामिनि, दामिनी या कामदेवी
भो पर लैजाउ ति म्रा अंङ्ग प्रत्यङ्गहरु
किन भने
यहाँ माटोले रगत मागिरहेको बेला
यो देशको सिमाना मिचि रहेको बेला ।
पृष्ठ ६१
सबै प्रस्तुतिहरुमा साहित्यकार तिर्थ संगम रार्इ व्यापारीक रुपमा प्रस्तुत भए पनि यो कवितामा आएर राष्ट्र भावनाले ओतप्रोत बनेका छन् । झण्डै झण्डै यो कविता लाई प्रगतिधारको भन्न सकिन्छ ।
प्रस्तुति वाक्य गठन शव्द चयन भाषा शैली बिचार र कलाको उचित समायोजन गर्ने कोशिसले पुस्तकको महंगाई ह्वात्तै बढेको छ ।
तलको कविता अंशहरु कविको खुवी जोख्ने कसी हो दृष्टान्त स्वरुप
सलल........... कलकल .. छङ्गछङ्ग गर्दै
बगिरहेका छन् दिखुवा र साप्सुसँगै
जिवनका अनेकौं भङ्गालोहरु
पृष्ठ ६०
माथिको अंश ठ्याक्कै साहित्य जस्तो छ साधारण बोलीचालीका शव्दहरुलाई साहित्य भन्न मिल्दैन साहित्यिक हुनुपर्छ । भनिन्छ लेख्छु भनेर कविता लेखिदैन देख्छु भनेर सपना देखिदैन सपना र रचना हाम्रो अन्तर चेतनाको उपज हो । विशेष त तिर्थ संगम रार्इका रचनाहरु यौवन भएर वगेपनि निस्कर्षमा क्रन्दन , चिन्तन , पिडा, क्रोध, विवसता, चित्कार, अटहास, अनायसता, आँसु, हाँसो , रोदन, छट्पटाहट, माँया, प्राप्ति देखि लिएर राजनितिक विज्ञानको सम्भावना सम्म पुगेका छन् । यतिहुँदा हुदै पनि देखिएको नराम्रो पक्षलाई औँल्याउनु समिक्षकको कर्तव्य ठान्दछु ।
बहाँका रचनाहरु त्यति प्रगतिवादि छैनन् । कथाको निस्कर्षशुन्यवादि छ यसले पाठकलाई सुसुचित गर्न सकेको छैन निर्माण दिन सकेको छैन । सुद्धासुद्धिमा ध्यान नदिएबाट सात्यिकार संगम केहि हतारिएको हो कि भन्न सक्ने ठाँउहरु छन् । साथै कुनै कुनै ठाउँमा शव्द चैनले आमेल पैदा गराएको छ । एउटै श्रष्टाको रचनाहरुको दुइ स्थान पाएको छ यसो नहुनु चाहिँ राम्रो हो ।
दृष्टान्त -सायद कुनै पर पुरुषको र्स्पर्स हुनुपर्छ । पृष्ठ :३४
आस्थाको दुवै नितम्व अमितको ढाडमा ठोकिँदा । पृष्ठ ३९
तीन खण्डमा विभाजित यो पुस्तकमा दोहामा रहेर कलम चलाउने स्थापित साहित्यकार अथवा साहित्यमा महत्व पूर्ण योगदान दिने साहित्यकार तथा कृति प्रकाशन गर्ने श्रष्टाहरुलाई पनि समेटिएबाट यो सोच नविनतम हो भन्नु पर्छ । दोश्रो खण्डको सुभारम्भमा सिताराम आचार्यबाट लिखित सँस्मरण आलेख लेखीको छ । यो सँस्मरणमा विश्व साइकल यात्रामा भोगेका तितो मिठो स्मरणहरु चित्रित छ यसको निस्कर्ष के छ भने प्रदेशमा पनि विश्वमा रहेका नेपाली मुलका नेपालीले सहयोगको आदानप्रदान गर्दो रहेछ भन्ने देखाइएको छ एक बर्मेली नेपालीले सितारामजी लाई सहयोग गरेको छ जो स्वदेशी नेपाली पनि गर्न सक्ने थिएन ।
मेरो खोटाङ्ग यात्रा र साले जिन्दगी शिर्षकबद्ध सँस्मरण लेख साहित्यकार विक्रम चेतनसिल रार्इ ज्युले लेख्नु भएको छ यो लेख घतलाग्दो छ जो एक पटक पढ्नै पर्छ । बषौँ पछि दोहा कतारबाट गाँउ पुग्दा नेपालको हस्ती साहित्यकारहरुसँग भलाकुसारी गरेको रोचक घटनालाई कलात्मक ढङ्गले प्रष्टाएका छन् । २ वटा यात्रा सँस्मरण लेख र भरतविशाल रार्इको हार्दिक श्रदाञ्जली वाइ वाइ दिवश दाइ शिर्षकबद्ध समर्पण वियोगान्त घटना क्रम जोडिएको छ साथै सेलिङ्ग के सीको कथा तिर्खा इखालु रमेश गेलालको घचघचि व्यङ्गय प्रहार विमा खेति यथार्थपरक छ । यो व्यङ्गयले विमाको खेति गर्ने छदम भेषीहरुलाई मिठो व्यङ्गय प्रहार गरेका छन् । दोस्रो खण्ड भित्र परेका ३ वटा कविताहरु स्थापित कलमहरुले लेखेका कविताहरु छन्, जो अत्यन्तै सँवेदनशील र गहकिला छन् । कवि गिरि श्रीस मगरको आस्था होचिएपछि शिर्ष कविताले दरिद्रताको पराकाष्टाबाट क्रान्तिको बुलन्दि गरेका छन । साथै कवि महेन्द्र अदृष्य रार्इको
मरुभुमि कविताले रेगिस्थानमा एउटा नेपालीले भोगेका कुराहरु कवितामार्फ कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । साथै तुलसी विवस भटर्राई आफु कविता बनेर अर्धसत्य ओकलेका छन् । अस्थिरताको नेपाली राजनितिले जन्माएका ज्यानमारा प्रवृतिको चित्रण गरेका छन् ।
तिन खण्डमा विभाजित यो पुस्तकमा ६५ जना कवि साहित्यकारको कविता, गजल, लघुकथा, यात्रा सँस्मरण, मुत्तक, चिठिपत्र, रुवाइ बिचार गीत लगायत राम्रा राम्रा रचनाहरु समावेस गरिएका छन् । कलाप्रेमि मौलाधन र्राई, भुवन सुनुवार, मोहन ढुगाना मेचि पुत्र, लेखराम सापकोटा, सुनिल लिम्बु पाँचथरे साइलो, रञ्जित भण्डारी, सत्र[mय रार्इ, दुखि दिपक राजवँशी, एलन आर के मुखिया, पि आर खनाल, राज कुमार न्यौपाने, पर्शुराम पर्राई, राजु किनारा, प्रकाश बञ्जारा " विहानी", चेस कुमार र्राई, नरेन्द्र खत्रि अविरल, अष्ट जेरुङ्ग र्राई ज्वालामुखि माइला, गजिन के सोताङ्ग, घनश्याम कटेल, राजेश प्रर्साई, एन वी अन्जान, रमेश सागर, यूवराज बेघा, महेश र्राई सानु मुटु, डि आर र्राई, राम चन्द्र र्राई, भुमिराज इच्छुक, दिलिप अविरल, सिता कार्की सानु, भोजराज श्रेष्ठ एकलव्य राज, गोविन्दराज आचार्य प्रेमी, चुना पन्थ, चन्द्रशेर र्राई, शिशिर हलेसे, दिपक निरौला, राजु पौडेल, प्रविण र्राई, चन्द्र बहादुर विक, रामु टुहुरे, राम चन्द्र लामिछाने, सोमनाथ देवकोटा, पोष्टराज र्राई, कुशुम किरण, दिपक सापकोटा, शालिकराम कार्की, देव आवारा, सुरेन्द्र घिमिरे, विमल गिरी, कुन्दन दाहाल, अनुप दाहाल, नगेन्द्र शाहि, अच्युत सुवेदी, शाराष्ठ शालिक, केशर शाह, मोहन पेाख्रेल, राजेश्वर ढकाल, लगायतका स्थानिय श्रष्टा र नव प्रतिभाहरुलाई आफ्नो पुस्तकमा समेट्नुलाई नयाँ आयाम र श्रष्टासँगको तादम्यता कायम राख्न सकेका छन साहित्यकार संगमले । पुस्तकमा समेटिएको सान्दर्भिक कार्टुनचित्रले पुस्तकलाई भारी त प्रदान गरेकै छ अझ यसको आकर्षा आवरणकलाले कागजी बजारमा प्रतिस्पर्धाको माहोल खडा गर्न सकेको छ । राष्ट्रिय साहित्यकार श्रवण मुकारुङ्गको भुमिकाले पुस्तकमा सुगन्ध थपेको छ भने राजधानी अन्तराष्ट्रिय साप्ताहिकका मध्यपुर्व व्यूरो दर अल शार्क दोहाको सँयोजक दिपक पौडेलको शुभकामना साथै कान्तिपुर प्रवास साप्ताहिकका तत्कालिन अरव व्यूरो श्याम सुन्दर शशी ज्यूको पुस्तकको समालोचना गर्नु भएको छ । भने नवोदित साहित्यिक वाचनालय दोहा, कतारले सँस्थागत शुभकामना दिएर उच्च स्थानमा राखिदिएका छन् । पुस्तकलाई साथै नेपाल सरकारको प्रतिनिधित्व गरेर बसेको नेपाली राजदुतावासका महामहिम राजदुत डा. सुर्यनाथ मिश्रको गहकिलो शुभकामना, दोहा, कतारका कोरीयन नागरीक सोहि कम्पनिका ले पनि कसिलो शुभकामना दिएर विदेसीहरु सँगको मार्मिक सम्वन्ध नजिकाएको छ भने प्रकाशनको अति महत्वपुर्ण भुमिका प्रकाशक सानु मोक्तान, लिला योञ्जन मोक्तान, सिताराम आचार्यले निर्वाह गर्नु भएको छ । सँस्करण २०६६ असार ०८ प्रकाशन संख्या १,००१ मुल्य सँस्थागत करि २५ विक्रि वितरण मुल्य करि १० ने रु १०० कभर ले आउट त्रिचन्द्र प्रतिक्षा सहयोगी टि सि एस इन्टरनेसनल पव्लिकेसन शिव शक्ति, प्रेस वागबजारबाट भएको छ यस्को पृष्ठ क देखि फ सम्म र १ देखि १७७ सम्म रहेको छ यो पुस्तकलाई ठुलै मान्नु पर्छ अन्त्यमा वहाँको साहित्ययात्रा यहि गतिमा अगाडि बढ्दै जावोस शुभकामना व्यक्त गर्दछु ।
अलखोर, कतार
प्रधानसम्पादक मुग्लानी सौगात

Aug 4, 2009

अशली वनेम र उन्को गिती अलवम

राई चन्द्र दुमी
संगीतको आफ्नै भाषा हुन्छ जस्लाई जस्लेपनि बुझ्छ भनिन्छ, भनिन्छ मात्रै तर सवैले होईन बुझ्नेहरुलेमात्र बुझ्छन, अझ भनौँ बुझ्ने कोशिष गर्नेहरुलेमात्र बुझ्दछन । चराहरुसंग कविहरु दोहोरो बात गर्छन, खोला खोल्सीसंग प्रेमीलो बार्तालाप गर्दै कविहरु बहकिन्छन, सल्लाको सुसाई, फूलहरुको फूलाई, झुकाई, बिजुलीको चम्काई सवै सवैको अर्थ खोलीदिन्छन कविहरु, लेखकहरु । आफुले बुझेको ति मानवभिन्न प्राकृतिक आवाजहरु हामीसमक्ष राखिदिन्छन एक किसिम हाम्रो दोभाषेहरु हुन कविहरु लेखकहरु । म संग अहिले असली वनेमको यौटा गीती अलवम छ लिम्वु भाषाको, यस्लाई यहि अगाडि बजाईरहेको छु । म लिम्बुभाषा सवै बुझ्दिन फेरी कविहरुले चराहरुको भाषा बुझेजस्तै संगीतको भाषा बुझ्ने म त्यस्तो कवि लेखकपनि होईन तर डुबियोभने कवि भएर होईन संगीतले कवि बनाएर आफ्नो भाषा बुझाउँदो रहेछ । त्यसैले बहिनी अशली वनेमको गीती संग्रह पक्कन्दी मैले भित्रैदेखी बुझीरहेको छु । मलाई यस्ले कवि बनाएरै छाड्यो जो कोहीलाई सुरुको कोरसलेनै आफ्नो प्रभावमा पारेर लिम्वुवानको रमाईलो डाँडापाखा खोलानाला,झारजंगल, छहराछाँगा, भिर पहरा घुमाईदिनेछ ।
लिम्बु लोकसँस्कृतिक संगीतको अशल पहरेदार गायक संगीतकार धनबीर साँवासंग मैले पहिलेपनि सनर्राईजबाट अन्तर्वार्ता गरेको छु संगीत गायन र लेखन समेतमा उनैको भूमिका बढि छ पक्कन्दीमा । पक्कन्दी (उपरखुट्टी लगाएर एक किसिम आरामी बसाई) नाम जुराईएको यस संगालोमा असली वनेमले स्वरमात्र दिएकी छैनन, पैसा लगानीपनि गरेकीछिन क्यारे, यस्लाई म भाषा सँस्कृति सम्बर्द्धनको कित्तामा राखेर उन्लाई धन्यवाद दिन्छु । हंगकंगमा गीत संगीतप्रति लगाव राख्नेहरु रहरले पैसा खर्च गर्छन तर त्यो रहरनै आज आवश्यक्ता हुनआएको छ । दुखले कमाई गरेको पैसा संगीतमा लगानी गरेर उनिहरुले मनोरञ्जन र सँस्कृति संरक्षणको दोहोरो सेवा गरेको छन । फेरी उनिहरु आर्थिक घोटालाबाट तर्सेर संगीतबाट भागेकापनि छैनन अलग्गिन सकेका छैनन, साहित्य बिशेष गरेर कविता क्षेत्रमा एकताका ७०, ७५ नाम थिए पलायन भएर गए, अहिले १२,१५ बाँचेको छन, आर्थिक अभावलाई स्विकारेर उत्कृष्ट जीवन बाँचिरहेको छन । तर संगीत, गीत गायन,बजान क्षेत्र बढी रिस्क भएरपनि त्यस्तो भएको छैन । कुनैपनि कुरालाई जव निन्तरता दिईन्छ, साधना सामना गरिन्छ तव त्यस्ले पुर्णरुप लिन्छ पुर्णकार लिन्छ भोली सुन्दर फूल भएर फक्रन्छ । सौन्दर्यको लागि फूल समाजको आवश्यक्ता हो, त्यो सौन्दर्यको अर्को नामनै सभ्यता हो । नेपालतिर फर्केर हेर्दा बिरक्त लागेपनि हंगकंगमा हरेस खाएको छैनन, साधकहरु संघर्ष गर्दैछन निरन्तर ।
पक्कन्दीमा पहिलो गीत पक्कन्दी छैन, लिम्बुवान लाजे (लिम्बुवान राज्य) शिर्ष कको गीत छ । यस्मा एकहुल नारी स्वरहरुले च्याब्रुङबाजा (ढोल) संग यति सुन्दर कोरस तानीदिएको छन । हामी गैहृलिम्बुहरुलाई शब्दहरुसंग अल्सि लाग्दालाग्दैपनि मलाई यी दुइ कुराहरुले ताने चुइ.या हा हा. हो हो । ख्यालीमा तयार पारेको यो गीतको बिचबिचमा जति ति स्वरहरु आउदै गए म २०, २२ बर्षअगाडिको लिम्बुवान भ्रमण गर्दै गएँ । अघि बढने क्रममा फोक्सोङ, खाम्वेक, इक्सा जस्ता शब्दहरु आउन थालेपछित मैले सवै गीतहरु बुझिसकेको थिएँ । त्यही ताप्लेजुङको गुरुङहरुले हेर्वेट भन्ने सेक्मुरी सिङजावोहरुसंग म लिम्बुनीहरुलाई तुलना गर्थें त्यतिबेला । तेहृथुमको तम्फुलामा बिष्णु लुंगा (सवैले नाम परिवर्तन गर्छन भन्छन म गर्दिन, भन्दिन उनी बिष्णुमाया नै हुन बोल्दा हामी मायालु लुंगा हुन्थ्यौँ) गीतले मलाई उनीसंग धान नाचेकोसम्म पुर्यायो चुइ........हो हो हा हा । साँच्चिकै लिम्बुवान लाजे पहिलो गीतनै जादुमय छ जस्लाई धनबीर आफैले लेखेर संगीत गरेर स्वर दिएका छन ।
दोश्रो गीतमा आफ्नै कल्पनामा डुबिन्छ "र्छुइ र्छुइ पक्कन्दी,,। लिम्बुवान यतिबेला डाँडापाखा पर्वतनै उचालेर रमाएको छ । उत्ताउलिएन, उचाटिएन, आत्तिएन, मात्तिएन र पात्तिएनभने उनिहरुको रगतले कोरिएको यो गर्विलो सिमा उनिहरुको रगतले धर्तीको केही भाग जगमात्र होईन केन्द्रसम्मै छिचोलेर स्थाई जग बसाल्नेछ, कहिल्यै नढल्ने, ढाल्न नसकिने । सम्पूर्ण लिम्बुवान यस्तरी उन्मुक्तिएर रमाएको छ उभिएको छ जताततै उनिहरुको सँस्कृतिको परम्पराको गीत नाचहरु घन्कन थालेको छ स्वतन्त्र । म सोच्दछु लिम्बुहरुले आज पाएको यो हर्षोल्लासमा ने.क.पा. माओवादीलाई जोडेर हेरेको छन की छैननहोला । मलाई राम्रैगरी थाहा छ हिजो स्व. भक्त बहादुर कन्दङवाहरुले जातीय अस्तित्व बचावकोलागि एक हुनुपर्ने कुराहरु उठाउँदा आफ्नो धर्मकर्म संरक्षणको सरसल्लाह गर्दा हिन्दूधर्म नमान्ने साम्प्रदायिक, अतः भनेर महिनौँ जिल्ला धाउँनु परेको थियो तारिक खेप्न र स्पष्टिकरणदिन । सूर्य बहादुर जिउँदै रहेछन अस्ति बि. बि. सि.मा भुक्दै थिए । खैर, यी कुराहरु छाडिदिउँ स्वर संगीत शब्द तिनैओटा बिधामा धनबीर सावाँले मेहनत गरेको यहा यस्तै परिकल्पना गर्दै गीतको मर्मलाई खासै पक्डनेतिर गईनछु म । गीतलाई सवैले सुन्नैपर्छ अझ याक्थुम्वाहरुले मनमा खिल्ने गरेर बुझ्नुपर्छ "र्छुइ .........पक्कन्दी........।
चासोक तङनाम लिम्बुहरुको एक महान पर्व उधौली हो । नयाँ अन्नबाली उठाउँने र आफ्नो पितृ पूर्खाहरुलाई चढाउँने यस पर्वको वरिपरि केन्द्रित रहेर भुपेन्द्र चेम्जोङ (मुक्कुम)ले यस गीतलाई रचना गरेका छन । असली वनेम र स्वयं धनबीर साँवाले युगलस्वर दिएको यो गीत सुन्दा असलीको स्वरले दंग परें म । अशलीले म्युजिक ट्रयाकमा त्यसरी आफुलाई कुधाउन सक्लिन जस्तो पटक्कै लागेको थिएन । तर सावाँले संगीत दिएको समला तालको यस युगल गीतमा यस्तरी मेलोडी पक्रेर सुर लगाएकीछिन की यस्ता हजारौँ गीत उन्ले रेकर्ड गरिसकेकीछिन जस्तो । अशलीले सोझो पालममात्र होईन इन्स्ट्रुमेनको घुमाउँरो तालमापनि सुर लाउँन सक्दीरहिछन म छक्क परेको यहानै हो, यस्लेनै हो । झट्ट हेर्नलाई आजको आधुनिक युगमापनि ताप्लेजुंगको कुनै दुर्गम भेगमै छिन जस्तो बोल्ने हाँस्ने अशली स्टुडियोमा उभिएर त्यस्तो गीत गाउलिन जस्तो जो कोहीलाई लाग्दैन तर उनी आफ्नो सँस्कारगत ब्यवहारलाई जिवन्त राख्दै आजको युगलाई राम्रैसंग कब्जामा राख्न सफल ब्यक्तित्व रहेछिन । मैले मेरै अगाडिपनि गाउँन भनें, एक किसिम अर्डर, उन्ले अप्ठ्यारा बिटको गीतहरुपनि सहज उर्ठाईन । नेपालको लामो बसाईमा संगीत कक्षापनि लियौकी के हो ? होईन, छैन, भियाईन, दिनेशजी हंगकगमै भएकोले यो चाही ढाँटीन्नकी........ ।
भिमा खजुमले लेखेकीछिन आतन केवे (कहाँ गयौ) खजुम भन्नेसाथ मलाई कवियित्री बहिनी गीता सन्तापको याद आउँछ । भिमा यौटा योद्धा बहिनीपनि छिन (नाम परिवर्तन) चुलाचुली क्याम्पमा, तर उनि चाही याक्सो । पारिजात दिदीलाई आदर्स मान्ने गीताले यतिबेला हो लेख्नुपर्ने, खई कता छे गीता खजुम । याक्थुङबा याक्थुम्माहरु यतिबेला जर्मुराएका छन भाषा सँस्कृति संरक्षणकोलागि । केही गीतहरु ६,७ बर्ष अघि देखेको छु मैले गीताको, जस्मा प्रणय प्रिती र देशभक्ति दुवै थिए, दुवै कुराहरु समाजको आवश्यक्ता र प्राकृतिक कुराहरुनै हुन । तर आज सौन्दर्यवोध गरेर नश्लीय चेतनामा लेख्नुले छुट्टै महत्व राख्दछ मुलुकमा । चाहे त्यो देशभक्तिको होस चाहे प्रणय प्रितीको तर यता जनजाति गीत समुह समेत सकृय भईसकेको हुनुपरेको यो घडी हो छुट्टै महत्व राख्दछ भाषागत शब्द रचनाहरुले । खेताला लगाएर शब्द बुझ्दा भिमा खजुम राम्रो जमेकी छिन, उन्ले फेरी फेरीपनि उपस्थिति जनाईरहन पर्छ सम्भवत माग मेरो होईन सप्पै सप्पै संगीत पारखी प्रेमीहरुको नेतृत्व गरेर बोलिरहेको छु ।
समला बिटलाई काटेर फास्ट बिटमा संगीत दिइएको छ बिष्णु याक्सोले लेखेको गीत सोरेओ सोरेओ (ब्युझ है, उठ है) त्यसैले गीतै नबुझेपनि नाचौँ नाचौँ लाग्छ जो कोहीलाई । करिव पुलिस आर्मीले कवाज खेल्ने स्टायलको बिटमा बनेको कुनैपनि पार्टी फंक्सनतिर नाच्न अति सुट दिने खाल्को यो गीत भविष्यमा कुनै कवाज खेल्ने धुन बन्नसक्छ । लिम्बुवान स्वतन्त्रताको दिन मार्चपासको लागि छनौट गर्छु सावाँको यो संगीतलाई । त्यो दिन यो नै गीत बजाउन र नाच्नुपर्छ है असली बहिनी..........। लिला सिंघकले स्वरमा साथ दिएको यो युगल गितमा सावाँ र लिलालाई सुन्दा भविष्यमा अरुपनि धेरै गीतहरु रेकर्ड गरुन उनिहरुले भन्नेजस्तो लाग्छ, ६ नम्बरको गीत ।
बल्लमात्रै आए कोरस समुहहरु तक्संघो लेप्साङ स्वप्निल स्मृतिको गीतमा । बेहुलीभन्दा बेहुलीको साथी राम्री लागेजस्तै साँच्चिनै सुनमा सुगन्ध खुलेको छ यहापनि कोरसवालाहरुको प्रश्तुतिले । सुरुमा १ नम्बरको गीतमा म यो समिक्षाकोलागि यहि समुहबाट आकषिर्त भएर तानिएको हुँ समिक्षा लेख्न । संगीत हो, भाषा यति बलवान हुन्छ यस्को, त्यस्को पृथक आफ्नो भाका हुदैन संगीत साम्प्रदायिक छैन । संसारमै त्यहि हो सारेगम । स्वप्निल स्मृतिको यो गीतमापनि धनवीरको एकल स्वर र सगीत रहेको छ, थाहै नपाई खुट्टाहरु चल्न थाल्छन छमछम गरेर ।
मैले चाहेजस्तै कोरस परिहरु छिटोछिटो उदाउँन थाले । आदाङमे हो गीतमा धुलो उडाउँदै आए फेरी लिम्बुवानकी मेरी उर्वसी, रम्भा, तिलोत्तमाहरु । माथि भनेजस्तै कम्बर मर्काई मर्काई नाचुँ नाचुँ लाग्ने समला फास्ट बिटमा बनाईएको यो गीत भविष्यमा लिम्बु जातिहरुको पार्टी सुभकार्यहरुमा नाच्नकोलागि अनिबार्य गीत हुनेछ र छिट्टै गैहृ लिम्बुजातिहरुमा सरुवा हुनेछ । हाजिकेको रोलपनि दिन सकिने बाँसुरीको धुन र यस्स.....यास्स.......क्यारीकेचर स्वरहरु दिईएको यो गीत कुनै फिल्मलाई नृत्यको लागि बनाईएको जस्तो महसुस हुन्छ । या कुनै फिल्मले त्यस्तो बनाउँन सक्छन, त्यसरी प्रयोग गर्नसक्छन भविष्यमा । मौका पाएँ भनेर लुड्याउँनेतिर नजानु है असली र सावाँ ? लिम्बुहरु जोकरलाई हँसाउँनेलाई या रमाईलो मान्छेलाई हाजिके भन्दछन । यौटा वस्तिमा गाउँमा एकदुइ हाजिके भएनन भने सुन्य फिलिङ हुन्छ । बिचबिचमा यास..... यास्स.... जस्ता हाँस्यरसका लयबद्ध आवाजहरुले गीतभरीनै हाजिकेलाईमात्र स्टेजमा उतार्दापनि रमाईलै हुन्छ तर ..............खोजेको गीत उत्ताउलो भने होईन । स्वस्फर्त हाँसोभरी दर्द बोक्ने चार्ली चाप्लिन जस्तो अभिनय हुनपुग्छ, तिनै बिधा धनवीरले सम्हालेको ७ नं को गीत ।
तुत्तुदिन हेना सवै क्षेत्रमा धनवीरको बर्चस्व रहेको यो ८ नम्बरको गित उदियमान गायिका कविता बेघाले स्वरमा साथ दिएकी छिन । सुस्त समला (ढिलो) विटको यो गीत बल्लमात्र लिम्बु शैलीको संगीतमा आयो यो यौटामात्र गीत । शब्दत थियोनै यसरी शैलीपनि आफ्नोपन बोकेको गीत बज्दा लिम्बुवान आफ्नो सँस्कृति बोकेर जुरुक्कै उठेको अनुभूति हुन्छ फेरी अर्को एकपल्ट । साँच्चि यो दिन ल्याउँन कतिधिला गरेछौँ हँ हामीले ? आज डाँडा पाखाभरी च्याब्रुङको केलाङ माङलाङ घन्कँदा लिम्बुवाननै उजेलिएको छ । मनै खाएर, तनै जलेर आउँछ यस किसिमको कुराहरुले गर्दा यसअघि खुल्ला आफ्नो भाषा सँस्कृतिमा रम्न पाईएको थिएन । हामीले धिला गरेछौँ बन्दुक उठाउँन, अवपनि धिला गर्यौँ भने आउँदै गरेको पुस्ताहरु खासै भरलाग्दा छैनन ।
बिदेशिनु वंशाणुगत नियम जस्तो भईसकेको र त्यहिमाथि आजको टिन एजहरुमा फेसनको रुप लिईरहेको यस अवश्थामा अमेरिका जान्छस - भनेर सोध्योभने यति छिटो बुर्कुसी मार्छन, हेरौँन भुटानमा आफ्नो माटोको माया गरेर झापामा खर्केको शरणार्थीहरु अमेरिकाको लागी लामलागेको । माटोको माया गर्नेहरुपनि थिएभने त्यो भौतिक सुखमापनि कति भुटानी रोईरहेको होलान अमेरिकामा भुटानको माटो सम्झेर । के खान पाउँनकैलागि आफ्नो रगत पसिनाले सिंचेको माटो माया मार्न सकिन्छ -
हामी जति बुढ्यौलींदै जान्छौँ उति पिरोलिंदै जान्छौँ म मेरो शरिरलाई मेरो गाउँको माटोमा मिलाउँन पुग्छु होलाके,त भनेर । तर हाम्रो शन्ततीहरुलाई अगुवाई गर्नेहरु म मेरो प्राण बणारसको गंगामा पुरयाउँछु होलाके,त भनेर चिन्ता गर्नेहरु छन । मरिसकेरपनि भारतपुग्ने चिन्तामा डुब्नेहरुको यो हुलमा, नेपाललाई सिर्फ रमाईलो लुटने र कमाई गर्ने थलोको रुपमा प्रयोग गर्दै आएकाहरुले नेपाल राज्यप्रति सक्दो बितृष्णा बढाउँने मनोवैज्ञानिक रोल प्ले गरिरहेका छन हाम्रा जनजाति थेप्चोहरुलाई । यर्सथ हामीले हाम्रो यो पुस्ताले यसरी असली वनेम, धनवीर सावाँहरुले जस्तै, लाजेसा याक्थुम्वाहरुले जस्तै भक्त बहादुर कन्दङवा, धर्मचन्द्र लावतीहरुले देखाएको बाटोमा नहिडेर प्रतिदिन नाङ्गीदै गएको ईण्डियन आईडल र अनेकका सिरियलमै डुब्दै गयौँ भने, नाङ्गएिर जंगलनै पसिसकेको हलिउडलाईनै कथित आधुनिक सँस्कृतिको रुपमा पिछा गरिरहने हो भने त्यो भन्दा ठूलो अर्को कुनै भुल हुनेछैन अस्तित्वको लर्डाईमा सिधा पराजित हुनेछौँ । अर्को शताब्दितिर कुनै वैज्ञानिक निस्केर खोज्दा चन्द्र समसेरले जस्तै जलाई सकेको हुनेछ आजसम्म दुखले संकलन गरिएको टिप्पणीहरु । तर्सथ आजै तयार हौँ, गीत संगीत साहित्य राजनीति जताततै आफ्नो पकड कायम गरौँ जस्ले जानेको छ ।
आसेवारो

Apr 26, 2009

हंगकंगमा टंक सम्बाहाम्फे र उनको "युद्धभित्र उभिएका बुद्धहरु"

अशोक रार्इ
परिचयः
टंक सम्बाहाम्फे हंगकंगमा एक लोकप्रिय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरुको दुर्इ वटा गीति संगालो मनोभाव र सार बजारमा आईसकेका छन् । हंगकंगमा सम्बाहाम्फेले गरेका बैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरु निकै महत्वपूर्ण छन् । नेपाली साहित्य प्रतिष्ठान हंगकंगका वर्तमान अध्यक्ष तथा अनेसास हंगकंग च्याप्टरका महासचिव सम्बाहाम्फेले प्रतिष्ठानको स्थापनार्थ सुरुदेखि नै अटुट् संङ्गठानीक प्रयासहरु गर्नुका साथै हंगकंगमा नेपाली साहित्यको उत्थानका लागि महत्वपूर्ण योगदान दिदै आएका छन् । बिगतमा प्रतिष्ठानको प्रयासमा बिविध साहित्यिक प्रकाशनका कामहरु हुनुका साथै www.srasta.blogspot.com एबं www.kavitakusum.blogspot.com जस्ता साहित्यिक लिंकहरु सञ्चालन भएकाछन् । त्यसै गरेर सम्बाहाम्फेको निजी प्रयासमा लिम्बूवान श्रष्टाहरुको प्रतिभालाई संगठित र सम्बर्धन गर्ने हेतुले साहित्य, कला र सँस्कृति सम्बन्धी ब्लग www.limbuwan.blogspot.com सञ्चालित छ ।
"युद्धभित्र उभिएका बुद्धहरु"
श्रृजनशील अराजक कवि हांगयुग अज्ञात् भन्नुहुन्छ "युद्ध नै ठीक छैन ।"
हो कबि लेखकहरु कहिले पनि अशान्तिको पक्षमा छैनन् । ध्वंस र बिनासको पक्षमा छैनन् अनि अमानवीयताको पक्षमा छैनन् । उनीहरु जहिले पनि प्रतिपक्षी कित्तामा छन् सत्ताको, शक्तीको, बन्दुकको, बिकृती र बिसंगतिको । युद्धलाई कुनै पनि हिसाबले जायज भन्न सकिन्न । किनकी युद्ध ध्वंस र बिनासको कारक हो र मानवीयताको बर्खिलाप् हो ।
कवि टंक सम्बाहाम्फेको कविता कृति "युद्धभित्र उभिएका बुद्धहरु" लिएर म घोत्लिरहेछु । ४१ थान अमूर्त चित्र सहितका कविताहरुको संग्रह हो यो । जहाँ जीवन र जगतलाई हेर्ने दृष्टिकोण, डायस्पोरीक भावना, नोस्टाल्जीया देखि लिएर देश प्रेमका गाथाहरु पढ्न पाइन्छ । झण्डै दुर्इ दशक परदेशमा जीवन बिताएका कवि सम्बाहाम्फेको मनभरि सधै देशको मायाँ र गाँउ घरको संझना छाउँदो रहेछ । कवि कतै देशको अथाह सौर्न्दर्यको बयान गर्छन् । कतै गुँराससित रमाउँछन र हिमफेदीमा पुग्छन अनि कतै आस्थाको धरातलबाट देशको ब्यथाहरु ओकल्छन् । कतै "एक गाँस"भित्रको यथार्थहरु केलाउँछन भने कतै क्षितिज पारिको कुरुले तेनुपा गाँउलाई सम्बोधन गर्दै बालापनको याद गर्छन । यस कृतिभित्रको बिशेष कविता "युद्धभित्र उभिएका बुद्धहरु"मा कविले युद्धको पीडाहरु पोख्दै बुद्धलाई सम्झेकाछन् । कृतिको नाम पनि यहि कविताको शिर्षकबाट राखिएकोछ । कवि स्वयमलाई पनि यो कविता निकै मन परेको हुनुपर्छ । "बुद्ध" शान्तिको यस्तो बिम्ब हो जसको नेपाली काब्य दुनियाँमा सर्बाधिक प्रयोग भएकोछ । यसबाट कवि तथा लेखकहरुले शान्तिको खातिर कस्तो कामना गरिरहेछन् भन्ने कुरा ज्ञात हुन्छ ।
केही कवितांशहरुलाई हेरौं ।
उठ
जाग
युद्धभित्र उभिएका
ए ! बुद्धहरु हो !
जन्मन सक्छ अबश्य
तिमी उभिएको भूमिमा पनि अर्को बुद्ध
"युद्धभित्र उभिएका बुद्धहरु"
यस कवितामा भातृत्व र शान्तिको आग्रह छ । नेपाल बुद्धको जन्मभूमी हो । तर त्यही देशमा युद्ध र ध्वंशको पराकाष्ट पनि देख्नु पर्यो । के शान्ति हराएकै हो ? बुद्धको भूमिमा संग्राम कहिले सम्म ? जस्ता प्रश्नहरुले कविलाई चिमोटेको हुनुपर्छ । त्यसैले कविले उनैलाई तिमी नै बुद्ध पनि हौ । आफुभित्रको बुद्धलाई जगाऊ भन्ने संकेत गरेका छन् जो युद्धरत छन । यहाँ दङ्गा फसाद र अणु परमाणुहरुको बिरोध गरिएकोछ । सन्त्रासमय समयहरुलाई सम्बोधन गर्दै कवि उदगार गर्छन्
अस्तित्वको देशमा
युद्ध बिभिषिकाको बिज्ञप्ती भएका भएकाछन्
निर्दोष मान्छेहरु ।
"युद्धभित्र उभिएका बुद्धहरु"
दिन उज्यालोको बिम्ब हो । उज्यालो भन्नु सुख र हर्षको प्रतीक हो । तर यो उज्यालोभित्र धेरै भ्रमहरु छन् । तिनै भ्रमहरुभित्र मान्छेहरु बाँचीरहेका छन् आफ्नै तरिकाले । या त भ्रम सत्य हो या सत्य भ्रम हो ।
उभ्याउन खोजेँ दिन
बचाउन खोजेँ दिन
कहिल्यै उभेनन् सामुन्ने
बगीरहे नदी झैं
पग्ली रहे हिँउ झैं
"दिन"
दुनियाँका अनेक आकृतिहरुलाई मुर्त रुप दिन खोज्दै क्यानभासमा उतार्छन् कवि सबैलाई तर अमूर्त बन्न खोज्छ तस्वीरहरु । तस्बीरहरु बोल्दैनन् मुस्कान छर्दैनन् । जगतका बिम्ब र प्रतिबिम्बहरु, बिवशता र आभाषहरु भावनाको क्यानभासमा सधै अमूर्त लाग्छन् । अनि बिचारमात्र जन्माउन खोज्छन् कवि क्यानभाषमा ।
अर्जाप्दै बिचारका धारहरु
पुनः जन्माउन खोज्छु क्यानभासमा
असिमीत प्रतिबिम्बहरु
"भावनाको क्यानभाषमा दुनियाँलाई पोत्दा"
परदेशी कविको देशप्रेम कविताहरुमा शब्द भएर पोखिएकाछन् । जहाँ पुगेपनि आखिर देशप्रेम त मर्दैन । देश मनको अपनत्व हो । आस्थाको धरोहर हो । नेपाली हुनुको गौरवमा, गुँरास र डाँफेको मनमोहकतामा कविको भावना यसरी कुदेकोछ ।
मेरो देश हिम फेदीमा
गुँरास भएर फूल्छ
डाँफे भएर हाँस्छ
असीम आस्थाभरि नेपाली भएर बाँच्छ ।
"मेरो देश"
तर देशको अस्तब्यस्तताले हायलकायल छन् जनहरु । असमानता, घटना र दुर्घटनाहरुको शिकार छ देश । उता देशका नाइकेहरु भने उत्सवमा रमाइरहेकाछन् सधैं । यो असन्तुष्टी कवितामा पोख्छन् कवि,
पोखिएर असमानता छ्यालब्याल्
घाइते भएको देश
चर्मराइरहेछ प्रत्येक दुर्घटनाहरुले
आर्तहरुको घाउ झैं
छट्पटाइ रहेछ बेदनाहरुले
"कुन उत्सवको तयारीमा ?"
जिन्दगीको उतरचढाव प्रति हरेकको आ-आफ्नै बितृष्णा छ । अनेक सपना छन् , आशाहरु छन् र तृष्णाहरु छन् । तर परिस्थितीको चोट्ले मानिस आहत् छन् । जिन्दगी फगत एउटा नशा जस्तो बेमञ्जुर पिउनु पर्ने ।
................
समयको रित्तो प्याला भरी भरी
झुल्दै यथार्थको वरिपरी
बेमञ्जुर पिइरहेछु म
यो जिन्दगीको नशा
"यो जिन्दगीको नशा"
समय एउटा बिम्ब पनि हो । समयको डुंगा शिर्षकमा कविले यथार्थपरक काब्य रचना गरेका छन् । यात्रामा समयको डुंगा खियाउनु ज्वारभाटाको सामना गर्नु, आँधीबेहरीको चपेटा आइलाग्नु, ब्यवधान सहनु सामान्य हो । केवल डुंगा खियाउने माझी कै दशामा बाँच्छौ हामीहरु ।
अठोट् बाँधेर
अभीभारा बोकेका छौं डुंगा चढ्नुको
त्यसैले हामी
माझी मात्र भएका छौं
समय खियाउनुको ।
"समयको डुंगा"
बेस्वादिला बर्तमानहरुमा अतितका पाना पल्टाएर बैंश खोज्छन् कवि । स्वप्नील बैंशहरु समयसँगै बोझिलो भएर बूढो भएकोछ । आफैबाट टाढिएको बैंशलाई खोज्दै भन्छन् ।
फूलेको छ की भनेर........
आफैबाट परदेशीएको बैंश
सोधिरहन्छु मूलबाटोमा हिड्ने
प्रत्येकलाई
देख्यौ की भनेर......
"बैंशको खोजीमा"
यस कृतिमा भएका कविताहरु आकाश मान्छे र ब्याँसाहरु, युद्धभित्र उभिएका बुद्धहरु, कुन उत्सवको तयारीमा ?, अस्मिताको खातिर, कृतिम ब्रम्हाजीहरु, बिपत्तीमा परेकाछन चराहरु, बिभाजित छन् आकाशहरु जस्ता कविताहरुमा यथास्थितीको चिरफार छ । बिसंगति र अराजकताहरुको प्रत्यक्ष अप्रत्यक्ष बिरोध र त्यसप्रति बिद्रोह छ । समय, समयको डुंगा, एक छाक, जिउनुको अनकौं छालहरु, म एउटा यात्री, सपना, बिडम्बना भित्रको म, आत्मा बिश्वासको उज्यालोमा जस्ता थुप्रै कविताहरु जिन्दगीका अनेक पाटाहरुलाई चित्रण गर्ने, अनुभव र अनुभूती ब्यक्त गर्ने र यथार्थको उजागर गर्ने कविताहरु हुन् । त्यसै गरेर इहलीला, दुनियाँभित्रको नाटक, अथाह प्रश्न चिन्हहरु, भावनाको क्यानभासमा दुनियाँलाई पोत्दा जस्ता कविताहरुले जीवन र जगतलाई अर्थ्याएका छन् ।
कविको भावना न हो कहिले कता पुग्छ कहिले कता । भावनाको खेती हो कविता । मनको सुन्दर भाषा नै कविता हो । प्रत्येक कविले आफ्नै भाषामा कविता पोख्छन् । जे होस् समग्रमा सम्बाहाम्फेका सृजनाहरु सुन्दर छन् मौलिक छन् । सबै कविताहरुको चिरफार गर्न पनि सम्भव भएन । उनका कुनै पनि कविताहरु क्लिष्ट छैनन् । चित्र सहितका कविता पढ्दा पाठकको मनमा एक प्रकारको छाप बस्छ । आफ्नै शब्द र बिम्बहरुको संयोजन छ यो कृतिभित्रका सृजनाहरुमा । उनको कविता लेखनको दौरान यस कृति पछि पनि निकै वर आइ सकेको छ । अव त उनीबाट अझ सुन्दर र बैचारीक कविताहरु आइसकेका होलान् । म त सन २००१ अघिका कविताको कुरामात्र गर्दैछु ।
अस्तु

Apr 9, 2009

‘शब्दघोष जिजीविषाको’ भित्र के.सी.का कथाहरु

अशोक राई
"शब्दघोष जिजीविषाको” कथा संग्रह प्रकाश के. सी. र प्रदीप कन्दङ्गवा (’प्र’द्वय)को सयुंक्त कथा संग्रह हो । यसमा जम्मा दुबै कथाकारका आठ-आठवटा गरी जम्मा सोह्रवटा कथाहरु संकलित छन् । कथा संग्रहमा भएका कथाहरुले मूलतः हङकङको परिबेशलाई चिनाउने काम गरेका छन् । हङकङमा जिजीविषाको क्रममा आज कथाकार, कवि एबं पत्रकार प्रकाश के.सी. रोजगारीका अलावा नेपाल डट एचके वेब मिडियाको संचालन गर्दै आएका छन् भने कथाकार एवं गीतकार साथै कवि प्रदीप कन्दङ्वा भने याक एण्ड यती रेष्टुरेन्टका मालिक बनेका छन् । दुबै कथाकार लामो समयदेखि हङकङमा बस्दै आएका भएर पनि होला, उनीहरुले भोगेको जीवनलाई कथाको बिषय बनाइएको हुन सक्छ । तर यो संग्रहमा केवल हङकङ मात्र छैन । यसमा समाजमा घटित र विद्यमान घटना, परिस्थिति र विसंगति, राज्यका बेथितीले उब्जाएका प्रश्नहरु, प्रेम र यौनिकतालगायत जीवन र जगतका थुप्रै पाटाहरु उजागर गरिएका छन् । आफ्नै शब्द शील्पले सिँगारेकाछन् प्रकाश के. सी. र प्रदीप कन्दङ्वाले आफ्ना कथाहरुलाई । जे होस्, प्रकाश के.सी. र प्रदीप कन्दङ्वा हङकङका प्रतिनिधि कथाकारहरु हुन् ।यहाँ म प्रकाश के.सी.का कथाहरुलाई केलाउने प्रयास गर्दछु ।
१. चोटका लयहरु :- यस कथामा एउटा पुरुष पात्रले आफ्नी अर्धाङ्गिनीको माइतीबाट पिटिइनु परेको दुःखलाई भावुक भाकामा चित्रित गरिएकोछ । पीडित पुरुष पात्र पिटाइ खाएर शारीरिक र मानसिक दुबै हिसाबले घायल भुइँमा लडेकोछ । पिट्नेहरु उसलाई बाटैमा छोडेर गएका छन् । यसबखत पीडित पात्रको मनोसम्वादको शैलीमा कथा शुरु र अन्त भएकोछ । श्रीमान श्रीमतीबीच हुने र भइरहने सामान्य झै-झगडामा पहिले लोग्नेले स्वास्नी पिट्ने, त्यसपछि स्वास्नीले माइती खन्याइदिने घटनाहरु हाम्रो समाजमा देखिँदै आइएकोछ । कथाको पुरुष ‘म’ पात्रले पुरुष प्रधान अहमलाई बोलेकोछ । पुरुषले महिलामाथि आफूले गरेको सबै ठीक, उनीहरुले गरेकोचाँहि बेठीक ठान्ने प्रवृति हाम्रो समाजमा विद्यमान जो छ, त्यसलाई ‘म’ पात्रले बोलेको सम्बादमा पाउन सकिन्छ ।
२. नेपथ्यभित्र र बाहिरको एक दृश्य :- यो कथाले हङ्गकङ्गमा नेपालीले बाँचेको जीवनलाई भिन्न प्रकारले प्रस्तुत गरेकोछ । म पात्र हङकङको ब्यस्तता र जटिलतामा बाँच्ने एउटा नेपाली प्रतिनिधि हो । उसले बाटामा भेटेको इङ्ल्याण्ड नागरिकले ‘हङकङभित्रका नेपाली समुदाय’ नामक पुस्तकका लागि नेपालीहरुको बारेमा खोजी गरिरहेकोछ तर उसले नेपालीलाई बुझ्न सकिरहेको छैन । ऊ नेपालीलाई नङ्ग्याउन चाहन्छ । यता घर पुग्दा श्रीमतीको खटन-आदेश र खजमज्जिएका लुगा अनि अस्त ब्यस्त कोठा हेर्दा उसलाई जीवन वाक्क लाग्छ, छरपस्ट जिन्दगीका सपनाझैं । ब्यस्त सडक र गाडीहरुको कर्कश आवाज, इमर्जेन्सी साइरेन र ट्राफिक क्रसिङका बेसुरे ताँतीहरुमा जीवनको कालो आभास, अध्याँरो आभा, शून्य अनुभूति, ब्यापक कोलाहल र प्रखर हतारोले जिजीविषा निष्पृह छ । हङकङभित्र नेपालीको दिनचर्या, पारिवारिक खण्डिकरण, शहरभित्रका कुरुपता आदि थुप्रै कुराको वर्णन गरिएकोछ यस कथामा ।
३. जीत र जीवनका भोगाइहरु :- यो कथा पनि हङ्गकङ्गकै परिवेशमा लेखिएकोछ । यो कथा पनि मनोसम्वादकै शैलीमा छ । रजनी र प्रकाश एक आपसमा छुट्टिएको चार वर्षपछि आमनेसामने भएकाछन् । तर बोल्न भने सक्दैनन् र मौन मनोसम्बाद गर्छन् । पूर्व कथाअनुसार दुबैले एक अर्कालाई औधी माया गरे पनि प्रकाशको एउटा गल्तीले भएको असमझदारीले रजनी उसलाई छोडेर लण्डन जान्छिन् । तर उसको मनमा प्रकाशप्रति माया मरेको भने हुँदैन । पछि आफ्ना आफ्ना गल्ती महशुस गर्दै सहर्ष उनीहरुको पुनरमिलन हुन्छ । यसरी हङ्गकङ्गको व्यस्त समयले लोग्ने स्वास्नीको सम्बन्धमा कसरी असमझदारी पैदा हुन्छ र सुखी दाम्पत्य जीवनसमेत धरापमा पर्छ अनि आफ्ना गल्तीहरु थाहा भए पछिको पुनरमिलन मीठो हुन्छ भन्ने कुरा यो कथामा चित्रित छ ।
४. त्यसपछिको अर्को कथा :- यस कथामा एउटा अपाहिज दाजु र आफ्नो परिवार बीचको अप्ठ्यारोमा जिइरहेको एक पात्रको जीवन चित्रण गरिएकोछ । मुख्य पात्रलाई “उसको” या “उसलाई” जस्ता सर्वनामी शब्दले मात्र सम्बोधन गरिएकोछ । “उसको” आफ्नो श्रीमती र एक छोरा छ । विपिन “उसको” साख्खे दाइ हो जो दुर्घटनामा परेर अपाहिज र अर्ध विक्षिप्त छ । विपिनको स्वास्थ्य वीमाको पैसाले परिवार धानिएकोछ । तर श्रीमती र छोरामा विपिनप्रति पूर्ण विकर्षण छ । “भोग्नेलाई भन्दा स्याहार्नेलाई पीडा” भनेझैं विपिनलाइ स्याहार्न गाह्रो छ । सँधैको पिरलोले “उसको” जीवन खिन्न छ । एक दिन उसले आन्दोलनकारी र पुलिसहरुको घातक भीडभित्र विपिनलाई एक्लै छोडेर भाग्छ तर वाल्यकालको स्मृतिले पुनः दाइको माया पलाउँछ र ऊ फर्केर दाइलाई खोज्न थाल्छ । विपिनलगायत केही आन्दोलनकारीहरुलाई पुलिसले भ्यानमा कोच्याइरहेको देख्छ । विपिनतिर लम्किन खोजेको “उसलाई” पुलिसले चलाएको तातो गोली लाग्छ र उसको ईहलीला समाप्त हुन्छ ।
५. दुःखै दुःखले झ्याँङ्गिने मनका थाँक्राहरु :- माओवादी द्वन्द्वमा आधारित यो एउटा अर्को सामाजिक कथा हो । पात्रहरु सबै गाउँले परिवेशकै छन् । गाँउको सुख-दुःखको संसार माओवादी द्वन्द्वको कारण त्रासदीय बनेकोछ । युद्ध विराम भए पनि धरपकड र मारामारी निरन्तर छ । कोही विदेश भासिने विचारमा छन्, कोही युद्धमा छन् । नेपालीको लागि विदेश रहर कि वाध्यता ? के मानिसले सहज बाँच्नु पाउनु पर्दैन ? बालबालिकाले पढ्न पाउनु पर्दैन ? जस्ता प्रश्नहरु यावत उठेकोछ । परिवारहरुमा आतंक र बिरक्ती छ । आठ वर्षपछि घर फर्कँदै गरेको रमेशको स्वागतार्थ घरमा एउटा समारोहको आयोजना गरिएकोछ । सबै खुशी छन् । रमेश पूर्व माओवादी कार्यकर्ता हो । गाउँमा उसको बाँच्ने आशा कम हुँदै गएकोले रमेशका बा हरेले उसलाई अरब पठाएको हो । तर आठ वर्षसम्म मरे-बाँचेको खबर नगरी रमेश घर फर्कँदैछ । उसको आगमनलाई शुभ र अर्थपूर्ण बनाउन घरमा सत्यनारायण तथा कूल देवताको पूजा हुँदैछ । तर रमेश भने कसैले चिन्न र आशा गर्न नै नसक्ने हिसाबले एक बटुवाको रुपमा देखा पर्दछ, जसलाई उसको हजुर आमाले माात्र चिन्दछिन् । कथाकारले रमेश साँच्ची नै विदेश गएको थियो या भूमिगत हिसाबले देशभित्रै संघर्ष गर्दै थियो भन्ने कुराको कौतूहलता छाडिदिएर कथा सकेकाछन् । कथा यथार्थवादी सामाजिक धरातलमा लेखिएकोछ । यो कथा पढ्दा गुरु प्रसाद मैनालीका सामाजिक कथा पढेको स्वाद पाउन सकिन्छ ।
६. मृगतृष्णा :- यो एउटा प्रेम कथा हो । हङ्गकङ्गमा बस्दै आएको समीर एउटा बिवाहित लोग्ने मानिस हो । यहाँको ब्यस्तताले श्रीमतीसित उसको निकटता बञ्चित छ । यत्तिकैमा समीर र किट्टीको अनलाइन च्याटको सम्बन्ध अन्ततः प्रेममा परिणत भएकोछ । थाइल्याण्डको आबाक यूनिभर्सीटीमा अध्ययनरत बेइजिङकी किट्टी समीरको मायामा यस्तरी डुबेकी छे कि उसको निम्ति मर्न पनि डराउँदिन । धेरै पटकको भेटघाट र अबउप्रान्त एक अर्कामा टाढा हुने वाचाहरु टोडेर किट्टीले एक हप्ताको लागि समीरलाई थाइल्याण्ड बोलाउँछे, त्यहाँ उनीहरुबीच प्रणयशील क्षणहरु बित्छन् । समीर र किट्टीबीच यति भएर पनि लोग्ने स्वास्नीको सम्बन्ध भने दुरुस्त नै कायम छ । घर नै मायाको भरपर्दो आश्रयस्थल सम्झेर उसले किट्टीसितको प्रेम सम्बन्धलाई त्यागेको छ । साइबर दुनियाँले फरक-फरक सँस्कार र फरक-फरक संसारका मान्छेको सम्बन्ध विकास गराएको छ भन्ने कुरा यस कथामा उल्लेख छ । प्रेम र यौनको मृगतृष्णा उत्कट छ, तथापि लोग्ने स्वास्नी बीचको मौलिक सम्बन्ध महत्वपूर्ण छ भन्ने कुराको संकेत पनि गरेकोछ यस कथाले ।
७. प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु :- प्रयोग र कथा वस्तुको हिसाबले यो कथा कथाकार के.सी.को उत्कृष्ठ कथा हो । हङकङको यान्त्रिक र भावानाशून्य संसारमा बाँचिरहदा कथाकारलाई यस्तो चाखलाग्दो कल्पनाशीलता आएको हुनुपर्छ, जो कथामा प्रयोग गरिएकोछ । स्टारफेरीनजिक पुग्दा ‘म’ पात्रले एकदिन यति ब्यस्त शहरमा मानव रिक्तताको अनुभव गर्छ । परेवालाई चारो दिइरहेकी चिनीँया बूढी पनि अदृश्य भएपछि ऊ आफू पनि बेहोस हुन्छ । आँखा खोल्दा उसले आफूलाई एउटा ठूलो हलमा बसिरहेको पाउँछ । त्यहाँ हङकङका पूर्व चीफ एक्ज्यूकेटिभ तुङ ची हृवालगायत आफ्नै श्रीमती चेरीको मुटु रोबोटले झिकेर प्लेटिनम स्प्रे गरिरहेको देख्छ । अघि आफ्नैसामु अदृश्य भएकी चिनीँया बूढीसमेत लाइनमा हुन्छिन् । उसलाई पनि क्रेनले उचालेर अगाडि लान्छ तर मेशिनको खराबीले प्लेटिनम स्प्रे भने गरिँदैन । फर्केर घर आउँदा उसले आफ्नी श्रीमतीलाई अर्कै रुपमा पाउँछ । कपाल छोटो पारेर काटिएको छ । आफूप्रति उदासीन र कर्कश छ उसको ब्यबहार । सडकका मानिसहरु आफ्नै तालमा हिँडिरहेका छन् । वास्तवमा त्यहाँ विज्ञानको सहाराले हृयुमन अपडेट गरिएको हुन्छ । सारा तथानामका विसंगतिहरुबाट मानवीय सम्भावनाहरुलाई बचाउनको लागि र यसको विकास गर्नको लागि मुटुमा प्लेटिनम स्प्रे गरिएको हुन्छ । समवेदनाहीन प्लेटिनम मुटु लिएर बाँच्ने मान्छेहरुको दुनियाँलाई यो एउटा ब्यंग्यात्मक कथा हो ।
८. माया मिरेज हो माया मिरेज होइन :- हङ्गकङ्गको परिबेश र यथार्थलाई समेटिएको यो अर्को कथा हो । हङ्गकङ्गमा मानिसले भोग्दै आएको भित्री जीवनहरुको यसमा चित्रण छ । क्षणिक माया देखाउने देह व्यवसायी किशोरीहरु र त्यसलाई भोग्ने पुरुषको मनोदशालाई यो कथामा देखाइएकोछ । क्याथी नामको केटीलाई पर्खेर बसेको एक युवकले बजारभरि छरिएका थुप्रै यौनिक पसलहरुको दृश्यपान गर्छ । अर्को एउटा नेपाली युवक राम छ जसलाई आमेई नामकी वेश्याले मन पराएकी छ तर राम भने लज्जालु स्वभाव देखाउँछ र ऊदेखि भाग्छ । पछि त्यही आमेईसित उक्त युवकले रात बिताउनका लागि लाने क्रममा अनेक तर्कनाहरु गर्छ । बाटोमा म पात्रसँगै आमेईले सुतिरहेको रामलाई भेट्छे । रामको गाला छामिरहँदाका भावनात्मक मनोवृतिहरु ऊसित मोलमोलाई गरिरहँदा कता गए होलान् ? एउटा नारीले अर्को अपरिचित लोग्ने मानिससामु कसरी निर्वस्त्र हुन सक्छे ? जस्ता कुराहरु ‘म’ पात्रको मनमा खेलिरहन्छ । आमेई रामसँग नै रहन्छे र यसरी अचानक आउने अचानक जाने प्रेमीकाहरुलाई भर्खरै दर्केको पानीसित दाज्दछ ‘म’ पात्र, ती दुईलाई त्यहीँ छोडेर पानीमा रुझ्दै आफ्ना बाटो लाग्ने क्रममा ।यी यथार्थहरुमा ‘म’ पात्र, कतै मिरेज(भ्रम) देख्छन् कतै देख्दैनन् । कथामा रात्रि बजारका सस्ता सामंग्रीहरुका नेपाली ग्राहक र घोडा रेसका नम्बर दाँजिरहेका मान्छेहरु पनि छन् । ब्रोकन अँग्रेजी, क्यान्टोनिज र म्याम्दोरिनको प्रयोगले कथामा रमाइलोपन थपेका छन् कथाकारले ।
प्रकाश के.सी.का अधिकांश कथाहरु हङकङको परिवेशमा आधारित छन् । जसले हङकङको जीवन शैली र यहाँ बाँचिएको र बाँच्ने तरिकाहरुको अवगत गराउँछ । कन्दङ्वाका जस्तै के. सी.का कथाहरु पनि प्राय आत्मकेन्द्रित शैली (’म’ पात्रको चयन)मा कथाहरु लेखिएका छन् । उनको आफ्नै शैलीमा कथाहरु बगेका छन् । कथाहरुमा अंग्रेजी र क्यान्टोनिज भाषाको मिश्रण के.सी.का कथाहरुमा पनि पाइन्छन् । प्रकाश के.सी.का भाषा शैली मीठो छ तथापि के.सी.का केही कथाहरु क्लीष्ट पनि छन् जसलाई बुझ्न दोहोरो अध्ययन गर्नुपर्छ । उनका कथाभित्र भएका केही शब्दावलीहरु यस्ता छन् ।
पीडाले गलेर निथ्रुक्क भएको मनलाई मान्छेसँगै निचोरेर हृयांङ्गरमा सुकाउन मिल्ने भए, ….
यस्तो लाग्छ, आफूलाई त्यसरी हृयाङ्गरमा झुण्डाए जस्तै ……………..
एउटी बूढी ठेलागाडीभरि कागज, क्यानहरु थुपारेर घस्रिरहन्छे, मर्न नसक्नुको वाध्यता या जीवनको मोह ! क्यान जस्तै कुच्चिएका, कागज जस्तै जताततै कोरिएका उसको मुखाकृति, पानी सुकेका आँखाहरु……………….
आकार बिग्रन थालेको देशलाई इँट्टाले ठोकेर सकार पार्न खोज्ने ठिटाहरु आदर्श हातमा बटारेर दगुर्दै गए भित्रतिर………...

Mar 4, 2009

गीतकार डि.बि.पालुङवा र आलाप गीतिसंग्रह

टंक सम्वाहाम्फे
लामो मेहनत र परिश्रम पछि कवि तथा गीतकार डि.बि.पालुङवाले सन् २००८ को मध्यतिर 'आलाप' नामक आधुनिक गीति एल्वम नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको सामु प्रस्तुत गर्नु भएको छ । उक्त गीति संग्रह नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वाषिर्कोत्सवको सुखद अवशरमा विमोचन गरिएको थियो । अहिले 'आलाप' गीति संग्रह धेरै नेपाली गीतसंगीत प्रेमी तथा श्रोताहरुको हातमा परिसकेको छ । सञ्चारका बिभिन्न माध्यमहरुबाट आलापका गीतहरु गुञ्जिरहेकाछन् । गीतकार डि.बि.पालुङवाद्वारा सिर्जीत गीतहरु सुन्न थाले पछि विचैमा बन्द गर्न वा छोडेर कतै जान मन लाग्दैन । यसो हुनुको प्रमुख कारण गीत संगीत र स्वरको संयोजन सोचे भन्दा उत्कृष्ठ खालकाछन् त्यसैले श्रोताहरुलाई गीतले आकर्षित गरिरहन्छ । कवि तथा गीतकार डि.बि.पालुङवा यो पङतिकारको पुरानो मित्र हुन् । बैदेशिक रोजगारी कै क्रममा डेढ दशक अगाडी हाम्रो चिनाजानी भएको हो । मैले चिन्दा र जान्दा उनी गीत कविताका असल श्रोता तथा पाठक मात्र थिए । हङकङको बसाई क्रममा मैले वहाँ साहित्यिक भावना भएको ब्यक्तित्व थाहा पाएर कविता लेख्न अनुरोध गरेको थिए । प्राय हाम्रो भेटघाटमा साहित्यिक विषय बस्तुमाथि धेरै चर्चापरिचर्चा हुन्थ्यो यहि कारणले पनि वहाँलाई यहि लाईन आउँनु पर्छ भनेर कुरा गर्थे । अन्तत मेरो अनुरोधलाई मानेर एउटा कविता मेरो हातमा थमाई दिनु भयो । सायद वहाँको त्यो पहिलो रचना नै हुनु पर्छ तर कविता भने सिकारु कविले लेखेको भन्दा उत्कृष्ठ थियो । सो कविता मैले चौविसे समाज हङकङद्वारा प्रकाशित चौविसेका गोरेटाहरुमा प्रकाशित
गरिदिएको छु । त्यसपछि मैले वहाँलाई साहित्यमा गम्भिर भएर लाग्न आग्रह गरेको थिए । सायद आग्रह कै कारणले हुनुपर्छ वहाँलाई प्रतिवद्ध लेखकको रुपमा पाउँन थाले । किनकी समय समयको भेटघाट र फोनवार्तामा समेत गीतसंगीत र साहित्यका प्रसंगहरु निकाल्नु हुन्थ्यो । समय वित्दै जादा डि.बि.पालुङवा प्रखर कवि तथा गीतकारको रुपमा कहिल्यै नअस्ताउँने उज्यालो घाम भएर उदाउँनु भयो । अहिले वहाँ नेपालीहरुको माझमा एउटा सशक्त कवि तथा गीतकारको रुपमा स्थापित भै सक्नु भएको छ । तर विचार र भावनाको यात्रा भने सोचे अनरुप सजिलो हुँदैन । धेरै अध्यायन पाश्चात सोचेर लेख्नु पर्ने भएकोले कवि तथा गीतकार डि.बि.पालुङवाले अवका दिनहरुमा लेखनका अरु चुनौतिहरु सामना गर्दै अघि बढ्नु पर्ने देखिन्छ । किनकी हिड्नु पर्ने यात्राहरु अझै बाँकी छन् । आलाप गीति संग्रह यात्राको शुभारम्भ हो । जहाँ सम्म मलाई लाग्छ यात्राको शुभारम्भ सम्म आईपुग्नलाई पनि धेरै समस्याहरु ब्यहोर्दै आएको हुनुपर्छ । विभिन्न खाले विषम परिस्थितिहरु पन्छाउँदै आएको हुन सक्छ । किनकी ती कुराहरु हामी पाठक तथा श्रोताहरुलाई थाहा हुने कुरा भएन । आलाप गीति संग्रहमा कुल आठ गीतहरु नेपालका चर्चित गायक गायिकाहरुको स्वरमा आवद्ध गरिएका छन् । यो संग्रहको निर्माण कालमा मैले पनि सानोतिनो सल्लाह सुझाव पेश गर्दै आएको हुनाले अप्रत्यक्ष रुपले कवि तथा गीतकार डि.बि.पालुङवासँग नजिकिएको महशुस गरेको छु । अहिले आएर नेपाली गीतसंगीतको विकास नेपालमा मात्र नभएर विदेशमा समेत हुन थालेको छ । त्यसको प्रत्यक्ष उदाहरणको रुपमा आलाप गीति संग्रहलाई लिन सकिन्छ । आलाप गीति संग्रहको रेकर्डिङ प्रकृया नेपालमा भए पनि गीतहरुको सिर्जनाभूमि,समय र परिवेश हङकङ हो । स्थानन्तरले गर्दा गीतका भावहरु नेपाली माटोमा लेखिएका गीतहरु भन्दा फरक छन् । त्यसैले गीत सुन्दा पनि केहि फरक आभाष हुन्छ । फरक ठाउँले केहि फरक भावना र बिचार जन्माउँदछ जस्ले गर्दा गीत पनि फरक ढङ्गले लेखिन जान्छ । मानिसलाई नयाँ वस्तुस्थिति र परिस्थितीले प्रभाव पार्दछ । तिनै प्रभावको असरले गीत जन्मने हुँदा आलाप गीति संग्रहका गीतहरु नेपाली परिवेशमा रचिएका गीतहरु भन्दा फरक छन् । गीतका शब्दहरुलाई केलाएर हेर्दा विदेशी भूमिमा दुखेका मनका ब्यथाहरु पोखीएको पाईन्छ भने मेशीन झैं कुनै बस्तुको रुपमा आफुलाई उपभोग गरिरहेको गीतकार स्वयमले अनुभव गर्छन् र गीतमा भन्छन्
म त कुनै बस्तु भएछु
एउटा जीउँदो औजार भएछु
वास्तवमा जीवन कसैको अजम्बरी हुदैन किनभने मानव जीवन मरणशील छ । तर मान्छेलाई भने सदासदा अजम्बरी भएर बाँच्न मन लाग्छ । त्यसैले गीतकार डि.बि. पालुङवा गीतमा आफ्नो स्वरुप बदलेर अजम्बरी बन्न चाहान्छन् र गीतमा यसरी ब्याक्त गर्छन् ।
अजम्बरी को छ र ? मान्छे सबै दुइ दिनको पाहुना
अमर भई बाँची रहने मेरो गीतको सपना
गीतहरुमा कतै प्रेमीकाको हात आफ्नो छातीमा राख्न पाए हुन्थ्यो भन्ने सोच्छन् । कतै सप्तरङ्गी फूलमा भमरा बनेर उड्न चाहान्छन् । विदेशमा गीतकारको बसार्इले नै होला विदेशको पीडामा जले पनि नेपालमा रहेकी आफ्नी खसमलाई धैर्यताका साथ प्रतिक्षा गर्न आग्रह गर्न पुग्दछन् । अल्लारे समयको झझल्कोले होला आफुले नै प्रेमीका तिर प्रेमील हातहरु बढाएको कुरा नसर्माई लेख्छन् ।
तिमी देउ या नदेउ ति म्रो हात मैले हात बढाए
सम्झी फूल हो जीवन मैले तिमीलाई चढाए
समग्रमा गीति संग्रहमा सग्रहित गीतहरुलाई सुन्दा वेग्ला वेग्दै स्वाद दिने खालका गीतहरु समेटिएकाछन् । त्यसैले श्रोताहरु एकपछि अर्को गीत सुन्न ललायित भै रहेका हुन्छन् । गीतहरु सुन्दै लैजादा गीतको गहिरो मर्मले श्रोताहरुलाई पगाल्न थाल्दछ र आफ्नै प्रकारको नयाँ अनुभूति दिन पुग्दछ । त्यसैले आलाप गीति संग्रहमा संग्रहित आठ गीतले वेग्लावेग्लै स्वाद पस्केको छ । हरेक नयाँ स्वादले श्रोताहरुलाई मनोरञ्जन दिईरहन्छ । यदि कुनै पनि गीतले श्रोताहरुको मन छोएन र मनोरञ्जन दिएन भने त्यो राम्रो गीत हुन सक्दैन । तर गीतकार डि.बि. पालुङवाका गीतहरुले हरेक श्रोताहरुको मानविय संवेदनालाई सुम्सुम्याई रहन्छ । आलाप गीति संग्रह पहिलो प्रस्तुति भए पनि पहिलो जस्तो लाग्दैन । नयाँ गीतकार भएर पनि उनको खारीएको गीति सिर्जनाले सिद्धहस्त अथवा पारङ्गत देखिन्छन् । पुरानै गीतकारको हाराहारीमा उभेर गीत लेख्नु भनेको पक्कै पनि सजिलो कार्य होईन । कतिपय गीतहरु पुरानै गीतकारलाई समेत चुनौति दिने खालका छन् । आलाप गीति संग्रहलाई मूल्याङ्कन गर्दा आउँदा संग्रहहरु यो भन्दा पनि राम्रो प्रकारको आउँने नै छन् भन्ने कुरामा आशावादी हुन सकिन्छ । किनभने विहानीले दिनको छनक दिन्छ भने झैं पहिलो प्रस्तुतिमा नै उनी माझिएर आएकाछन् । यो निश्चय नै नेपाली गीत संगीतको श्रीवृद्धिको कुरा हो । यस्तै प्रकारका गीतहरु नै र्सवकालिन हुन्छन् जो आलाप गीति संग्रहमा समावेश गरिएकाछन् । गीत संगीतलाई सुन्ने र बुझ्ने श्रोताहरुको आआफ्नै तौरतरिकाहरु हुन्छन् । त्यसैले आलाप गीति संग्रह सुनि सकेपछि कुनै न कुनै गीतले श्रोतालाई छोएरै छाड्दछ । हङकङ जस्तो ब्यस्त ठाउँमा रहेर खाली कामलाई मात्र ध्यान नदिई गीत संगीतमा पनि आफ्नो योगदान दिदा त्यसै पनि उदाहरणीय काम गर्नु भएको छ कवि तथा गीतकार डि.बि. पालुङवाले । त्यसैको फलस्वरुप नेपाली महासंघ हङकङद्वारा सम्मानित पनि भै सक्नु भएको छ । यसरी निरन्तर श्रोताहरुको माझ यस्ता गीति संग्रहहरु आईरहुन र मानसम्मान पाई रहुन् भन्ने कामना गर्दछु । अन्त्यमा सांगीतिक आलापलाई शब्दहरुको आलापले मीठो सुरमा आलाप्न चाहन्छु ।

Feb 22, 2009

“आलाप”को आलाप

अशोक राई
अजम्बरी को छ र ! मान्छे सबै दुई दिनको पाहुना
अमर भइ बाँचिरहने मेरो गीतको सपना
डी बी पालुङ्गाको आधुनीक गीतहरुको सङ्गालो “आलाप” गीति एलबम बजारमा आएको करीब एक वर्ष पुग्न लाग्यो । यस कृतिको बारेमा केही अबश्य लेखौंला भन्दा-भन्दै यत्रो समय गएछ । यस्तै त हो मान्छेलाई परिस्थितिले वाध्य बनाएर हिडाउँछ तर पनि मानिस यो गर्छु, त्यो गर्छु भन्न छाड्दैन । अनेक दुःखहरुमा पनि जीवन त बाँचेकै हुन्छ । दुःख र सुखको बीचमा जीवनको लय मिलाउनु र आत्मा सन्तुष्टी लिएर जिउनु नै जीवनको सौन्दर्य हो । जिन्दगीका यिनै सौन्दर्यलाई शब्दमा उनेर “आलाप” मार्फत सजाएकाछन् कवि तथा गीतकार पालुङ्गाले । सुमधुर तथा कर्णप्रिय गीतहरुको एउटा मीठो संगम हो यो “आलाप” एलबम ।डी.बी. पालुङ्गा हङकङका एक राम्रा कवि पनि हुनु हुन्छ । कुनै दिन संगीतकार नागेन्द्र श्रेष्ठले मलाई एउटा राम्रो कवि, एउटा राम्रो गीतकार पनि हुन्छ भन्नु भएको थियो । साँच्ची नै हो रहेछ डि.बी. पालुङ्गाका गीतहरु हेर्दा र सुन्दा मलाई यो कुरा सत्य लाग्यो । खासगरी आफू हङकङमा लामो समयदेखि रहेर भोगेका डायस्पोरिक भोगाइ, जीवनका अनेक अनुभूति र कोमल प्रेमका भावहरुलाई उनेका शब्दहरु छन् यस एलबममा । संगीतको मीठो कलाले सजाइएका यी सुमधुर गीतहरुलाई सुन्दा जुनसुकै श्रोताको मन मदमस्त हुन्छ र एउटा सुखद आनन्द प्राप्त हुन्छ ।भनिन्छ, बिछोडको बेलामा मात्र हामी प्रेमको गहिराइ महशुस गर्न सक्छौं । एउटा नारीले आफ्नो प्रियतमको अभावमा भोग्ने प्रणय समवेदनालाई गीतकारले भावपूर्ण शब्दमा केलाएका छन् । परदेशमा भएको प्रेमीको यादमा दिन गन्ने एउटा मायालु प्रेमीकाको मनोदशालाई मीठो भावमा पोखेका छन् गीतकारले । जो हामीबीचकै कथाहरु पनि हुन सक्छ । यसरी भोगाइवरपरकै कथाहरुलाई कविले गीतमा पोख्न सकेका छन् यस एलबममा । एउटा विवश र मायालु प्रेमीकाको आलापलाई यी शब्दहरुमा पाउन सकिन्छ ।
बगेर जाने खोलाको के भर कतै निहाल्यौ भने
क्षितिजमा उदाउँला घाम बनेर गोधूलिमा रोयौ भने
मनमा आई कसैले बास मागे तर्काउनु त्यो मन
बाँच्ने मेरो आधार तिमी मेरो धड्कन
मान्छेले न सोचे जस्तो भोग्न सक्छ न भोगे जस्तो सोचेको हुन्छ । जीवनलाई कहिले नसोच्नु वेश, किनकि यो यथार्थमा अर्कै हुन्छ । एउटा इतर भूगोल र सानो स्पेसमा बाँचेका तीतो भोगाइहरु पालुङ्गाका गीतमा भेटिन्छन् । यी आलापहरु औसतमा सबैको हो ।
म त कुनै बस्तु भएछु ज्यूँदो औजार भएछु
चलाऊ मलाई जसरी यहाँ त्यसरी नै म चलिदिन्छु
राजेश पायल राई, दीपक लिम्बू, सुनिता सुब्बा, जगदिश समाल, लासमीत राई, अन्जना गुरुङ, रुपक डोटेल र दिनेश सुब्बा जस्ता स्थापित गायक गायिकाहरुको सुमधुर स्वर रहेको यो एलबममा महेश खड्का, राजेश पायल राई, दिनेश सुब्बा, शीला बहादुर मोक्तान र तारा प्रकाश लिम्बूको संगीत रहेकोछ ।आठ वटा गीतहरु संगालिएको यस एलबममा स्वर संगीत दुबै दिने गायकहरुमा राजेस पायल राई र दिनेश सुब्बा
छन् भने एउटा गीत युगल गायनमा छ । दिपक लिम्बूको स्वरमा रहेको शुरुको गीत अजम्बरी को छ र ? ले श्रोतालाई अत्याधिक आनन्द दिन्छ । त्यसै गरेर जगदिश समालको स्वरमा रहेको तिमीलाई सम्झदा यो तन र मनले भावुक बनाइ दिन्छ भने सुनिता सुब्बाको स्वरमा रहेको सुवास छरी ऋतुहरुमा र लासमीत राईको स्वरमा रहेको म त कुनै बस्तु भएछु गीत बढी कर्णप्रिय छन् । बाँकी गीतहरु पनि कम भने छैनन् तर भन्नै पर्दा सर्वाधिक चर्चित र स्थापित गायक तथा संगीतकार राजेश पायल राईबाट सोचे जति आशा पूरा भएको छैन । ब्यबसायिक तथा स्थापित भइसकेका गायक/संगीतकारहरुबाट नव प्रतिभाहरुले केही राम्रा आशाहरु राख्ने गर्छन् । गीतकारहरुले गरेको दुःख र सोचेको लक्ष्यलाई बुझिदिएर झारो टार्ने हिसाबले मात्र काम नगरी दिए उहाँहरुको लोकप्रियता पनि अझ बढ्दै जाने थियो ।अन्तमा गीतकार पालुङ्गालाई बधाइ दिँदै उनको अमर भई बाँचिरहने आफ्नो गीतहरुको चाहना पूरा होस् र यस्तै राम्रा कृतिहरु भविष्यमा फेरि आइरहोस् भन्ने शुभकामना दिन चाहन्छु
मेरो गीत कुनै उपहार होइन
मेरो गीत कुनै श्रृंगार पनि होइन
प्रीतिको वहार हो मायाको संसार हो