Aug 9, 2014

गीतकार ईशा लावतीलाई मैले फेसबुकमार्फत चिनेको हुँ ।

अशोक चामलिंग राई
पारङ्गत लेखक नभएपनि कवि एबं गितकार टंक सम्बाहाम्फेले कहिलेकाँही कविता, गजल, गीती संग्रह र गीती एल्बमहरू समीक्षार्थ मेरो हात
लगाइदिनु हुन्छ । म 'हुन्छ'बादि मान्छे 'हुन्छ' भनिदिन्छु । कनिकुथि एक दूई कुरा लेख्नै पर्यो । यसपटक गीतकार ईसा लावतीको नेपालमा भरखरै बिमोचित गिती एलबम "पहिलो माया" मेरो हात परेकोछ । यसैको बारेमा केही कुरा लेख्दैछु ।

गीतकार ईशा लावतीलाई मैले फेसबुकमार्फत चिनेको हुँ । फेसबुकमा दिनहु जस्तो वहाँको गीत पोष्ट हुने गर्थ्यो अहिले पनि हुन्छ । वहाँले आफ्ना केही गीतहरू छानेर संगीतबध्द गर्नु भएछ । दूई सरो
सुनेँ निकै मीठो गीतहरूको संग्रह बनेको रहेछ वहाँको यो एलबम 'पहिलो माया' ।
शब्द तब जिवन्त बन्छ जब स्वर र संगितले उस्लाई साथ दिन्छ । नगाइएसम्म गीतहरू मुर्झाएर बसेको बिरूवा झैं हुन्छन स्वर र संगित भरेपछि शब्दहरू अनन्त बाँच्ने पिपल जस्तै बन्छ । जस्तै की भुपी सेरचनको गीत "अल्झेछ क्या रे पछ्यौरी तिम्रो चियाको बुट्टामा......
यो एलबममा श्रेयसी चेम्जोंङ्को एकल स्वरमा तिन बटा गीत, प्रमोद खरेल, शिव परिवार, अन्जू पन्त र रीमा गुरूङ्को स्वरमा एक एक गीत अनि दिपक लिम्बू र श्रेयसी  चेम्जोंङ्को युगल स्वरमा एक गीतगरि जम्मा आठ वटा गीतहरू रहेकाछन । तर "जलि सक्यो दिल मेरो" र "आँसु झारेँ धेरै धेरै" गीतलाई क्रमश प्रमोद खरेल र श्रेयसीले छुट्टाछुट्टै अनि शिव परिवार र श्रेयसीले छुट्टाछुट्टै एकल स्वर दिएका छन । दुबै गीत दुबै कलाकारका स्वरमा निकै मीठो र उत्कृष्ट छ ।
श्रेयसी र दिपक लिम्बूको एक मात्र युगल गीत "पहिलो माया हो हाम्रो पहिलो भेटघाट" र स्थापित गायिका अन्जू पन्तको स्वरको गीत "निष्ठूरीले हाँसी हाँसी" लाई अलि कमज़ोर पाएँ । नव गायिका तर सुमधुर स्वरका घनी श्रेयसीले राम्रो गाएकी छिन । तर श्रेयसीलाई प्रमोद खरेल र शिब परियारले गाइसकेको दूई गीत नै किन फेरी गाउन लगाईयो त्यो बुझ्न सकिन । उनलाई छुट्टै गित दिइएको भए राम्रो हुन्थ्यो की । तर यस्मा मलाई  थाहा नभएका अरू प्राविधिक पक्षहरू होलान । प्रमोद खरेल, शिव परियार र रिमा गुरूङ्को स्वरमा रहेका गितहरू कर्णपृय छन । संगीततर्फ महेश खड्काले दूई गितमा, मनोज चौलागाँईले दूई गीतमा, लक्ष्मण शेष, बशन्त सापकोटा, राजुसिंह र अशोक लोहरूंगले एक एक गितमा संगित दिएका छन ।
गीतकार ईसा लावती परदेसी भुमी ईजरायलमा रहेरपनि श्रृजनामा लागिरहनु भयो । बिशेषत वहाँ गितकार नै हो । अन्य बिधामा वहाँको रूची के छ थाहा भएन । यो सानो समीक्षा लेख्दै गर्दा पुरानो गीतकार तथा गायिका कृष्ण कला वनेमको याद आयो । वहाँ पनि त्यहि इज़रायली भुमीमा रहेर श्रृजना गर्नु हुन्छ । मैले वहाँको गीति संग्रह "बिर्सिएका गीतहरू" बारे पहिला केही लेखेको थिएँ । तर वहाँ त कथाकार पनि उत्री सक्नु भएछ । वहाँको कथा संग्रह "अबिश्वासको तरंग" मेरोमा आईसकेकोछ । पढ्न बाँकी छ । ईसालाई पनि वहाँ जस्तै श्रृजनाको फाँटमा फैलिन आग्रह गर्दछु ।
यो एलबममा भएका सबै गीतहरू परम्परागत ढाचा कै छन । भाव माया प्रिती कै छन । शब्दहरू सलल बगेका छन । भाषा सहज छ । कवितामा जस्तै गीतमा पनि बिम्बको प्रयोग गरे त्यो गीत सुन्दर हुन्छ ।
जस्तै:
"जिन्दगी यो फूलै फूलको थुंगो हुदैन
फक्रने र ओईलाउनेको टुंगो हुदैन ।"
अर्को कुरा कम्तिमा केही गीतमा भावान्तर गरि नयाँ शैलीका गितहरू लेख्ने कुरा गीतकारहरूले नै सोच्ने हो की । जस्तो माथि उल्लेखित 'अल्झेछ क्यारे पछ्यौरी' माइतीले चेली संझिएको भावमा छ । अब अहिले त पहिचानको बिषयलाई सालिन भाषामा गीतमा उल्लेख गर्न पनि सकिन्छ ।
जस्तै:
"सिन्के धुलो सगै खेल्यौं साकेलामा नाँच्यौं
सिली जस्तै रहरहरू कति कति साँच्यौं ।"
यसको मतलब माया पिरतीका गीत राम्रो हुन्न भनेको पनि हैन । हरेक प्रकारका गीतमा मिठास हुन्छ मीठास भर्न सकिन्छ ।
र अब अन्तमा गीत र गजल गेयात्मक बिधा हुन । फरक यति हो की सबै गीत र गजलहरू गाइन संम्भब हुदैन । नगाइएका शब्दहरू नराम्रा भन्ने पनि हुदैन ।  गीतकार ईसा लावतीको कुरा गर्दा वहाँको सयौं गीत मैले पढेकोछु । तर केहि गीतमात्र संगितबध्द हुन सफल भए । वहाँसग यस्ता गितको अनन्त भन्डार छन् । आसा छ अन्य गीतहरू भविष्यमा पुनः संगितबध्द हुनेछन । वहाँको सबै गीतहरू अमर बनुन । शुभकामना ।

तिमी त सारै बैगुनी रैछौ गुनैले मारूँला
दिएको धोका मलाई तिम्ले संगाली राखुला

Jun 14, 2012

सम्झन लायक बिर्सीएका गीतहरु

अशोक रार्इ 
कुनै बेला हङकङमा हामीले गीतमा पुनरसंरचनाको खाँचो र आवश्यक्ता बारे बहशहरू गर्यौ । त्यसपछि आदिवासी गीतकार समाज पनि गठन गर्यौं । त्यति मात्र होईन हामीले 'आदिवासी' नामक गीति एलबम पनि सार्बजनिक गर्यौं । हामीले लेख्ने र गाउँने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस्‌ भन्ने आग्रह राख्यौं । त्यो आग्रह भनेको गीतमा सचेतनाको कुरा हो । त्यो राजनैतिक या सामाजिक या साँस्कृतिक या जातिय कुनै पनि हुन सक्तछ । कारण गीत संगीत सर्बाधिक सम्प्रेषणीय हतियार हो । यसको प्रत्यक्ष या अप्रत्यक्ष प्रयोगले धेरै देश-ठाउँहरूमा राजनैतिक र सामाजिक आन्दोलनहरू सफल पनि भए । तर हामी त्यसो भन्दैमा आम मानिसले लेख्ने, गाउने र सुन्ने गीत संगीतको बिरोधी भने होईनौं । गीत संगीत संसारमा सबैभन्दा लोकपृय बिधा हो जसलाई मन नपराउने मानिस सायदै होलान् । अब सन्दर्भ तिर लाग्दा मसित यतिखेर कृष्णकला वनेमको गीति संग्रह 'बिर्सिएका गीतहरू' छ । कवि तथा गीतकार टंक सम्बाहाम्फेज्यूलाई यसका लागि धन्यवाद । यो संग्रहभित्र गाईएका र नगाइएका गरि १०९ वटा गीतहरू रहेछन् । सबै गीतहरू एकपटक हेरि सकेपछि केही लेख्न मन लाग्यो । एक प्रकारले गीत लेख्नु मनको पीडा पोख्नु अनि आत्मा सन्तुष्टी हासिल गर्नु हो । त्यहि गीतहरूले नै मान्छेको मन जित्छ र कालजयी भएर युगौ बाँचिरहन्छ । गीतले मान्छेको पीडा बोल्छ मनको भाषा बोल्छ मन छुन्छ र आनन्द दिन्छ । त्यसैले यो सर्बग्राह्य छ र लोकपृय छ । गीतहरू कति गाइए कति गाइएका छैनन् । कति संगीतबद्ध भए कति भएका छैनन् । त्यसको लेखा जोखा कमैले गरे होलान । पक्कैपनि धेरै गीतहरू गीतकारहरूको मनमा,डायरीहरूमा या गिति संग्रहहरूमा नै रहे होलान् । लेखिएका धेरै गीतहरूमध्ये थोरै संगीतबद्ध भएर श्रोताहरू समक्ष पुग्छन् र बाँकी यस्तै संग्रहमा रहि रहन्छन् । यो संग्रहका गीतहरूलाई हेर्दा नगाईएका तर राम्रा गीतहरू धेरै बाँकी रहेछन् जस्तो लाग्छ । जसलाई गाइएको खण्डमा नेपाली गीत संगीतको क्षेत्रमा निशन्देह थप सुन्दर सृजनाहरू थपिनेछन् । 
चाहिदैन तिमी भए हिरा मोती सुनको जुहार 
तिमी भए पूरा हुन्छ जिन्दगीको सबै आधार 
छाती मात्र मेरो हो तर मुटु तिमी 
मेरो सारा तिमी हौ तिमी नै जिन्दगानी (त्याग) 
एक अर्थमा गीत कविता पनि हो कविता गीत पनि हो । फरक कवितामा जीवन र जगतलाई अलि बृहत ब्याख्या गरिन्छ । गीत छोटोमा मनको बेदना र भाव पोखिने ठाँउ हो । तर त्यहाँ पनि जीवन अटाएको हुन्छ । एउटा राम्रो कवि आफैमा एउटा राम्रो गीतकार पनि हो । यस अर्थमा गीतकार कृष्णकला वनेम एक कवयित्री पनि हो भन्दा फरक नपर्ला । वहाँको नारी कोमल भावना गीतहरूमा प्रष्ट पाउन सकिन्छ । गीत मनको भाव हो यो व्यक्ति अनुसार फरक परे पनि नारीले पोखेको भाव कोमल हुन्छ नारी भावुकता छुट्टै प्रकारको हुन्छ । प्रकृतीले नै नारी करुणा र बेदनालाई पृथक बनाएको छ । भूमीकामा गोविन्दराज भट्टराईले उठाउनु भएको आधुनीक मुनाहरूको प्रसंग सान्दर्भिक लाग्यो । आजको समयमा मुनाहरू पनि परदेश जान्छन् मदनले जस्तै दुःख गर्छन् र उताबाट आफ्नो मदन (प्रेमी) को नाममा बिरह पोख्छन् । हुन पनि हाम्रा धेरै नेपाली दिदी बहिनीहरू अरब अनि इजरायल र अन्य धेरै देशहरूमा परदेशीएका छन् । एक्लीएका छन् । घर देखि टाढा परिवार देखि टाढा अनि देशदेखि धेरै टाढा हुँदा पीडा महशुस हुन्छ । उनीहरूलाई समयले दिएको पीडा कविता, गीत र गजल बनेर प्रस्फुटन हुन्छ । गीतकार कृष्णकला वनेम पनि इजराइली भुमीबाट गीत लेख्नुहुन्छ कतै बिरहमा कतै निराशामा कतै गाउँ घर परिवार र देशको तृष्णामा । 
कति बस्नु कल्पनामा मीठो सपना बुनी 
परदेशमा बित्ने हो कि दुखियाको जुनी (गृह बिरह) 
गीतकार परदेशी भएरै होला धेरै गीतहरूमा परदेश पीडा छ । गाउँ घरको याद छ । मायालुलाई उताबाट सम्झेका शब्दहरू छन् । 'कान्छा’ हाम्रो पूर्बेली समुदायमा एउटा मायालु बिम्ब हो । गीतमा धेरै ठाउँ यसको प्रयोग गरिएकोछ । यसले गर्दा गीतमा आञ्चलिक स्वादहरूपनि पाउन सकिन्छ । 
खोला नालाको सुसाईसँगै बहकिन्छौ होला 
न्याउली रुँदा सल्लेरीमा तिमी दुख्यौ होला 
दोबाटोको चौतारीमा मेरो बाटो हेरी बस्नु 
आाउदैछु म फर्की कान्छा मुटु नदुखाउनु । 
त्यस्तै हाट बजारमा मेलामा धान नाँचेर लगाइने चोखो मायाको कुरा अनि तमोर नदीको संझना गर्दै पोखिएको गीति भावना सुन्दर लाग्छन् । यो पूर्बेली चेलीले मनमा सोचेको कारुणीक प्रेमील भावना हो । जहाँ लोक साँस्कृतिक पक्ष पनि छल्कीएको पाईन्छ । गीतहरू हेर्दा उतै पुगे जस्तो लाग्छ । 
हाटै भर्न जाँऊ कान्छा तमोर सिवा तर्दै 
धानै नाची माया गाँसौ बैंश छँदा छँदै 
फूल जस्तो ओइली झर्ने हाम्रो जिन्दगानी
बाँचुन्जेल हो नी कान्छा मर्दा के छ लाने । 
खासगरि परदेशमा हुदा देशको धेरै याद आउछ । जे जस्तो भए पनि नेपाल मेरै देश हो भन्ने भावना जागृत हुन्छ । किनकी अन्तरदेशीय नागरिक हुनु अनि त्यहाँ बिविध पीडा भोग्नु अनागरिक हुनु हो । केही गीतमा माटो र देश प्रेमपनि छ । जस्तैः 
१. शिरमाथि सगरमाथा पाउमा नेपाल 
 नेपालीको प्यारो भुमी देश बिशाल 
२. हिमालको फेदीमा सुन्दर मेरो गाउँ 
 नेपालकी छोरी हुँ म गोरी मेरो नाउँ 
गीतमा सामान्यतया माया र प्रेम प्रसंगको प्रधानता रहन्छ । यो संग्रहमा संग्रहित अधिकंश गीतहरू पनि माया प्रेमकै बिषयमा केन्द्रीत छन् । प्रेम गीतहरूमा कतै मायालुलाई संझेका बिलौना कतै धोका पाएकोमा गुनासो कतै बिछोडको पीडा कतै षोडषी प्रेमभाव कतै जलन र त्याग अनि कतै गृह बिरहका प्रसंग आउँछन. । जस्तै केही गीति हरफहरू हेरौ- 
तिम्रो यादमा रुमल्लिदा एक्लै कति रुन्थें 
सिरानीको तिम्रो तस्बिर कयौ पटक छुन्थें । (मायालुको याद) 
हिड्दै जाँदा पाइलाहरू काँडामा नि पर्दो रैछ 
माया गर्ने मुटुहरू त्यही मायामा जल्दो रैछ (धोका) 
भेट भयो तिमीसित दुई नदीको संगम जस्तो 
छुटी गयो साथ हाम्रो दिन अनि रात जस्तो (बियोग) 
नाचौं नाचौं लाग्छ मलाई बन पाखाभरि 
वैशालु यी रहरहरू उर्ली आउँछन् भनभरि (षोडषी प्रेमभाव) 
त्यस्तै अन्य गीतहरूमा बिदेशमा भोगिने दुःख, जन्मीएको ठाँउ र बालापनको याद देशको चिन्ता साँस्कृतिक झल्को जस्ता बिविध कुराहरू छन् । गीतकार आफै गायिका भएकोले होला आफ्ना गीतको गेयात्मकतालाई सहज बनाइएकोछ । गीतहरू सरल र मीठासपूर्ण छन् । ज्यादा जसो गीतहरू एउटै संरचनाको र प्रायजसो दुई अन्तराका छन् जो चलन चल्ती कै कुरा हो । गीतको सम्पूर्ण पक्षमा बहस गर्नु मेरो क्षमता बाहिरको कुरा पनि हो । श्रवण मुकारुंगले घुमाउरो पाराले भने झै नेपालका दिग्गज गीतकारहरू जो गीतको महाबिद्यालय नै हुन् वहाँहरूलाई अध्ययन गर्नु सायद हरेक नयाँ गीतकारको बुद्धिमानी नै होला भन्छु । गीतकारलाई मीठो गीतहरूको लागि बधाई र थप सृजनाको लागि शुभकामना अनि तपाईका गीतहरू अमर बनोस भन्ने सुभेच्छा दिन चाहन्छु ।

Jun 6, 2012

काव्यकृति "कोसेली परदेशबाट" को - कृति समीक्षा

अशोक राई 
कवि नगेन्द्र ईङ्नाम "आठराईली" को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु । कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरीका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता साँस्क्रिती, जातीधर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संबेदना र प्रेम जस्ता विषयवस्तु प्रसस्तै पाईन्छ । कवितालाई क्लीष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन । आम पाठकलाई सुपाच्छ छ यो कृती । अर्को कुरा कविताले कुनै वाद र धार नै आत्मासात गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतीले बोकेकोछैन । पाठकको दिल छुने खालको श्रीजना तयार गर्नु भनेको अमर हुनु पनि हो । कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो र पीडालाई छाम्नु हो । कवि अल्पग्राह्य छैनन सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ । अब ऊनका केही कविताहरुलाई केलाउनेतर्फ लाग्नु पर्दा . . जब म तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कविताँश मनमा आउँछ । 
गहकिलो छ समस्या परदेशीहरुलाई परदेशमा 
प्रतिकूल समय छ फर्कनलाइ आफ्नो देशमा 
घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर 
अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर . . . .-(परदेशमा) 
परदेशको पीडा परदेशी स्वयमलाई अरुलाई भन्दा बढी ज्ञान हुन्छ । परदेशको पसिना, पराई बचनहरु, अलार्मा समय र परिवारीक दु:ख थुप्रैथुप्रै कुरा हुन्छन परदेशीको छाँतिभित्र । जाने ठाउँ भन्नु स्वदेश हो, उतातिरको बेथिती अस्थीरता र बेरोजगारी सधैं प्रतिकुल रहन्छ । त्यैपनि मान्छेको मनमा एकप्रकारको मायावी रहर हुन्छ डलरको । मनमा त्रिष्णा रहिरहन्छ सपना देख्न मन हुन्छ न्यू योर्क शहरको । काव्यकृति स्वयम् एक परदेशी कविको हो जो दूई दशक समय परदेशमा गुजारीरहेका छन । भोगाईको अभिब्याक्ती पनि हो कविता । कृतिको नामाकरण गरिएको सन्दर्भलाई हेर्दापनि शायद थाहा हुन्छ यी कुराहरु । एउटा कविता छ यस कृतिभित्र जो प्रेममा आधारित छ । 
स्वच्छ सुनौलो बिहानीहरुको पर्खाईमा 
कैयौं दुःखी रातहरु गुजारी रहेको छु 
हाम्रो भावि सुख र मिलनको पर्खाईमा
सयौं बाधा र अड्चनहरु पन्छ्याई रहेछु . . . . -(कोसेली परदेशबाट) 
. . . यो प्रेमा पीडा परदेशीको हो । कविताको पात्र प्रेयसी या प्रिय पत्नी जो कोहि पनि हुन सक्छ जसलाई परदेशीले मार्मिक सम्झना गरेका छन । यी सांकेतिक पीडाहरु कृतिमा धेरै पाउन सकिन्छ । - “यसैको न्यानोपनाले आजसम्म बाँची रहेको छु” । परदेशमा रहंदा स्वदेशको सम्झनापनि अति मार्मिक रुपमा प्रस्तुत गरेका छन यिनले । जब एउटा परदेशीलाई परदेशले छोड्न नसकेपछि उसले गुमाएका अनुभवहरु निम्न कविताँश मार्फत बुझ्न सकिन्छ । 
छोडेको थिएँ सोल्टिनीलाई 
 चिठी पत्रमा भेट्दै गरौंला भनी 
ती क्षणहरु युगमा बदलि सके 
भन्छन्, 
जेठी, माईली र साईंली हुंदै 
मेरी कान्छी सोल्टिनीले पनि 
आफ्नो घरबार जोडिसकिन् रे 
तर मलाई यो पापी परदेशले छोडेको छैन . . –( मलाई परदेशले छोडेको छैन) 
लामो समयसम्म कवि न्यू योर्क शहरमा रहेका हुनाले उनले आफ्नो कवितामा यस शहरको विशेषता, जीउने तरीका, नेपालीले अपनाएको यहाँको जीवनबारे व्याख्या गर्न पनि भ्याएकाछन । धेरै मानिसहरु बाहिरबाट सपनाको गह्रुङ्गो भारी बोकेर यहाँ आउँछन, जीजीबिषा खोज्छन् र संस्कृतिसित रुझ्दैभिज्दै समय बिताउँछन् । सिमाविहीन स्वन्त्रतता, अर्ध पागल गीतहरु, बार-रेष्टुँरा, विधुत्तीय खेलहरु र अंग्रेजी फेसन जस्ता थुप्रै थुप्रै कुरा छन तेश्रो भुगोलका मान्छेलाई रिङ्गटा लगाउने । कविताले भन्छ थोरैमात्र मानिसहरु सुखी धेरैजसो खिन्नछन् यहाँ . . . . 
जागा जागा बत्ति र सडकहरु 
जागै रहन्छ शहर चारै प्रहर 
भिडमाथि भिड थपिँदै थपिँदै 
असिमित हुँदैछ शहरको रहर 
कसैलाई रमाईलो 
कसैलाई, सही नसक्नुको छ 
यो न्यू योर्क शहरको रहर. . . 

Mar 6, 2012

सरल गीतहरु बिर्सिएका गीतहरु

स्वप्नील स्मृति
कृष्णकला वनेम जीवनको अठ्तीस हिउँदमा 'बिर्सिएका गीतहरु' कृति लिएर नेपाली साहित्यमा उदाएकी छिन् । सामाजिक सञ्जाल 'फेसबुक'ले आफूलाई गीतकार बनाएको उनले पुस्तकको 'मेरो भन्नु' महलमा उजागर गरेकी छिन् । उनी लेख्छिन्, 'आजको साइबर युगमा विभिन्न नेटवर्क मनोरञ्जन र आनन्दको माध्यम भएको छ । म पनि २००९ बाट फेसबुकमार्फत धेरै साथीहरुसँग रम्ने गर्दथेँ । मन भुलाउने गर्दथेँ । आफ्ना भावना र लेख रचनाहरु साथीहरुसँग आदानप्रदान गर्दथेँ । यस्तै क्रममा २०१० अक्टुबरमा फेसबुकमार्फत कवि तथा गीतकार टङ्क सम्बाहाम्फेज्यूसँग मेरो भेट हुन पुग्यो । त्यसपछि उहाँले मेरा गीतहरु हेर्न थाल्नुभयो ।' भनाइबाट प्रष्ट हुन्छ, कृष्णकलाभित्रको 'गीतकार कृष्णकला' लगभग चार वर्षीय हुन् । त्यसैले पनि होला उनले गीतमा अझै निखारपन ल्याउनुपर्ने देखिन्छ ।
टङ्क सम्बाहाम्फेको गीती साधना निक्कै लामो छ । नेपाली गीत लेखनमा सम्बाहाम्फे एक स्थापित गीतकार र कवि दुवै हुन् । बिर्सिएको गीतहरुमाथि टङ्क सम्बाहाम्फे लेख्छन्, 'गीतको सम्पादनदेखि लिएर प्रकाशनसम्म मैले सहयोग गर्ने बाचा गरेको थिएँ...' गीतकार सम्बाहाम्फेले यति भन्दाभन्दै पनि वनेमका गीतमा सख्त सम्पादन नपुगेकै देखिन्छ । वनेमका गीतहरु पढिसकेपछि एउटा आंशिक पाठकलाई अवश्य आँट आउनेछ, गीत यस्तै हुन्छ भने त जसले पनि किन लेखिदिन्छ तर एक सचेत पाठकलाई भने गीतकार वनेमले अझै यी गीतलाई काँटछाँट गरेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नै लाग्छ ।
फेसबुक नेपाली साहित्यका पाठक र लेखकबीचको भरपर्दो साँघु बनेको छ । लेखकले 'हातहाती' प्रतिक्रिया अथवा फेसबुककै भाषामा 'कमेन्ट' र 'लाइक' पाठकबाट तुरुन्तै पाउनु यसको फाइदा छ । त्यो सेकेण्डको भरमा गरिने 'लाइक' र मिनेटको भरमा लेखिने 'कमेन्ट'ले गम्भीर पठन र जिम्मेवारपूर्वक प्रतिक्रिया जनाउने प्रक्रियालाई 'रिमुभ' गरिरहेको छ । गीतहरु पढिसकेपछि वनेमभित्रको एक गम्भीर र शक्तिशाली लेखक कतै त्यसैको शिकार भएको त होइन शंका उब्जिए पनि नेपाली गीतिसाहित्यले एउटा आशालाग्दो कृति भने प्राप्त गरेको छ ।
निराशाको बादल लाग्यो साथ छुटेपछि
कसलाई खुशी साचूँ मैले माया टुटेपछि
अक्सर उनका गीत यस्तै अन्त्यानुप्रास मिलाएर लेखिएका छन् । गीतमा भावना पक्षकै प्रधान हुन्छ संगै विचार पनि अन्तर्घुलित भएर आउनुपर्छ । उनका गीतहरु पढिसकेपछि उनको विचारभन्दा उनको भावनात्मक पक्ष छताछुल्ल देखिन्छ । र केही गीतले उनीभित्रको प्रतिभाशाली गीतकारितालाई पनि उद्घाटन गरेको छ ।
पहरामा फुले पनि मन पर्ने सुनाखरी
टिपेर लाउँ भने आकाशको जूनसरी
जम्मा एक सय बीस वटा गीत समाविष्ट 'बिर्सिएका गीतहरु'भित्र सम्झन लायक केही गीतहरु अवश्य छन् । समग्र गीतहरु पढिसकेपछि कृष्णकला वनेम संवेदनाकी प्रचुर खानी व्यक्तित्व पाइए पनि संवेदनालाई गीतिकलामा ढाल्न सक्ने शिल्पी कृष्णकला भने हुर्कदो अवस्थामा देखिन्छ । जरुर गीतमा संवेदना पक्षको उपल्लो महत्व हुन्छ तर त्यसलाई कलात्मक, लयात्मक र सताङ्गो ढर्रामा प्रस्तुत गर्न सक्नु गीतकारकै क्षमताको प्रश्न हो ।
गीतकार कृष्णकलाले आफ्ना गीतहरु कुनै न कुनै लयमा, प्यारोडीमा गाउँदै रचे कि ! गीतलाई भाकामा गुन्गुनाउँदै लेख्नु र पाठकले एक्कासी पुस्तकमा पढ्नुमा धेरै फरक हुन्छ । फेरि त्यसलाई संगीतमा ढालिएपछि भने गीतको मर्म गीतभित्रबाट बाहिर आउँछ । भाकामा गाउँदै रचिएको गीतले गीतकार स्वयंलाई त 'राम्रो'को प्रशस्त भ्रम दिन्छ तर श्रोता र पाठकमा पुग्दा त्यो राम्रो साँच्चिकै भ्रममा मात्र रुपान्तरण हुन्छ ।
आफ्नो गीति लेखनमा लिम्बु संस्कृति र संवेदनालाई प्रवेश गराउनु गीतकार कृष्णकला वनेमका सकारात्मक पक्षहरु हुन् । आफ्नो स्थानीयता र आञ्चलिकतालाई गीतमा नउनी नसक्नु एक भावुक गीतकारको नियती र कर्तव्य दुवै हो । उनका केही देशभक्तिपूर्ण गीत पनि संग्रहमा समाविष्ट छन् तर उनले गीतमा प्रयुक्त गरेको भाषा, विम्ब र प्रतीकमा नवीनता छ्रैन । त्यसैले उनका गीत पहिले नै पढि/सुनिसकिएका गीत जस्ता छन् जो अहिलेको नेपाली गीतसंगीतको बजारमा बारबार दोहोरिइरहेका सस्ता गीतहरु नै किन नहुन् । तर सँगै उनको औँलामा गन्न सकिने यस्ता गीत पनि छन् जसले उनलाई अलगधारको गीतकारको पहिचानतिर उन्मुख गराएको छ ।
दीपावली मेला जाँदा भयो चिनाजानी
धानै नाचौँ भन्यौ कान्छी मेरो हात तानी
सायद गीतकार कृष्णकला रोजगारीका रुपमा इजरायलमा बसेर पनि होला, उनले आफ्ना गीतमा स्वदेश, गाउँ फर्किआउने वाचाहरु गर्छिन् । गाउँमा धान नाचेको मेलाहाट, भीरपाखा, भञ्ज्याङलाई सम्झीन्छिन् । तमोर, शिवा, फुङ्नाम गाउँ, दोभान, मंशीरे पूर्णे, फोलेलुङ डाँडा, छातेढुङ्गा, अमरपुर, हेँवा दोभान, सङ्क्रान्तिबजार, चुवानडाँडा, इवा गाउँ, सल्लेरी पाखाका भाकाहरु उधिनेकी छिन् । यसले सम्बन्धित गीतहरुलाई जीवन्तता दिएको पाइन्छ ।
नेपाल विविधतायुक्त संस्कृतिले सजिएको मुलुक हो । वनेम लिम्बु जातिबाट नेपाली गीतसंगीतमा प्रवेश गरेकी प्रतिभा हुन् । अहिले आफ्नो स्वत्वको मुद्दा साहित्य, संगीत, राजनीति सबै क्षेत्रमा व्याप्त छ । तर वनेमले कतिपय गीतमा हिन्दू संस्कृतिका मूल्य मान्यतालाई दोहोर्याएकी छिन् । ती मूल्य मान्यता कृष्णकला वनेमका लागि धेरै 'भारी' छन् किभने आदिकवि भानुभक्त, राष्ट्रकवि माधव घिमिरेहरुले बोकाएको उक्त भारीलाई कृष्णकला वनेम लिम्बुहरुले बोकिरहनु आवश्यक छैन ।
संसारमा मायाका धेरै 'लाख' गीतहरु लेखिए होलान् कृष्णकलाकै सङ्ग्रहमा गन्ने हो भने दुइ तिहाइ गीत त मायाकै छन् । भनिन्छ, संसारमा माया छ र लेखिन्छ गीत । प्रेमका, विछोडका, मिलनका अनेक गीतहरु । तर साँचोमा त माया-प्रेमले पीडित र मायाप्रेममा अनुबन्धित मनुवाहरुले गाउने, सम्झीने गीत उतार्न सक्नु चाहिँ गीतकारको असली सामार्थ्य हो कि, खै र जेहोस् आफूलाई लागेको जानेको लेख्ने छुट सबैलाई छ ।
अन्तमा, नेपाली साहित्य प्रतिष्ठान हङकङले प्रकाशन गरेको बिर्सिएका गीत कृतिले जे भए पनि कृष्णकला वनेमलाई नेपाली साहित्यमा एउटा जिम्मेवारी थपिदिएको छ, त्यो हो, आइन्दा कृष्णकला वनेमलाई गीतिलेखनबाट भाग्ने छुट छैन । सरल र मध्यम खालका गीत सिर्जना गरेर पाठकमाझ उपस्थित कृष्णकलालाई आफ्नो कृष्णकला नामको 'कला'लाई गीत पक्षमा खरो रुपले प्रयोग गरेर अर्को सुन्दर कृतिका साथ आउनेमा पाठकहरु आशावादी छन् । यही आशा जगाउनु नै 'बिर्सिएका गीतहरु'को सफलता हो ।

Jul 2, 2011

कवि खेमनाथ दाहाल द्वारा लिखित "श्वेतपत्र" मा एक दृष्टिकोण

अर्जुन प्रधान
कवि खेमनाथ दाहाल द्वारा लिखित,उषा दाहाल द्वारा प्रकाशित "श्वेतपत्र" महाकाव्य हालसालै राष्ट्र कवि माधव घिमिरेद्वारा काठमाण्डौमा विमोचित भएको छ । वास्तवमा साधारण अर्थमा भन्ने हो भने एक सेतो कागतमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्तिलाई श्वेतपत्र भन्ने गरिन्छ तर कवि खेमनाथ दाहालले श्वेतपत्रलाई ऐतिहासिक र वर्तमान यथार्थताका तानाबानाले सजाएर देशको सिमाना, राष्ट्रको अस्मिता ,छिमेकीको सम्बन्धको स्थिति,अझ प्रष्ट शब्दमा भन्ने हो भने नेपालको अग्रगमन, सिक्किम स्वतन्त्रताको लागी पथप्रदर्शन र भुटानमा गणतन्त्र स्थापनाको प्रस्थान विन्दु र छिमेकी ठूला मुलुकले साना मुलुकप्रति गरेको हैकमवादको उजागर गर्दै दक्षिण एशियाको सामुहिक उत्पिडन प्रति सचेत गराउने उद्देश्यले रचना गरिएको आभास पाइने कृति हो श्वेतपत्र महाकाव्य भन्नमा अत्युक्ति होला ।
श्रद्धाञ्जलि(कविता सग्रह)रश्मि (खण्डकाव्य )योद्धा(काव्य)र हावर्डको चौतारीमा (कविता सग्रह)कृतिहरु रचना गरिसकेका कवि दाहालको लेखाइमा आफ्नै वैशिष्टता छ । उनका हरेक कृतिमा अन्य,अत्याचार,शोषण,उत्पीडन सितको भीडन्त छ । श्रद्धाञ्जलीमा गोर्खाल्याण्डको अस्तित्वको लर्डाई लड्नेहरुप्रति श्रद्धा सुमन र नेपाल भित्रका विकृति विसंगति माथि तिखो प्रहार,रश्मिमा सामन्तवाद विरुद्धको आवाज ,योद्धामा ब्रिटिश साम्राज्यले नेपाली गोर्खाली माथि गरेको अत्याचार विरुद्धको शंखनाद छ भने हावर्डको चौतारीमा अमेरिकाले तेश्रो मुलुक प्रति गर्ने व्यबहारको यथार्थता छ ।
पन्घ्र सर्गमा विस्तारित श्वेतपत्र महाकाव्य पूरै अनुष्टुप् छन्दमा रचना गरिएको छ । नाटकीय शैलीमा हिमालपुत्रीहरु नेपाल,सिक्किम र भुटानलाई तीन दिदी बहिनीको रुपमा चित्रण गरी तीन मध्ये माइली सिक्किमलाई कसरी नव साम्राज्यवादीले हडप गर्यो । अरु बांकी दुर्इलाई कसरी अस्तित्वहीन बनाउन प्रयत्न गरिदैछ भन्ने मार्मिक यथार्थताको एकपक्षबाट यस कृतिमा बर्णन गरिएको छ भने अर्को तरवबाट सशक्त रुपमा प्रतिकार गर्दै चेतावनी दिइएको छ ।
मशाल जब सल्कन्छ झण्डा बोकेर स्वत्वको
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको
जनता शक्ति हो मान प्रलय छालको सरि
जस्तै शक्तिहरु ढल्छन् वशमा त्यसको परी ।।
पृष्ठ ८
आफ्नो लेखनीलाई राष्टबादको ढलानमा ढालेर कुदेको श्वेतपत्रमा कवि दाहाल प्रगाढ राष्ट्रवादको पृष्ठ पोषण गर्दै राष्ट्र रक्षाका लागि सबैलाई एक हुनु पर्छ भन्ने सन्देश सम्प्रेषण गर्न किञ्चित पछि पर्दैनन् र आफ्नु स्वाधिनता बाँधिएको नेललाई खोल्न सडघर्ष गर्न आग्रह गर्दै भन्छन्
नखाऔं अब भिक्षाका द्रब्य अन्नहरु पनि
नलाऔं दानका वस्त्र जस्तै नांगै भए पनि
भोकभोकै बरु बाँच गरी संघर्ष स्वत्वको
फुकाल नेल यो मेरो अर्काका परतन्त्रको ।।
पृष्ठ १००
भुटानमा विभिन्न समयमा उठेका प्रजातान्त्रिक आन्दोलनहरुका वारेमा व्यापक चर्चा गरिएको श्वेतपत्र महाकाव्यमा महाकवि आफू नै संलग्न भएको आभाष हुने गरी सत्य तथ्य घटनाका स-साना बिवरणलाई पस्कन सफल छन् । महासुर क्षेत्रीलाई काँचो छालाकोधोक्रामा बाँधेर सुनकोश नदीमा फालेको जघन्य अपराधको घटनालाई यसरी गरेको वर्णनले कसको हृदय पग्लन्न ।
काढेर वृषको चर्म जननायकले भरी
सियोले चर्म धोक्राको मुख सिएर बेस्सरी
सुनकोश नदीभित्र डुबाएको कुकृत्यता
सम्झँदा अहिलेसम्म ज्वाला बल्छ कता कता पृष्ठ १३४
भुटानी राजतन्त्रले गरेको कठोर दमन ,जनतालाई मातृभूमि छाड्न पारिएको बिवशता माथि प्रहार गर्दै कवि नेपाल र विश्वका कुना कुना सम्म पुर्याइएका शरणार्थीलाई आफ्नो अधिकार शान्ति अथवा क्रान्तिको जुन सुकै मार्गबाट भए पनि पुन प्राप्त गरी निर्वाध रुपले स्वदेश प्रवेशका लागी भुटान आमाबाट गरिएको आहृवानलाई यसरी व्यक्त गछन् ।
कदा नबिर्स हे मेरा कर्णधार तिमीहरु
भत्केका घर तिम्रा र निमुखा स्वजनैहरु
हेर्दै छन् पथ तिम्रै त्यो फर्कनेछौ भनीकन
क्रान्तिको पुञ्ज बोकेर आउँदै छौ भनीकन ।।
पृष्ठ १६७
आज दक्षिण एशियाका साना राष्ट्रका निम्ति भारतको भूमिका सन्तोष जनक नरहेको कुरा जग जाहेर छ ।पाकिस्तान विभाजन देखि लिएर श्रीलंका को गृहयुद्ध होस् अथवा भुटानमा जातीय सफाया अभियान ,नेपाल का आन्तरीक मामलामा अनावश्यक हस्तक्षेप ,सिक्किमको अन्याय पूर्ण विलय सबैमा भारतको तानाशाही प्रवृत्तिको नांगो नाचप्रति लक्षित गर्दै कवि लेख्छन्
लियो दक्षिणले आमा नीति दुष्ट प्रवृत्तिको
बाली छिमेकमा आगो ताप्छ ज्वाला अशान्तिको
तर्सथ कहिल्यै आमा शान्ति छैन छिमेकमा
बड्गलादेश,बर्मा र पाकिस्तान सिलोनमा ।।
पृष्ठ १४१
सिक्किमलाई भारतमा गाभिएको कुरालाई कतिपय भारतीय विव्दानहरुलेनै निन्दनीय कर्म भनेका छन् । सुनन्दादत्त रायले स्म्यास् एण्ड ग्रैव जस्तो कृति जसमा सिक्किमकेा भारतमा विलयनको वस्तुनिष्ठ तथा सन्तुलित अन्तरकथा लेखेर विश्व समक्ष राखी सकेका छन् भने श्वेतपत्र महाकाव्य मार्फत कवि खेमनाथ दाहाल गाभ्न के देश अर्काको सक्छ अर्कै विदेशले ,विधेयकहरु ल्याई गाभ्न मिल्छ विधानले,त्यसै हो, हुन्छ यो मान्य भने के अन्य देशले, गाभ्यौ भारत भन्दैमा मान्छ भारतवर्षे भन्दै विश्व सामु यस्तो यक्ष प्रश्न राख्दछन् ।त्यतिमात्र होइन सिक्किम आमाका सन्ततिलाई आफ्नो गुमेको अस्मिता फर्काउन उठ जाग भन्दै भन्दछन् ।
झुप्पा सुनाखरीका र हिमाली टाकुराहरु
भगवान् बुद्धका आँखा घण्ट मन्दिरकाहरु
तिमीलाई सधै भन्छन् जाग रे अब सिक्किमे
नहोऊ अब मुर्दाझैँ आफ्नो अस्तित्व बिर्सने ।।
पृष्ठ १०४
सुगौली सन्धि वास्तबमा बलका भरमा लादिएको सन्धि हो । यसको नेपालको तर्फबाट अनुमोदन भएकै छैन भन्दै कवि दाहालले यस असमान सन्धिलाई चाडो भन्दा चाडो खारेज गर्नु पर्ने कुरामा जोड दिदै सन्धिको दुर्गन्ध नामक शीर्षकमा यावत् वृत्तान्तको अति मार्मिक तरवबाट उत्खनन गरेका छन् । साथै नेपाली मूल भूमिबाट छुट्याइएका भू भाग र सन्ततिलाई नेपाल आमा र उनका सन्ततिले कदापि भुल्न,त्याग्न सक्तैनन् भन्ने कुरालाई यसरी नेपाल आमाको कथनबाट प्रष्ट पारेकाछन् ।
सिरमौर म सम्झन्छु गोर्खाल्याण्ड झनै अझ
मबाट दूर पार्नाले टुहुराझैँ भए सब
हरिव्दार र अल्मोडा,कुमाउ,देहरादुन
गड्गा र जमुना सम्झी काट्तै छु तड्पँदै दिन ।।
पृष्ट १११
राष्ट्रिय स्वाभिमानको कुरा,राष्ट्रको अखण्डता ,देशप्रेम तथा राष्ट्रवादकै सेरोफेरोबाट ओतप्रोत भई लेखिएका यस कृतिका हरेक श्लोकहरु आफैमा ओजपूर्ण र उपमेय छन्,। सायद यिनै कुरालाई दृष्टिगत गरी श्वेतपत्रको भूमिकामा प्रा. गोपिकृष्ण शर्मा लेख्नुहुन्छ समाजबाट बिषय लिएर कलात्मक ढंगले काव्यिक रुप दिइएको श्वेतपत्र महाकाव्यमा युगबोधका साथै प्रगति र रुपान्तरणका सन्देशहरु पाइन्छन् ।श्वेतपत्रको घोषणाले अब हिँड्ने यात्रा पथको निर्देश गरेको छ । इतिहास र वर्तमानमा वर्णनप्रधान विषय यहाँ आएर काव्यिक बनेका छन् र साहित्यिक मूल्यवत्ता कायम गरेका छन् । र्इर्ष्यालाग्दो कृति श्वेतपत्र भन्दै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल यस कृतिको भूमिकामा लेख्नुहुन्छ नेपाली मूलको भएर हामीले संसारका जुनसुकै कुनामा रहे पनि आफ्नो जात,धर्म र संस्कृतिको बचावटका लागि गरेका संघर्षको कथा हो यो महाकाव्य । कवि दाहालबाट अझ महत्वपूर्ण कृतिहरुको अपेक्षा गर्दै शुभकामना
अन्त्यमा
नेपालको सबै भुमि सुगौली सन्धि पूर्वको
भुटानको सबै भाग कुचविहारसम्मको
मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमे प्रति
बनौं उत्तरदायी र लियौं यौटा नयाँ गति ।।
पृष्ट २३०

Dec 10, 2010

मोडल तथा गीतकार गीता पालुङवाको हाङनेर्इल्ले

दिल पालुङवा लिम्वु "नेपाल कुश्शा"
हङकङमा गीता पालुङवा "ईक्शा"लाई परिचय गरार्इहाल्नुपर्ने आवश्यकता छैन । नेपाल लिम्वुवानमा पनि गीता पालुङवाको चर्चा उतिकैछ । यद्धपी गीताको छोटो परिचय प्रस्तुत गर्न चाहान्छु । ताप्लेजुङ वजारसंगै जोडिएको दोखु गाउकी गीता प्राविको शिक्षक चर्चित स्व. तुलसी पालुङवाकि एक्ली छोरी हुन् । उनी पनि स्थानीय स्तरका कलाकार थिए । गीताको एकजना भाई छन् । गीता ताप्लेजुङ वजारको भानु स्कुलवाट एसएलसी दिएर १६ वर्षो कलिलै उमेरमा हङकङ प्रवेश गरेकि थिईन । उनलाई हङकङ आएतापनि यहाको आधुनिकताले छोएन । छोटो फ्रक तथा छोटो हापेनले लोभ्याएन । डिस्कोले मन तानेन । वरु आफ्नै जातिय भाषा, पहिरन प्यारो लाग्यो । संस्कार संस्कृतिको मोह रहयो । त्यसैले उनले गुन्यू चोली सारी लगाईन । गहनामा सिरवन्दी, कण्ठ, सुनको फूल लगाईन । उनले गीत कवितावाट जनजातिय आवाजहरु उठार्इन । उनी जनजातिय संगठनहरुमा रहेर जानजातिय कुराहरुलाई उजागर गर्ने व्यक्तित्व पनि हुन् । उनी सम्पादक तथा पत्रकार पनि हुन् । गीता पहिले कवयत्रि हुन । त्यसपछि गीतकार । उनी उद्घोषिका पनि हुन् । उनले अन्य २ वटा नेपाली गीती भिसिडिहरु पनि यस अगाडिनै निकालीसकेकी थिईन् । हङकङमा यीनै विषयहरुमा स्थापित गीता अहिले आएर मोडल पनि भएकि छिन् । उनी राम्रो डान्सर पनि हुन् । त्यस्तै गीत प्रस्तुत कर्ता भएकिछिन् । यसरी गीत संगीतमा रमाउने गीता पालुङवाले भर्खरै लिम्वु भिसिडी तथा त्यसको म्यूजिक भिडियो "हाङनेर्इल्ले" वजारमा ल्यएकी छिन् । जुन हेरेर लिम्वु म्यूजिक भिडियो, कलाकारहरुको स्तर पनि गहकिलो भएको महसुस भएको छ । कलाकारहरुको अभिनय खारिएको छ । विशेष गरेर गीता पालुङवा मोडल र हेमराज अङछङवो मोडल को भूमिका प्रसंसनीय छ । हङकङका याक्थुङ सामाजिक कार्यकर्ताहरु यी दुवैले लिम्वुहरुको वारेमा गरेको कार्य सह्रानीय मान्नुपर्दछ । यसमा अभिनित अन्य कलाकारहरुको अभिनयमा पनि शंका गर्ने ठाउ छैन । लिम्वुवानको पवित्र तथा रमणीयस्थल मेन्छ्यायेम गुफा पोखरी क्षेत्र -तेरथुम संखुवासभा), ताप्लेजुङ चांगेको गोर्जा तथा चागे गाउ तथा फक्ताङलुङ-कुम्भकर्ण) क्षेत्रको सम्पूर्ण दृश्यहरु समेटेर खिचिएको छ । ताप्लेजुङको रमणीय स्थल सुकेटार र त्यहांवाट समेटिएर खिचिएका पाथीभरा, फकताङलुङ तथा वरिपरिको हिमाली पहाडि दृश्ष्य लगायत ताप्लेजुङ वजार, भानु स्कूल, दोखु गाउ लगायत ताप्लेजुङको अन्य क्षेत्रहरु तमर र अन्य नदीहरुको कलकल वगाईहरु तथा पाचथर क्षेत्रका विविध स्थानहरु समेटिएको उक्त म्यूजिक भिडियोले लिम्वु र लिम्वुवानको सुवास भरमन्दुर वोकेको पाईन्छ । यी रमणीय दृश्यहरुको रसास्वादन गर्न पाउने जो कोही पनि मन्त्रमुग्ध नभईरहन सक्दैनन । फिल्मी निर्माण क्षेत्रमा लाग्नेहरुले अवश्य आगामी दिनहरुमा यी क्षेत्रहरुलाई समेट्ने देखिन्छ । यासेली योङयाङको हाक्पारे ख्याली तथा खारिएको अभिनय, हेमराज लिम्वु र सावित्रा र्इङनामको धान नचाईले साच्चै याक्थुङ समाजको जीवन्त अनुभूति गराउदछ । गीता पालुङवाको पढार्इ, शिक्षिका र स्वास्थ्य कर्मीले पेशागत कुराहरुलाई उजागर गरेको पाईन्छ । यसले लिम्वु सांगितिक विकासलाई आधुनिकतातिर मोडेको पाईन्छ । यो एल्वमको अभिनय हेरेर गीता पालुङवाको मोडलिङ क्षेत्र तथा अभिनय क्षमता स्थापित भएको छ । उनी लिम्वु भिडियो म्यूजिक क्षेत्रको अभिनय क्षेत्रकि चर्चित मोडल भएकी छिन । यसमा समेटिएका अन्य गीतहरुले पनि माया पिरती तथा रोमाञ्चकतालाई उजागर गरेको पाईन्छ । गीतकार, मोडल तथा एल्वम प्रस्तुतकर्ता गीता पालुङवाको आंटिलो प्रयासलाई प्रसंशा गर्नैपर्दछ । उनी लिम्वु महिलाहरुमा पहिलो भिडियो निर्माण गर्ने हुन । उनी जुझारु युवती हुन् । उनको यस्तै कार्यक्षमता देखेर पहिलेनै किरात याक्थङ चुम्लुङ हङकङले प्रसंशा पत्र प्रदान गरेको थियो । उनवाट लिम्वु समाजले धेरै आश गर्ने ठाउहरु छन् भने उनको कार्यहरुलाई पछ्याउनुपर्ने पनि हुन्छ । आगामी दिनहरुमा पनि उनवाट यस्तै अति राम्रा गीतहरु तथा भिडियो म्युजिकहरु आउन सकुन् । यस हाङनेर्इल्लेमा अभिनय गर्ने अन्य कलाकारहरुमा सिर्जना पन्धाक, उपासना नेम्वाङ, साहारा सेर्मा, अर्जुन मादेन, सविन तुम्वाहाम्फे, सुरेश नेयोङ छन् भने गायक गायिकामा मनु नेम्वाङ, विष्णु चेम्जोङ, सीता सिंगक, सरिता अङछङवो, दिपक लिम्वु, यासेली योङयाङ, सुसन साम्सोहाङ रहेका छने । निर्देशक रवि सेर्मा, सागर सुव्वा, छायाङकन वावु श्रेष्ठ, उत्पादक तथा वितरक र्इना क्यासेट सेन्टर रहेको यो सातवटा गीत समेटिएको भिडियो म्यूजिकको निर्मात्री आलमाया आङवुहाङ(पालुङवा)को रहेको छ । सेवारो ।

Oct 16, 2010

लिम्बुवान राज्यको सँक्षिप्त र्इतिहास र पुनः स्थापना पुस्तकभित्र

सुरेश सुव्वा
भनिन्छ फलाम तातिएको बेला त्यसलाई ठिक आकार दिन ठिक समयमा घन चलाउनु पर्दछ । हो त्यस्तै दिल बहादुर पालुङवा नेपाल कुश्शाद्धारा लिखित "लिम्बुवान राज्यको सँक्षिप्त इतिहास र पुनः स्थापना" पुस्तक सही समयमा लेखिएको एउटा दस्तावेज हो । लिम्बुवान पुनः स्थापनाका लागी भनौ वा लिम्बुवान राजनीतीमा होमीएका राजनितीकर्मी (राजनितीशास्त्रमा स्नातकोत्तर, अर्थशास्त्र र अंग्रेजी साहित्यमा स्नातक गरेका) साहित्यकार, इतिहासकार तथा लेखक दिल बहादुर पालुङवाले उपन्यासहरु त्यान्द्रो, छोटो पmक र किरात लाजे लिम्बुवान सामान्य ज्ञान लगायतका कृतिहरु प्रकाशीत गरी सक्नु भएको छ । ति अघिल्ला पुस्तकहरुमा भन्दा यसमा उहाले धेरै खोज सोध तथा अनुसन्धान र मेहेनत गर्नु भएको छ । यस पुस्तकलाई लेखकले तिन खण्डमा बिभाजन गर्नुभएको छ । खण्ड क मा- लिम्बुवानको इतिहास, सिमाक्षेत्र, लिम्बुवानका राजाहरु, व्यक्ती वयक्तीत्वहरु, र ऐतिहासीक स्थलहरु समाबेस गरीएको छ । खण्ड ख मा- लिम्बुवान राज्यको पुनः स्थापना सम्बन्धी आफ्नो अमुल्य बिचारहरु, लिम्बुवान स्वायत्त अधिकार पुनः स्थापित हुनु पर्छ भन्ने तर्कहरु र लिम्बुवानमा स्थापित गर्न सकिने पक्षहरु अघि सारिएको छ । त्यस्तै खण्ड ग मा- लिम्बु जातीहरुको आकृति, स्वभाव र बिशेषताहरु, भेषभुषाहरु, चार्डपर्वहरु र लालमोहरहरु लगायत बिभिन्न सामाग्रीहरु राखीएको छ । समग्रमा उहाँले छैटौ शताब्दी देखि एक्काईशौ शताब्दी सम्मको लिम्बुवानको अवस्थिती समेट्नु भएको छ । पुस्तकमा यिनै लिम्बुवानको ऐतिहासीक बिशेषताहरु, ऐतिहासीक स्थलहरु, धर्म सँस्कार र सँस्कृतीहरु, ऐतिहासीक अन्दोलन र घटनाहरु, लिम्बुवानको राजाहरु, योद्धाहरु सहिदहरु र बिर पूर्खाहरुलाई प्रमाणको रुपमा पेस गर्दै लिम्बुवानको औचित्य अनि महत्वमाथि प्रकाश पार्नुभएको छ । जसले लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाको कुरा उठाउदा लिम्बुवानमा लिम्बुजातीहरुको जनसँख्या खोज्नेहरुलाई जवाफ दिएको छ । जसले कथित नेपाल एकिकरणको समय देखि दशबर्षो जनआन्दोलन सम्म आईपुग्दा लिम्बुवानका लागी लिम्बुवानी जनताहरुले बिभिन्न समयहरुमा गरेको आन्दोलनहरु, सघर्षहरु, उनिहरुले निभाएका भुमिकाहरु र आवाजहरु नसुन्ने, नबुझ्ने वा सुनेर, बुझेर पनि बुझ पचाउनेहरुलाई जवाफ दिएको छ । अनि हाल लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाका लागी सघर्षरत सम्पुर्ण लिम्बुवानबादी नेता, कार्यकर्ता र लिम्बुवानबासी जनताहरुका लागी यो पुस्तक एउटा दरिलो प्रमाण बनेको छ । लिम्बु र लिम्बुवानको बारेमा पुस्तक भन्छ, लिम्बु पूर्खाहरुले प्राचीनकाल छैटौ शताब्दीदेखि र्इसापूर्व पाँचहजार बर्षम्म बिभिन्न काल खण्डमा किरात राज्यको रुपमा बिशाल क्षेत्रमा राज्य गरेका थिए । यहि जातीको एक शाखा कालान्तरमा लिम्बु भएर निस्कियो । उनिहरुले राज्य गरेको तथा बसोबास कायम गरेको भुःभाग लिम्बुवान भयो । त्यस्तै-छैटौ शताब्दीतीर लिम्बुवान क्षेत्रमा आठ राजाहरुले राज्य गर्दथे । तर उनिहरुले जनताहरुलाई बढी अन्याय गर्न थाले । जनताले अन्याय महसुस गरी क्रान्ती छेड्ने भए । धनुकाण द्धारा युद्धको आहृवान गरी आठ राजाहरु बिरुद्ध लड्दा लड्दै जनताको बिजय भयो । त्यसपछि उनिहरुको चुम्लुङ्ग बसी धनुकाणले जितेको त्यो भुमिलाई लिम्बुवान नामाकरण गरे । र धनुधारी उनिहरुलाई लिम्बु घोषित गरे । उनिहरुले जितेको भुःभागलाई दश थुम -संघ) मा बिभाजीत गरी सँघीय अवधारणामा राज्य सँचालन गरे । पछि सात उपथुमहरु छुट्याईयो भनि उल्लेख गरीएको छ । यसलाई लिम्बुवानमा हालसम्म जुनसुकै ठाँउहरुमा प्रयोग हुदै आएको सत्र थुम दश लिम्बुवान भन्ने वाक्याँसले समेत पुष्टी गर्दछ । यसैगरी गोर्खाका राजा पृथ्बी नारायण शाहाले लिम्बुवानसँगको लर्डाईमा सत्र पटक भन्दा बढी हारखानु परेपछि लिम्बुवानको केन्द्रिय राजधानी बिजयपुरमा १८३१ साउन २२ गते गरीएको द्धिपक्षीय सम्झौता पत्र -तसल्ली लालमोहर) लगायतका कागजी प्रमाणहरुले यस पुस्तकलाई अझ गहकिलो बनाएको छ । पुस्तकमा भनिएको छ । यसरी १८३१ भन्दा अघि स्वतन्त्र तथा १८३१ पछि स्वायत्त राज्यको रुपमा रहेको लिम्बुवान राज्यलाई केन्द्रीय सरकारले गिद्धे नजर लगाउन छाडेन । अनेकौँ बाहानामा एकपछि अर्को गर्दै लिम्बुवानको अधिकारहरु खोसिदै लगीयो । र्सबप्रथम त लिम्बुवानमा लिम्बुहरुलाई भुमीको अधिकारबाट अलग गराउन १९६३ तिर लिम्बुवानमा नापी गर्ने कार्य भयो । त्यस्तै लिम्बुवानलाई दबाउन लिम्बुवानको धनकुटा, र्इलाम, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका ठाँउहरुमा केन्द्र सरकारले अड्डा अदालतहरु राख्न तयारी सुरु गर्यो । यसै शिलशिलामा १९५२ मा ताप्लेजुङ्गमा अमिनी अड्डा राख्ने सवालमा लिम्बुवानी जनताहरुबाट ब्यापक बिरोध गरीएको थियो । यही बिरोध कार्यमा सहभागी आठर्राई हाङ्गपाङ्गका लिम्बुवानबादी होनहार ब्याक्ती बाजहाङ्ग आङ्गबुहाङ्ग लिम्बुको हत्या गरीएको थियो । यसरी लिम्बुवानमा केन्द्रीय सरकारले हत्याहिँसा सँगसँगै आफ्नो र गैर लिम्बुहरुको बाक्लो उपस्थिती सहीत बस्ती बसाल्न थालियो । सरकारको यस्तो कार्यप्रति लिम्बुवानी जनताहरुले १८३१ को सम्झौता उलङ्गघन नगरीयोस भनी बिभिन्न समयहरुमा बिभिन्न खालको बिरोध पत्रहरु, मागपत्रहरु र आन्दोलनहरु गरीएको थियो । समयको गतीसगै केन्द्र सरकार र लिम्बुवान बिच यो क्रम जारी रहदा २००७ सालमा काङ्गग्रेसले राणा शासन बिरुद्ध शसत्र क्रान्ती सुरु गर्यो । सरकारसँग रुष्ट लिम्बुवानका लिम्बुहरुले तत्कालीन काङ्गग्रेस पार्टीमा आबद्ध भई क्रान्तीबाट नै १८३१ को सम्झौता अनुसार लिम्बुवान पुन स्थापना कठोर निर्णय गर्दै, जी बी याक्थुङ्गबा बी बी चेम्जोङ्ग लगायतको अगुवाईमा लिम्बुवान सशत्र आन्दोलनमा होमीयो फलस्वरुप क्रान्ती सफलताकै क्रममा लिम्बुवान क्षेत्रका जनमुक्ति सेनाका कमाण्डर जी बी याक्थुङ्गबाको नेत्तृत्वमा राणाहरुलाई खेदाई, धनकुटामा ललीत बाहादुर तुम्बाहाङ्गफे प्रमुख रहेको लिम्बुवान प्रान्तीय सरकार गठन गरीएको थियो । उक्त सरकारमा - प्रेम बाहादुर माबोहाङ्ग- गृहमन्त्री, कप्तान कमान सिँ लिम्बु- रक्षामन्त्री, चन्द्रमान कन्दङ्गवा- वन मन्त्री, सेर बाहादुर लिम्बु- स्थानीय बिकाश मन्त्री, स्व काजीमान कन्दङ्गवा- शिक्षा मन्त्री, र स्व गुञ्जमान आङ्गबुहाङ्ग- स्वास्थ्य मन्त्री रहेका थिए । तर क्रान्ती सफलता सँगै काङ्गग्रेसले उक्त प्रान्तीय सरकार बिगठन गरी लिम्बुवान र लिम्बुवानी जनताहरुलाई धोका दिएका थिए । लेखकले यसरी २००७ सालमा लिम्बुवान र लिम्बुहरुमाथी गरेको षडयन्त्र अर्थात आफ्नो स्वार्थको लागी लिम्बुहरुलाई प्रयोग गरेको कुराहरुलाई स्मरण गर्दै गराउर्दै, आज देश सँघिय लोकतान्त्रीक गणतन्त्रको सस्थागत बिकासका लागी अघि बढीसकेको अवस्थामा समेत सँघियतामा जादा देश टुक्रीन्छ भन्ने काङ्गग्रेस पार्टीको बिगत र वर्तमानको उसको राजनीतीक पृष्ठभुमीलाई केलाउदै काङ्गग्रेस लिम्बुवानका लागी मात्र नभई सम्पूर्ण सँघियबादी पार्टी र जनताहरुका लागी धोकेबाज भनिएको छ । त्यस्तै १० बर्ष लामो जनयुद्ध लडेको माओबादीले जनयुद्धको बेला सँघात्मक शासन ब्यावस्थाको वकालत गर्दै, आत्मानिर्णयको अधिकार सहीत जातीय राज्यहरु, क्षेत्रिय राज्यहरु, अनि जातीय मुक्तीका कुराहरु, लिङ्गीय मुक्तीका कुराहरु, बर्गीय मुक्तीका कुराहरु लगायत सबैखाले मुक्तीका कुराहरुलाई महत्वका साथ अघि सार्यो । त्यसर्थ सम्पूर्ण मुक्ती चाहाने नेपालीहरुले माओबादीलाई साथ दिएको जीउदो र्इतिहास छँदाछदै, आज ऐतिहासीक पृष्ठभुमीको आधारमा लिम्बुवान स्वायत्त राज्यको पुन स्थापना हुनुपर्छ भन्दा भन्दै लिम्बुवानी जनताको चाहाना बिपरीत झापा मोरङ्ग र सुनसरीलाई टुक्राएर कुनै र्इतिहासमा नभएको कोचिला राज्यको अवधारणा ल्याउनु र लिम्बुवानलाई ५ जील्लामा खुम्चाउनु खोज्नु लिम्बुवानी जनताका लागी अन्याय र सरासर गलत भएको कुरा यो पुस्तकमा स्पस्ट लेखिएको छ । पुस्तकमा धेरै ठाँउहरुमा सत्यको नजीक रहेर लिम्बुवानको सिमानाको कुरा उर्ठाईएको छ । जहाँ अलग अलग समयमा अलग अलग सिमाहरुको चर्चा गरीएपनि हालको सिमाना- पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/सँखुवा खोला, अरुण हुदै सप्तकोशी, उत्तरमा हिमालय तिब्बत चीन, दक्षिणमा भारत पर्दछ भनिएको छ । त्यस्तै जनसँख्याको सवालमा पनि बिभिन्न काल खण्डको इतिहासहरु, रितिथितिहरु, धर्म सँस्कार र सँस्कृतीहरु अनि बिभिन्न थरीका लिम्बुहरुको वँशावली लगायत धेरै धेरै प्रमाणहरु पेस गर्दै ऐतिहासीक पुष्ठभुमीको आधारमा लिम्बुवान राज्यको पुन स्थापना हुनु पर्छ भनिएको छ । यसैगरी चाहे त्यो उनिहरुको (लिम्बुहरुको) मुलुकमा एक जना मात्र लिम्बु हुन् या नहुन् इतिहास इतिहास हो यसलाई कसैले मोड्ने चेष्टा गर्नुहुदैन र मोडीदैन पनि । त्यसर्थ यही र्इतिहासको खुड्किलो टेक्दै ऐतिहासीक पृष्ठभुमीको आधारमा लिम्बुवान पुन स्थापना हुनुपर्छ भन्ने जस्ता तर्कसँगत बिचारहरु अघि सारीएको छ । अन्त्यमा, पुस्तक सानो भएपनि यसमा समेटीएका लिम्बुवान सम्बन्धी अनेकौ सामाग्रीहरुले यसलाई निकै महत्वपूर्ण बनाएको छ । पुस्तकले लिम्बुवान पुन स्थापनाको कुरा लिम्बुहरुमा अञ्जान जन्मिएको भावना या रहर होईन भनि प्रमाणीत गर्दछ । अनि लिम्बुवान स्वायत्त राज्य पुन स्थापनाका लागी सँघर्षरत लिम्बुवानबादी पार्टी र सँगठनहरुलाई महत्वपूर्ण सहयोग पुर्याउने कुरामा दुइमत छैन् ।

Aug 5, 2010

अविचन्द्र र्इङनामको स्मृति

दिल पालुङवा लिम्वु "नेपाल कुशशा"
भर्खरै नेपाली सांगितिक आकाशमा एउटा र्इट्टा थपिने काम भएकोछ स्मृति एल्वमवाट । यो अविचन्द्र र्इङनाम लिम्वुको रचनामा नेपालका चर्चित तथा नवोदित गायक गायिकाहरुले स्वर दिएका छन् । गीतहरु सवै कर्णप्रीय छन् । यी गीतहरुमा जानु अघि अविचन्द्र र्इङनामको व्यक्तित्ववारे जाऔं । वास्तवमा उनी सामाजिक कार्यकर्ता वा नेता हुन् । नेपालमा पनि सामाजिक काम गर्दै आएका आठरार्इ र्इवाका प्रतिष्ठित र्इङनाम परिवारका हुन् । हङकङमा सन् २००० देखि चुम्लुङ हङकङका अध्यक्ष भएर चुम्लुङलाई एक उचाईमा पुर्याउन सफल उहा त्यही समयमा हङकङ नेपाली महासंघको उपाध्यक्ष पनि भएर हङकङेली नेपालीहरुमा सामाजिक कार्यकर्ताको वा नेताको रुपमा स्थापित भए । वर्तमान अवस्थामा लिम्वुवान राष्ट्रिय मोर्चाको गरिमामय महासचिव पदमा रही लिम्वुवान स्वायत्त आन्दोलनमा सरिक उनी लिम्वुवानको अग्रणी नेता तथा भविष्यमा नेपालको शासकीय उच्च तहमा पुग्ने व्यक्तित्व हुन ।
यसको साथै तत्कालै गिती सिडी निकालेर सांगितिक क्षेत्रमा पनि उतिकै सशक्त भएर आउनुभएको छ । उहाको पहिलो एल्वम, दिन महिना वर्षपनि केही वर्षपहिल्यै निस्केको थियो । तर अहिलेको अवस्थामा आईपुगेर धेरै खारिएको पाईन्छ । उहा खेलकुद र लेखनमा पनि उतिकै सक्रीय हुनुहुन्छ । त्यसैले वहुमुखी प्रतिभाका धनी भनेर उहालाई सम्वोधन गर्न नसकिने ठाउ छैन ।
अव उहाको गीतपट्टी जाऔं ।
सलल वगेको कावेली
झर्यो खोला त्यो तम्वर दोभान
हृदयमा सांचेको पिरती
अधुरोभो कलिलो जोवानमा
आफ्नै गाउवेसी आठरार्इवाट तल निगुरादेन र आङवुङको जोड्तीमा देखिने तम्वर र कावेली खोलाको दोभानलाई हेर्दै आफ्नो अर्धाङगीनीलाई सम्झीदै प्रस्फुटन भएको गीतको आभाष पाईन्छ यसमा । अर्थात स्वर्गीय जेठी श्रीमतीलाई सम्झना गरेको आभाष मिल्दछ । लामो समयसम्म हांसी र खुसी गर्दै वांच्ने प्रण गर्दागर्दै नियतीले उहालाई उहावाट चुडेर लगेकोले कलिलै उमेरमा केही पनि दिन नसकोको पिरतीहरु अधुरै भएर वेलावेला तड्पाउदै रहेको पाईनछ ।
तर....
उडाइलाने त्यो वायु विमान
गुर्डाई लाने छकछके रेलैले
लेखिदिने त्यो भावि कलम
मेटि दिने कर्मै को खेलैले
कर्मको खेल र भावीनै यस्तो भएपछि मुटुमाथि ढुंगा राखेर वांच्नु सिवाय के हुदोरहेछर । उहाको दोस्रो गीत स्वर्गीय श्रीमति कृष्णमाया र्इङनामकाको रचना तथा संकलन रहेको छ भने स्वर मनु नेम्वाङले दिएकी छिन् ।
ति फूलहरु तिमीले, समालेर राख्नु ।
मत माली हुन सकिन, सृजना नै मात्र ।
चाहेर मात्र नहुने रहेछ, बाध्यता नै यस्तो ।
भाविले यो के लेखि नै दियो ।
मलाइ माफ, गरि देउ....।
यसमा आफ्ना सन्तानहरुलाई समालेर राख्ने वाचा गराएकी छिन् । फकताङलुङ उल्लेखित गीतले लिम्वुवानको शिरको प्रतिनिधीत्व गरेको छ ।
भाले मयुर गीतले खुव नचाउनेछ । यो जोडी जोडी नचाउने गीत हो । कुशल थलङ र जसोदा सुव्वाले स्वर दिएका छन् । केही गीतमा आफ्नै छोरी निर्मलाको गीत र कविता र्इङनामको स्वर रहेको छ । उनले पनि निरन्तरता दिएमा स्वरले आफ्नै स्थान सुरक्षित गर्ने देखिन्छ । यस स्मृतिको निर्मात्री सोम कुमारी र्इङनाम रहेकी छिन् ।
समग्रमा भन्नुपर्दा गीतकार अविचन्द्र र्इङनामको गीत राम्रै छन् भने गायक गायिकाले पनि राम्रै स्वर दिएका छन् । यस एल्वममा संग्रहित ६ वटै सवै गीतहरु कर्णप्रीय छन् । उहाले समाज र देशलाई अझै थुप्रै यस्ता गीतहरु दिदै गरुन कामना गरौं । साथै लिम्वुवानको प्रतिनिधी उहावाट लिम्वु र लिम्वुवानको गीतहरु पनि आउन । सेवारो ।

May 24, 2010

परिहासका गजलहरु

बद्री पालिखे
पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन कलिला ठिटोको पाको गजल संग्रह हो । यस संग्रहमा परिहासका ६५ वटा गजलहरु छन् ।
संग्रहमा परेका गजलहरुमा सामयिक चिन्तन छ । जीवनको भोगाई छ । सामाजिकता छ । बर्तमान समयको प्रतिबिम्ब छ । माया छ । आग्रह छ । अपेक्षा छ । देश दुख्छ । समय पीडा छ । जीवन दृष्टि छ । मुलुकमा घट्दो साम्प्रदायिकता , भाषा, धर्म, जाति र भूगोलका लागी द्घन्द र आहत छ ।
मैले परिहासका गजलहरु पढें । सुन्दर भावनाहरु तुलनात्मक र लयात्मक प्रस्तुति स्वतस्फुर्त मनको लहर बाट कोका खोलो झै लाग्छ । म आफू परिहासको गजलगङ्गामा डुबुल्की मार्दै सूर्यस्नान गर्दा आनन्दानुभूति भएको अनुभव भयो । परिहासको गजलमा स्नान गर्दा भावनाको सरोवरमा राजहंशको जोडी तैरिरहेको पाएँ । कमलको फूलको परागमा भँमराको भुँ भूँ सुनें ।
परिहासका गजलहरुमा जीवनको लय छ । संगीत सरगम छ । त्यसैले पढ्दा आनन्द लाग्छ । संक्षेपमा परिहासका गजलहरुमा जीवनको गीत छ । संगीत छ । लय, अनुप्रास, शब्द, वाक्य,भाषामा सौर्न्दर्यबोध छ । कहिंकतै पनि गाँठो छैन । सजिलै पढ्न सकिन्छ । सहजै बुझ्न सकिन्छ ।
उनका गजलहरुमा माटोको सुबास छ । समाजको अभिब्यक्ति भनौं मनोभाव देखिन्छ । एैनाको अगाडी उभिदा आफ्नो अनुहार देखिए भैं जीवनको प्रतिबिम्ब देखिन्छ ।
पहाड सबै तराई बनोस् आलापालो सबैलाई
तराईको सम्म मैदान पहाडमा झैं डिल बनोस्
पृष्ठ- २
परिहासका गजलहरु सुन्तला छोडाएर खाए झैं रसिलो लाग्यो । मह झै मीठो, गनिलो लाग्यो । जति पढ्यो त्यति पढ्न मन लाग्ने । जति गायो उति मार्मिक लाग्ने छ ।
परिहासका गजल मा यहाँनिर पहाड र तराइ जोडिन्छ । राष्ट्रियता बोल्छ । म प्रस्तुत गजलहरुमा बिधि र बिधान खोज्दिनँ । गजलमा चाहिने नालीबेली हेर्दिन । गजलमा भेटिनु पर्ने रङ्गरोगन हेर्दिन । म गजल मा भावको सुन्दरता, मधुरता, माधुर्यता र अर्थहरु खोज्छु । गजल जीवनको लय हो । परिहासका गजलहरुमा नेपाली मन छ ।
उकालीमा थाक्छु होला ओह्रालोमा गल्छु होला
ढाकर संगै सयौं जंघार मेचीकाली तर्छु म त
पृष्ठ -४
परिहासको अर्थ हास्यबिनोद हो तर परिहासका गजल मा हास्यबिनोद छैन । भाव गम्भिरता छ । सूत्र-मंगल-धुन संग्रहको बिषेश छनौट मिलेको जस्तो लागेन । रातको प्रतिक कालो पृष्ठभुमिमा सुर्योदयको आशा भएको आएन लोभलाग्दो छ । दुर्गाप्रसाद लाओतीको साहित्यिक नाम परिहास राखिएको छ । नेपाली साहित्यमा यस्ता उपनामबाट परिचित थुप्रै स्रष्टाहरु छन् । गोबर्द्धन पूजा, हरिमञ्जुश्री, श्यामल, राजब आदि इत्यादी छन् ।
परिहासको मन र तनको मिलनबाट उत्पन्न प्रयोब्यक्ति मलाइ मिठो लाग्यो ।
छाँया खस्ने आँगनमा, माँया छरे कसो होला
मन मिले आधा रातमै मोदी तरे कसो होला
पृष्ठ- ५
परिहासका गजलहरु पढ्दा उनको हृदयको उर्वर माटोमा लहलह बाली सुसेली खेले झैं लाग्यो । उनका गजलहरुमा डुबुल्की मार्दा उनका प्रतिभा मिर्मिरे उज्यालो झैं लाग्यो । यस संग्रहको प्रकाशकियमा गजल संग्रहको सटिक मुल्याङ्कन भएको छ । धिरज गिरी कल्पित को भूमिका मनजयोग्य छ यसमा थप्नु पर्ने देख्दिनँ । स्व. स्वप्नील स्मृतिले नेपाली साहित्यमा गजलको बाढी उर्लिएको बेला परिहास एक भङ्गालो हुन् भनी टिप्पणी गरेका छन् । त्यस टिप्पणीमा मेरो पनि र्समर्थन छ । जीवन मोहमा परिहासको मिठो प्रतिक्रिया छ, एउटा टुक्रा प्रस्तुत छः
तिम्ले दे को बास भित्र एउटा आश देखें
त्यस्मा स्वप्नील जिन्दगीको मधुमाश देखें
पृष्ठ -१५
परिहासका गजलहरुमा प्रयोग भएका भाषाहरु बोलीने खालका छन् । लेखिने खालका छैनन् । मलाई यस्तै भाषा मन पर्छ । यहाँ गजल बाईस को अन्तिम हरफ बिसंगत लाग्यो । मलाई मन परेन । यसले राम्रो सन्देश दिंदैन ।
खोई कस्तो मोहनी हो,हरेक दृष्टि लट्ठै पार्ने
घरमा भा को स्वास्नी समेत छोडुँ छोडुँ लाग्छ
परिहासका कतिपय गजलहरुलाई संगीतमा ढालेर गाउन सकिने खालका छन् भने कतिपय वाचन मात्र गरिने छन् । सबै गजलहरु पढुँ पढुँ लाग्छ । पढ्दै गयो झन् झन् नशाले छोए झैं लाग्छ । तर गजल पैतिस् र छत्तिस् के हो ? गजलको नाममा गजल हो की फजुल हो छुट्योनै सकिन ।
यत्ता ले
छिटो दे
गजल-पैतिस
ए त्यो त
त्यसो पो ?
गजल-छत्तिस्
गीतमा ढालेर गाउन सकिने गजल अड्तिसका उनका यी गजलहरफले जिन्दगीलाई भरोसा दिने खालका छन् ।
संघर्ष मा कहिल्यै पनि नझूकोस साहसहरुर्
गर्जन सुन्दा झयास्झूस्मा नलुकोस साहसहरु
परिहासले नेपाली समाजमा खासगरी गाउँघर, रुदोबुदो घरमा घटित जाग्दो घटनालाई छुवाई यसरी चिन्तन गरेका छन् । जसले उत्पिडनको तस्विर देखाउँछ ।
उनको जीउमा डामै डाम देखी सोध्दा थाहा पाएँ
सासु, नन्द, पति बाट गोरु चुर्टाई खा की रै छिन्
गजल सत्र
परिहासको गजलहरुमा जीवन छ । जीवनको धुन छ । गजलको लामो यात्रामा परिहास एउटा यात्री हो । चौतारीमा आईपुगेको छ । गन्तब्यमा पुग्न सफल होस यहि कामना छ ।
अन्त्यमा, समाजमा ब्याप्त उनकै गजलहरुमा कटु तितो सत्य पनि छ, परिहास आफैंमा परिपक्व छन्, आफैं भूक्तभोगी लाग्छन् ।
हिजो आज मान्छे सबै आफ्नै मात्र जीत खोज्छन्
अच्चम्म छ जो कोहि पनि आफ्नै मात्र हित खोज्छन्
कृतिः सूत्र-मंगल-धुन
बिधाः गजल संग्रह
प्रकाशकः कुम्मायक कुस्सायक क्लब, यासोक - ४ सुब्जनी , पान्थर
प्रथम संस्करणः २०६४
पृष्ठः ६±६५
मुल्य रुः ७५

Feb 24, 2010

शासकीय मारमाथि भयवादी मुङ्ग्री

रमेश नामहाङ
भर्खरै मात्र एकसाथ दुर्इ पुस्तक पढ्ने मौका मिल्यो । एकजना भलाद्मी विद्वानले दुवै पुस्तक उपलब्ध गराइदिनुभएपछि यस्तो अनुपम अवसर प्राप्त भएको हो । प्रकाशन मितिका हिसाबले दुवै पुस्तक केही बर्ष पूरानै हुन् । त्यसबेला यी पुस्तकहरू बजारमा आउँदा थाहा नपाएको होइन तर पनि कसो-कसो पढ्ने अवसरचाहिँ मिलेको थिएन । तर, आज ढीलै भए पनि दुवै पुस्तक पढ्ने अवसर मिलेको छ, त्यसका लागि पुस्तक उपलब्ध गराईदिनुहुने ती भलाद्मीलाई धन्यवाद दिन चाहन्छु । पुस्तकहरू हुन् – पहिलो, क्रान्तिकारी पत्रकार राजु क्षेत्रीद्वारा लिखित् गजुरी ब्यारेक ब्रेक सम्बन्धी संस्मरणात्मक अभिलेख र दोस्रो, हङकङमा बसोबास गर्दै आएका साहित्यकार देश सुब्बाको उपन्यास ‘आदिवासी ।’
वस्तुतः पहिलो कृति जनयुद्धको क्रममा एकजना आस्थाका बन्दीले राज्य-संयन्त्रबाट कतिसम्म दहन सहन बाध्य हुनु परेको थियो भन्ने यथार्थलाई सजीव चित्रण गर्ने ‘खजाना’ बनेको छ । यस कृतिले तत्कालिन् शाही सेनाद्वारा बन्दीमाथि हुने गरेका बर्बर यातनाको भण्डाफोर गरेको छ । साथै, बर्बरताको अनन्त श्रृंखलाले समेत मुक्तिका लागि आयोजित संघर्षको महा-यात्रालाई रोक्न नसक्ने सार सन्देश यस पुस्तकले प्रसार गरेको छ ।
यता देश सुब्बाद्वारा सिर्जित् उपन्यास ‘आदिवासी’ भने पहिलो पुस्तक भन्दा विल्कूलै फरक आधारभूमीमा जग हालेर आएको छ । नेपाली साहित्यमा पछिल्लो समय भयवादबारे वकालत गर्दै आएका सुब्बाले यसैको औचित्य पुष्टि गर्ने प्रयत्न स्वरुपः यो उपन्यास पेश गरेका छन् । तर्सथ, यसलाई नेपाली साहित्यमा नवीन प्रयोगको रूपमा समेत लिने गरिएको छ । यिनै कारणले गर्दा यसपटक गजुरी ब्यारेक ब्रेक सम्बन्धी राजु क्षेत्रीद्वारा लिखित् पुस्तक छाडी आदिवासी उपन्यासमा चर्चा केन्द्रीत् गरिएको छ । अझ भनौं, आदिवासी जनजातीय आँखाबाट देश सुब्बाको ‘आदिवासी’ उपन्यासलाई हेर्ने प्रयत्न गरौं ।
उपन्यासको कथा/सार
आदिवासीय आन्दोलनकर्मीका शहरीया छोरो हुन्, निसाम । उनी विश्वविद्यालयमा अध्यानरत एक मेधावी छात्र हुन् । अचानक उनी अनौठो विरामीले समातिन थाल्छन् । व्याथाले च्यापिँदा यौटा डरलाग्दो छायाँ आफ्नो वरिपरि देख्छन् । त्यसपछि उनी छट्पटाउने, बर्बराउने, फटयाक-फटयाक पर्ने र वेहोश हुने हुन्छन् । पटक-पटक यस्तो घट्ना दोहोरिई रहेपछि उनी त्यो छायाँ के हो ? भनी पत्ता लगाउने अभिप्रायले मध्यरात घरबाट निक्ली यायावर अर्थात् घुमन्ते जीवनतिर लाग्छन् । घुम्दै जाँदा उनी एक प्राचीन आदिवासीय गाउँमा पुग्छन् । अन्ततः उनले त्यही स्थानमा यौटा प्राचीन रुखको सहाराबाट त्यो छायाँ ‘भय’ हो भन्ने पत्ता लगाउँछन् । साथै, मानवीय जीवन-चक्र सबै भयकै कारण चलिरहेको समेत उनी थाहा पाउँछन् र घर फर्किन्छन् ।
विषयवस्तुका हिसाबले ‘आदिवासी’ उपन्यासको मोटामोटी विवरण यही हो । यसबाट उपन्यासमा रहेका कथानकता, पात्र, चरित्रचित्रण, परिवेश र शैलीबारे सामान्य थाहा पाउन सकिन्छ ।
यथार्थताको कसीमा उपन्यास
यो उपन्यास स्वैरकल्पनामा आधारित भएको हुनाले यसको यथार्थतासँग कुनै साइनो छैन । उपन्यासको शिर्षक र विषयवस्तु यौटा सजीव चिजलाई छनौट गरेपनि यसको कथानकताचाहिँ सत्यभन्दा सयौं कोस टाढाबाट हूइँकिएको छ । त्यसो त उपन्यासकार आफैं सत्य के हो ? र झूठ के हो ? भन्ने कुरा खुट्याउन समेत असमर्थ रहेको भान उपन्यासभित्र लाग्छ । यसका लागि मात्र यौटा उदाहरण हेरे मात्र पनि काफी हुन्छ । जस्तो, उपन्यासको एक अंश लिऔं- “…….आदिवासी हुनलाई बलियो आधार चाहिन्छ । बलियो आधार भनेको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, चार्डपर्व नै हो । आफू बलियो भएपछि कसैले राजनीति गरेर दमन गर्न सक्दैन ।”
उपन्यासकारले उपन्यासका नायक निसामलाई आदिवासी आन्दोलनकर्मी बाबुप्रति लक्ष्यित् गर्दै यी वाक्य बोल्न लगाएका छन् । जसमा पहिलो र दोस्रो वाक्य भावनात्मक रूपमा ठीकै हुन् । जसले, अहिले नेपालमा उठीरहेको अनावश्यक चर्को पहिचानको माग र जारी जातीय उपद्रवलाई निसाना साँधेको मान्न सकिएला । परन्तु, तेस्रो वाक्यले ती सबै सकारात्मकतालाई कूरूप पारेको छ । आफू बलियो भए कसैले राजनीति गरेर दमन गर्न सक्दैन भन्ने शब्द त फेरि पनि ठीकै हो तर जुन शब्दावली उपन्यासकारले जुन ठाउँमा प्रयोग गरेका छन् त्यो एकदमै गलत छ । उनले यो शब्दावली यस ठाउँमा प्रयोग गर्दाको भाव अनुसार, नेपालका आदिवासी जनजातिहरू अहिले पराजित जाति वा समूदायको रूपमा छैनन् । त्यसकारण राष्ट्रिय मुक्ति आन्दोलन लड्नुको सट्टा भाषा, धर्म, लिपि आदिको कर्मकाण्डीय उपक्रममा लाग भन्ने उपदेश बाँडेको छ । जुन कुरा घोर काल्पनिक मात्र होइन असाध्यै दुर्भाग्यपूर्ण पनि छ । यसले वास्तवमै विद्यमान राष्ट्रिय मुक्ति आन्दोलनको पेचिलो अवस्थाप्रति आँखा चिम्म पारेको छ । यसरी वास्तविकताभन्दा पर रहनु भनेको जीवन र जगतबाट कट्नु हो । जीवन र जगतबाट कटेको साहित्य भनेको केवल बौद्धिक विलासिताको साहित्य हो । यसमा जीवनको अंश मात्र खोज्नु पनि अज्ञानता हो । त्यसैले अदिवासी उपन्यासभित्र यथार्थता खोज्नु नै महामूर्खता हो । यद्यपि, आदिवासी जनजातिमा प्रचलित रहँदै आएको बनझाँक्री परम्पराको पोयो पक्रेर उपन्यास कता कता जादूगरी यथार्थवादको धुरी चढ्न खोजेको छ तर पनि समग्रमा उपन्यास भ्रम र कल्पनाको रछ्यानमा पसारिएको छ । परन्तु, यसको कलापक्ष निक्कै मनमोहक छ ।
औपन्यासिक धार
यो उपन्यास उत्तर-आधुनिकतावादी साहित्यिक मूल्य र मान्यतामा लेखिएको कृति हो । जसरी विनिर्माणवादले खाली विध्वंस, विखण्डन, अनियमितता एवं असङगतिका मात्र दर्शन् छाँट्छन् त्यसैगरी यस उपन्यासले पनि सो बाटो पछ्याएको छ । पुष्टिका लागि यौटा सानो उदाहरण हेरौं ।
“……..मलाई अहिले आएर मान्छेको सिद्धान्त खोक्रो लाग्न थालेको छ । मान्छेको सिद्धान्तभित्र पत्करको थुप्रो देख्न थालेको छु ।”
उपन्यासकारले यसरी पात्रमार्फत ऐतिहासिक मूल्य मान्यता र सङगतिलाई निषेध गरेका छन् । सिद्धान्तलाई खोक्रो देख्नु भन्नु मानव समाजका विकासका सम्पूर्ण नियमहरूलाई बेकार देख्नु हो । अतः उपन्यासकारको यस्तो किसिमको घोषणा, उत्तरआधुनिकतावादका एक परवर्तक डेनियल वेलको विचारधाराको अन्त्यको फोटोकपी नै हो ।
उपन्यासले वस्तुगतभन्दा पर रहेर मनोगत भावनामा उडान भरेको छ । यसभित्र आदिवासीलाई ‘सो पिस’को रूपमा सीमित् गर्न खोजेर आफ्नो मुक्तिगामी अभियानप्रति बितृष्णा व्यक्त गरिएको छ । यो घोर पलायन र निराशाको अभिव्यक्ति हो । पलायन र निराशा बढेर अस्तित्ववादमा परिणत हुन्छ । अस्तित्ववादलाई अर्को परिभाषामा अराजकतावाद पनि भनिन्छ । यो अस्तित्ववाद अर्थात् अराजकतावाद अन्त्यमा सून्यवादी हुन्छ भन्ने दार्शनिक मान्यता छ । सून्यवादलाई समेत अहिले संगोलमा उत्तरआधुनिकतावाद भनिँदै आएको छ । तसर्थ, व्यक्तिगत महत्वाकांक्षाको घोडा चढेर बर्कुसी मारेको ‘आदिवासी’ उपन्यास उत्तरआधुनिकतावादी धारमा उभिएको छ । त्यसो त भयवादी सिद्धान्तले पनि यो कुरा प्रष्टै पारेको छ । आफूमा निहित् अन्तरविरोध नै वस्तु या पदार्थको विकासको प्रमूख कारण हो भन्ने द्वन्द्वात्मक भौतिकवादी मान्यताको विपरित मानवीय संवेदना विकासको कारण हो भनी भयवादले व्याख्या गरेको छ । त्यसैले भयवाद एक आदर्शवादी प्रस्थापना हो । यो विज्ञानको विरुद्धमा छ । उत्तरआधुनिकतावादले केन्द्ररहितताको वकालत गर्दै जसरी विज्ञानविरोधी एउटा केन्द्र निर्माण गरेको छ त्यही केन्द्रमा भयवाद मिसिन पुगेको हुनाले स्वतः उपन्यास उत्तरआधुनिकतावादी छ ।
उपन्यासभित्र निहित सौन्दर्य कसको ?
नेपालको सन्दर्भमा उत्तरआधुनिकतावादी साहित्य भनेको शासकीय अर्थात् उच्च हिन्दु खस, ब्राम्हण जातीय साहित्य हो । देश सुब्बा प्रद्दत्त ‘भयवाद’ त्यही उत्तरआधुनिकतावादको यौटा आयाम हो । त्यसकारण भयवाद शासकीय मनोवृत्तिले शाषित्द्वारा निर्मित साहित्यिक दर्शन हो । अतः भयवादी मान्यतामा आधारित ‘आदिवासी’ उपन्यासको सौन्दर्य आदिवासी जनजातिहरूका होइनन् ।
नेपालका आदिवासी जनजातिहरू अढाई सय बर्षदेखि निरन्तर शाषितको रूपमा रहेका छन् । उच्च हिन्दु खस, ब्राम्हण जातीय अधिनायकवादका विरुद्ध आदिवासी जनजातिहरू यतिवेला निर्णयाक संघर्षमा भाग लिईरहेका छन्। अहिलेको नेपाली समाजको वास्तविकता यो, हो । यही कुरा अहिलेको आदिवासी जनजातीय साहित्यमा प्रतिविम्बन् हुनुपर्दछ । तर्सथ, आदिवासी जनजातिहरूको मुक्ति आन्दोलन र त्यसमा होमिन उत्प्रेरणा गर्ने सार बोकेका साहित्य नै खासमा आदिवासी जनजातीय साहित्यिक सौन्दर्य हो । तर ‘आदिवासी’ उपन्यासमा नेपालका आदिवासी जनजातिहरू विजेता रहेको भ्रान्ति पालिएको छ । उपन्यासले आदिवासी आन्दोलनको आवश्यक्ता पुष्टि गर्ने चेष्टा र यसमा सामेल हुने उत्प्रेरणा जगाउने त कुरै छोडौं बरु उल्टै आन्दोलनलाई ‘अनावश्यक पहलु’ भएको तर्फइंगित गरिएको छ । यतिवेला शासकहरूले आदिवासी आन्दोलनमा व्यापक भ्रम सिर्जना गरेर टुक्रा-टुक्रा पारी तहसनहस पार्न खोजीरहेका छन् । प्रस्तुत उपन्यासले यही कुरामा मद्दत पुर्‍याएको छ । मार्क्स, बुद्ध, शंकाराचार्य, डेरिडा, नित्से, फुकोयामालाई एउटै दर्जामा राखेर आदिवासी जनजाति मुक्तिको अचूक विचारलाई उपन्यासले निषेध गरेको छ । त्यसकारण यो आदिवासी जनजातीय साहित्य होइन । उपन्यासको शीर्षक ‘आदिवासी’ भएर के गर्नु ! जसरी आत्मानन्द, ओमनन्द, स्वामी प्रपन्नाचार्यले आदिवासीय सौन्दर्य झल्काउँदैनन् त्यसैगरी यो उपन्यासले आदिवासी जनजातीय सौन्दर्य बोक्दैन ।
बाँकी,
नेपाली समाजमा आदिवासी जनजातिको स्थान कहाँ छ ? सत्ता र आदिवासी जनजातिबीच के कस्ता अन्तरविरोधहरू विद्यमान छन् ? यस्ता कुञ्जी कुराहरूबाट बेखबर बनी केवल बौद्धिक विलासिताको निम्ति लेखिएको हुनाले वर्तमानको पेचिलो स्थितिमा कमजोरीका लस्करै पुडियाहरू भिरेर ‘आदिवासी’ उपन्यास हामीसामू पेश भएको छ । सायद यसो हुनुमा उपन्यासकार लामो समयदेखि मुलूकबाहिर रहनु पनि कारण हुनसक्छ । यद्यपि, शिल्पका हिसाबले उपन्यास निक्कै मजबूद छ । ‘कलाका लागि कला’ भन्ने मान्यता अनुसार उपन्यास जबर्जस्त बनेको छ । राष्ट्रिय मुक्ति आन्दोलन, संघीयता र स्वायत्तताको मुद्दाले देशमा निर्णायक पहलकदमीको माग गरिरहेको यसवेला आदिवासी लेखकबाट यस किसिमको कृति आउनुलाई वस्तुतः निको मान्न सकिँदैन । पछिल्लो समय आदिवासी जनजातिका नाम लिएर शासकहरूका साहित्य लेख्ने प्रचलन नेपालमा तीव्र छ । देश सूब्बा त्यही भङ्गालोमा मिसिएका छन् । यो कुरा आदिवासी जनजातिहरूका निम्ति निक्कै विडम्बनापूर्ण छ। तर पनि व्यैक्तिक प्रगतिका लागि अहिल्यै उनलाई आदिवासी जनजातीय चौडा मनहरूले बधाई दिन कञ्जुस्याँइ गर्ने छैनन् । आखिरी, अपमान जस्तो निक्कै गहकिलो कृतिका लेखक देश सूब्बाको लेखनमा एक सय असी डिग्रीको फरकपना कसरी आउन सक्यो होला ? उनले सबैलाई चकित पारेको छ ।
namhang_krt@gmail.com

Oct 4, 2009

"पन" गिती एलबम भित्रको सौन्दर्य

अशोक रार्इ
सचिबः आदिबासी गितकार समाज हंगकंग
सन्दर्भ रोशा लिम्बूको गिती एलबम "पन"को हो । यसै सन्दर्भमा आफ्ना केही कुरा ओकली हालौं । म गित संगितको पारखी मात्र । यसको प्राबिधिक पक्षमा पुरै अनभिज्ञ म गित त लेख्छु तर राम्रो गित लेख्न आँउदैन न गाउँन नै । बजाउन त मलाई ताली पनि मिलाएर आँउदैन । अब मैले गित संगित यस्तो उस्तो भनेर बोल्ने कुरा त त्यति नसुहाँउला । तर हामी गितमा सचेतनाका कुरा भने गर्न सक्छौं या आग्रह र बिचारको कुरा भने हामी राख्न सक्छौं । अहिले हामी हामीले लेख्ने र गाउने गितमा अनि हामीले बनाउँने संगितमा आदिबासी पीडा, आदिबासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस भन्ने आग्रह जो गर्दैछौ त्यो नै हाम्रो "पन" हो । गित संगित त र्सबाधिक सम्प्रेषणीय हतियार हो । यसलाई प्रयोग गरेर धेरै देश-ठाँउ)हरुमा राजनैतिक, धार्मिक र सामाजिक आन्दोलनहरु थोर बहुत सफल पनि भए । अब अश्वेत गायक बब् मार्लिले कस्तो धारको संगित पस्केर आफ्ना कुरा त्यहाँका श्रोता समक्ष राख्न सफल भए त्यो पनि मलाई थाहा छैन । तर उनले आफूलाई चिने र आफ्नो कुरा आफ्नो गित संगितका माध्यमबाट जनतामा राख्न सफल भए । यो गौरबशाली आयामलाई हामीले पनि प्रयोग गर्न सक्छौं की । यता नेपालको सन्दर्भमा राजनैतिक परिबर्तनको श्रृंखलालाई हेर्दा बामपन्थी गितहरुको योगदानलाई हेर्न सक्छौं । आज मुलुक यहाँसम्म आइपुग्नुमा ती गितहरुको योगदानलाई पनि मान्नु पर्ने हुन्छ । सधैं जनता र जागृतिका गित गाएका रामेश र जे. वि. टुहुरेलगायत अन्य श्रष्टाहरुले जनतालाई धेरै गुन लाएका छन् । यद्धपी उनीहरुले जनताको श्रद्धा त पाए तर ब्यबसायिक हुन भने सकेनन् । उनीहरुलाई मूलधारले समाहित पनि गर्न सकेन । यस्तो बिडम्बना सबैले भोग्न पनि चाहदैन । हामी सबैलाई स्थापित र सफल हुन नै मन छ । जस्को लागि लोकपृयताको धार समात्ने परम्परा अस्वभाविक पनि हैन । अब कसैको निजत्वमाथि खलल पुर्याउनु पर्ने पनि केही छैन । यी परिस्थितिहरुमा कस्ले कस्तो प्रकारको योगदान दिने भन्ने बिषय असजिलो पनि छ । यति हुँदा हुदैपनि हाम्रा आदिबासी श्रष्टाहरुले आफ्नो जातिय र समूदायिक हितको लागि सकेको सोच्न र गर्न सके निकै राम्रो हुनेछ भन्ने हामीलाई लाग्छ । पहिलो कुरा त हरेकले बनाउने सृजना सबल हुनु पर्छ नै । तब नै पुर्याउनु खोजेको र गर्न खोजेको कुरापनि श्रोता या पाठक समक्ष सम्प्रेषणीय होला भन्छु । श्रष्टा सबैले आ आप्नो ठाँउबाट सकेको योगदान जातिय र सामूदायिक हितमा लगाउन् यहि हाम्रो आग्रह हो । अब हामीले यस्तै प्रकारको गिती सृजना दिने भन्ने कुरा पनि कठिन नै हो । यसो भनौं कम्तीमा केही चेतना, केही सन्देश, केही परम्परा र पहिचान होस् त्यहाँ अनि लोकपृय बनोस त्यो सृजना ।
अब म एलबम बारे मलाइ लागेको बोल्छु । यो "पन" गिती एलबम गायिका रोशा लिम्बूको एकल गाएन गिती एलबम हो । केही समय अघि हंगकंगमा गायक दिप श्रेष्ठको हातबाट बिमोचन भएको यो एलबममा शिला बहादुर मोक्तान, दिनेश सुब्बा, शान्तिराम रार्इ, पारस मुकारुंग, सुरेस कुमार, अशोक रार्इ र अनिल कुमारले संगित दिनु भएकोछ । गित तर्फ नन्द चंसुले पाँचबटा, सुरेस कुमारको दुर्इ बटा र दिनेश राज र शुशन साम्सोहांगको एक एक बटा रहेका छन् । गायनमा सुसन साम्सोहांगले गायिकालाई एउटा मिठो साँस्कृतिक युगल गितमा साथ दिएका छन् । औपचारिक चिनाजान नभए पनि किराँती चेली रोशा लिम्बूलाई हंगकंगको बिभिन्न स्टेजहरुमा मैले गाएको देखेकोछु । मीठो स्वरकी धनी रोषा लिम्बूको यो अघि गिती एलबम निस्किएका थिए या थिएनन् मलाई थाहा भएन । तर महत्वपूर्ण कुरा यस एलबममा भएका केही गितहरु मैले खोजेजस्तो पाएर म पुलकित भएकोछु । यहाँ लोक साँस्कृतिक गित छन् । सुगम र पप् शैलीका मीठा गितहरु समेटिएका छन् । गायिकाले सबै स्वाद श्रोतालाई पस्किने जमर्को गरेको जस्तो मलाई लाग्यो यो राम्रो कुरा हो । गितमा शब्दको कुरालाई अलि ज्यादा महत्व दिएर कुरा गर्दा नन्द चंसुका गितहरुलाई महत्वपूर्ण मान्नु पर्ने हुन्छ । वँहाको गितमा आदिबासीय अनि त्यसमापनि खासगरि लिम्बुवान सौर्न्दर्यलाई बिचार गरेको पाइन्छ । साथसाथै आँञ्चलिक स्वादहरुको मिश्रण वँहाको गितका शब्दहरुमा देखिएकोछ । जस्तो एउटा युगल गितको सानो अंशलाई हेरौं ।
केटाः छुइयामा हा हा खुइयामा मार्नू आँउछ की आउदैन
पोकन्दी खेल्नु जिस्केर बोल्नु पाउँछ की पाउदैन
केटीः छुइयामा हा हा पोकन्दी खेल्नु जिस्केर नबोल्नु
कस्तोमा राम्रो सँस्कृति हाम्रो कहिले नि नभूल्नु
प्रेम कै सन्दर्भमा पनि चंसुका शब्दहरुमा साँस्कृतिक पक्ष हावी भएकोछ । हराउदै गएका या हामीले बिर्सेका हाम्रा जातिय र क्षेत्रीय भाकाहरु हाक्पारे, ख्याली र रोधी घरको संझना गितमा गरिएकोछ । पिडासगै साँस्कृतिक आग्रह बोकेकोछ चंसुका गितहरुले । एलबममा भएका उनका गितहरुको संगितमापनि मौलिकपन देखिएकोछ ।
हाक्पारे र ख्याली तिमीले गाउनै छाड्यौ रे
रोधी घरमा पनि अचेल आउनै छाड्यौ रे
बिसन्चो पो छौ की ठूले के छ खबर
मुरी मुरी संझना छ ठूले मेरो हजुर
त्यसै गरि वहाँको अन्य गितमा प्यारो गाँउको संझना, पहिरोको कुरा, अलैची घारी, ढुंग्री बुलाकी, धान नाच, च्याब्रुग र माइबेनी मेलाहरुको संझना झल्केका छन् ।
अन्य गित मध्ये गित नं ४.(संझना सधै रहिरहोस), ५.(पर्खि बसेँ तिमीलाई) र ९.(सुनमा सुगन्ध छरि दियौ) पप् शैलीमा तयार गरिएका छन् । यी सबै गितमा जीवनबोध, प्रेमस्पर्शी र यिबोगी गाथाहरु पोखिएका छन् । गित नं ६.(तिम्रो नयन तालैमा डुब्न पाए हुन्थ्यो) र गित नं. ८.(आएन परदेशी गाँउ घरको माया सम्झेर) दूर्इ गित सुगम संगितमा मीठो गरि तयार गरिएका गितहरु हुन । पहिलोमा प्रेम भल्काउने कुरा छ भने दोश्रोमा परदेशीको पीडा र गाथा छ । सबै गितहरु कर्णपृय नै छन् । उत्कृष्टताको हिसाबले भन्नु पर्दा मलाई मन परेको गित नं ७ नै हो । जहाँ मैले खोजेका धेरै कुराहरु छन् । यसको लागि नन्द चंसु, रोशा लिम्बू र पारस मुकारुंगलाई बधाइ दिन्छु ।
भेटै हुन्न भन्छन् ठूले के छ खबर
मुरी मुरी संझनाछ ठूले मेरो हजुर

Aug 28, 2009

प्रवासी संगालो संगम अनि सहयात्रीहरु

सेलिङ्ग के सी
दिखुवा र साप्सुसँगै बगिरहेका तीर्थ संगम रार्इ
विषम छ सडकहरु द्धिविधा छन बाँच्नु र बचाईहरु यो बेनिर्णय निरुपण मथिंङ्गल कुन नदी भएर बग्न सक्छ ? यो मष्तिस्कमा उत्पन्न चेतना कुन तरङ्गमा बग्न सक्छ ?यो अति वर्श्चनिय सतहलाई चिर्दै उकालो लम्की रहेका श्रष्टा तिर्थ संगम रार्इको कुरा गर्दैछु । पछिल्लो ३ बर्षदेखि संसारको तेश्रो रोजगारको गन्तव्य स्थान दोहा कतारमा नेपाली युवा जनशक्ति दोव्वरको हिसावमा बढेको छ । पहिलो त अन्तराष्ट्रिय रेमिट्यान्स भित्राउने सवालमा मुलुकलाई फाईदा नै छ परन्तु देश युवा विहिन हुनुबाट राष्ट्रले ठुलो युवा जनशक्तिको घाटा व्यहोर्नु परिरहेको छ ।बर्षेनी लाखौँको हिसाबमा नेपाली युवाहरु रोजगार विहिन भएबाट यस्ता बैदेशिक रोजगारको अवसरहरुको समस्या मत्थर त पारेकै छ तर २५ बर्ष बुढो श्रम सम्झैाता अनुसार युवा जनशक्ति गुन्द्रुकको भाउमा बेच्ने प्रवृति छुट्न सकेको छैन । हो यहि समस्याको जडबाट अछुतो रहन नसकेका साहित्यकार तिर्थ संगम र्राई आज रेगिस्थानमा बाँचेर पनि कृति प्रकाशनमा अब्बल दर्जामा उभिन सफल भएका छन् । यो दर्वियान प्रारम्भिक कालको होईन यो कृति प्रकाशनको पर्वियान नेपाली साहित्यको ति व्र विकासक्रमको हो । यहाँ नेर श्रष्टाहरु अभ्यासमा त पक्कै पनि छन नै तर अभ्यास भन्दा एक खुट्किलो माथि उठिसकेका छन यहाँका श्रष्टाहरु । मुलुक बाहिर दार्जिलिङ्ग , हङ्गकङ्ग अनि पछि कतारलाई नेपाली साहित्यको बाङ्गमयको उर्भर भूमि मानिन्छ यहि रफ्तारमा विभिन्न साहित्यकार हरुबाट प्रसस्तमात्रमा कृतिहरुपनि प्रकासनमा आइनै रहेका छन । म यसलाई कृति प्रकाशनको होड भन्दिन किन भने साहित्यिक चेतना नभएका श्रष्टाहरु कृति प्रकाशन गर्न सक्दैनन् यो चानचुने कुरा हुदै होईन । यो लाखौँमा एक साहित्यकार जन्मिनुको उपज हो । साहित्यमा रुचि राख्नु मात्रै त ठुलो कुरा हो भने त्यहाँ लागेर नेपाली साहित्यलाई एउटा इटा थप्नेकाम गर्नु त पृथ्वी जति ठुलो हो । माथि उल्लेख गरिएका नेपाली साहित्यको उर्भर भुमिहरु मध्ये कतारको भौगोलिक र प्राकृतिक जिवनचर्या दीन लाग्दो मात्र छैन निस्चित रुपमा पिडा दायक छ । साथै यहाँ कानुनी परिधि भित्र रहेर निश्चित समयमा आफनो मुलुक फिर्नु पर्ने हुन्छ यसरी सस्तो श्रम बेचेर तकियामा सुनौलो भविष्य बुन्नु आएका आम नेपालीहरुको भिडबाट एउटा श्रष्टा जन्मिनुलाई सिंगो नेपालकै उन्नती हो भन्नु पर्छ । यहाँ आएका कैयौ नेपालीका मानसिक संवेदनाहरु बग्रेल्ती समस्यासँग सम्वन्धित छन तर चेतनाका स्तर उठेकाहरुले यस्ता समस्याहरुलाई बुझेका छन यहि बुझ्नु नै एउटा साहित्यि माध्यम हो भन्नु पर्छ । रेगिस्थान तिर गएर नेपालीहरु गैँती बेल्चा मात्र चलाउदैनन् रचनात्मक कामका सँगै साहित्य सृजना पनि गर्छन भन्ने कुराको ज्वलन्त उदाहरुण हो यो प्रकाशन । आजको युग प्रतिस्वपर्धाको युग हो भौतिक संञ्चार विकासले पृथ्वीलाई गाउँमा भेट्न थालेको बेला नेपालीहरु अझै पनि संकुचित दायरा भित्र बाँचिरहेका छन् । यस्ता यथास्थितिवादि सोच भएकाहरुलाई यो "प्रवासी सँगालो संगम अनि सहयात्रीहरु" पुस्तकले मिठो चाबुक दिएको छ । प्रवासी सँगालो संगम अनि सहयात्रीहरु पुस्तक भित्रको कोक्टेल परिकार र यस सँग सम्वन्धित रचना औपन्यासिक कथाको साङ्गगो पाङ्गगो नजिकसँग हेर्न पाइयो प्रवासी जिवनमा रहँदा प्रवासमै बसि बसि नेपालको चित्रलाई समिपबाट हेर्न पाउनु सानो कुरा सम्झीनु हुन्न ।श्रष्टा तिर्थ संगम रार्इ बुर्इपा -१ ब्यासिँटोल खोटाङ्ग दिक्तेलमा आमा मेम् हिरा रारइ र बु्बा राम बहादुर रार्इबाट २०३४ सालमा जन्मिएका हुन् । स्नातक सम्मको अध्ययन गरेका संगमको स्थाइ बसोबास लेटाङ्ग ७ खैरेनी मोरङ्ग हो । पूर्वेली साहित्ययात्रामा उहाँको नाम नयाँ होइन । साहित्य दुख्नुबाट सुरु हुन्छ यहि दुखाइको अनुभुतिहरु यहाँ कतै कतै पोखिएका छन् ।
वहाको पुस्तक प्रकाशन र वहाँको रचनाहरु देखेर मैले डा. तारानाथ शर्मा ज्यूलाई सम्झन पुगेँ आफु विदेशमा हुँदा वहाँको परिवारले द्रव्य बस्तुको आशा गरेका थिए तर राम्रा निवन्ध "बेलायततिर बरालिँदा" लिएर आए । यहि मानेमा लेखक तिर्थ संगम रार्इ ज्यूलाई पनि द्रव्य पिसाचले छोएको छैन भन्न उपयुक्त ठान्छु ।विशेष गरेर वहाँको रुचि भएका पुस्तक भित्रका खुराकहरु यौवन धार छोएर बगेको पाइएता पनि यथार्थताको नविनतम कोसिसले पुस्तकलाई माथि उठाएको छ । पहिलो खण्डमा घायल प्रेमी प्रतिनिधि लघु उपन्यास श्रीगणेस गरेका छन् साहित्यकार तिर्थ संगम रार्इका कथाका कथानकहरु रंगिँन प्रवृतिका छन् । अहिलेका तन्नेरीहरुले पढ्ने खालको । यो कथालाई पत्रकार तथा साहित्यकार श्री श्याम सुन्दर शशीज्यूले फिल्मी कथा भनेका छन् । तर बम्बैया शैलीकै भन्नु पर्ने अवस्था यो कथाको छैन कथा हाम्रो जिवनमा र हाम्रो समाजमा घट्न सक्ने सँभावनाको छ त्यसैले यो कथाले अवको सम्भावित घटनालाइ खवरदारी गरेका छन् । कथाहरु भावनात्मक हुन गयो भने पाठकले त्यसबाट केहि पाउन सक्दैनन् तर यथार्थपरक कथाहरु लेख्न सक्नु चाहिँ कथाकारले पाठकलाई दिएको सवक हो भन्नु पर्छ । एउटा सम्वेदनशील जवान केटा र केटीले गरिने यौवनकामवासनाको अर्को रुप हो माँया । यो ध्रुव सत्य हो यदी यस्तो प्रेम नहुदो हो त श्रृष्टिको कल्पना हुन सक्दैन भन्ने कुरा उपन्यासकारले भन्न खोजेका छन् । पिडाहरु, चोटहरु, र दुःखहरु प्रेमको मल्हमले नै मथ्थर हुन सक्छ जस्तै फलामले फलाम काट्छ भने जस्तै । कामबासनाबाट चोटहरुलाई मलमपटि गर्नेकाम भएको छ कथामा । दृष्टान्त स्वरुप अमितलाई स्वेताले प्रेममा धोका दिएको हुन्छ अमित धोखा सहन नसकेर घायल प्रेमी बनेर उग्र निरासतामा डुवेर मृत्यूलाई समाउदै छ । यहिबेला आस्था कथाको माया, प्रेम यौवन चाहना कामुकतापन देखाउदै साथ दिन तयार भएकी छिन कथामा मानविय संवेदनाहरु बढि उदासिनतातिर मुड्यो भने लोकमा धेरै टिक्न सक्दैन अथवा सम्भावनाहरु प्रसस्तै भेटाउन सक्छ भन्ने कथाको मनसाय छ यति हुदा हुदै पनि कथाको अन्तयष्टि शुन्यतामा टुङ्गएिको छ आस्थाले घायल प्रेमी अमितलाई मरेको मान्छेबाट ज्यूदो त बनायो परन्तु सँकुचित समाजले यी दुइको पवित्र मायालाई चिन्न सकेनन टुसाउदै गरेको मायाको मुना निमोठिने डरले नयाँ सँसार बसाउन अमित र आस्था भागेर दार्जिलिङ्ग जाने क्रममा मालवाहक ट्रकमा मोटर साइकल ठोक्किँदा आस्थाको प्राणपखेरु उडेको छ भने अमितफेरी एक्लो बनेको छ । यो कथा सँकुचित अभिभावकहरुलाई एउटा राम्रो संन्देश बनेको छ ।उपन्यासकारले इलामको स्थानिय भौगोलिक परिवेश र त्यहाँको प्राकृतिक बान्किलाई सेरोफेरोमा बाँधेर पूर्विय सौन्दर्य भूखण्ड र त्यहाँका प्राकृतिक छटाहरुको परिचय पनि राम्ररी गर्न भ्याएका छन् "प्रवासी सँगालो सँगम अनि सहयात्री" मार्फ । जिवनका भोगाईहरु बाँच्नुको असली साहित्य हो यदी साहित्य जिवन र जगतको दर्पण हो भने । अवको साहित्य लेखन शैली केहि हदसम्म व्यावसायिक पनि हुनुपर्छ भन्ने मेरो मान्यता छ त्यसैले साहित्यमा कामुकता रङ्गँको अनि अपरिहार्यताले हुन्छ कि बजारमा देखिएका रङ्गी विरङ्गी पेपरहरुसँग प्रतिस्पर्धा गर्न सकोस् त्यसो त अकबरे सुनलाई कसी लगाउनु पर्दैन यद्धपि कसी नै लगाएर साहित्यलाई अझ आकर्ष बनाउन सक्नु चाँहि साहित्यकारको खुवि हो । जब लेखक यथार्तपरक बन्न सक्छ तब समाजमा घट्ने विसँगतिहरुको हुवहु चित्रण गर्न सक्दछ । हाम्रो समाज केहि सँकुचित त छ नै त्यो हुनु सँगै सामाजिक सिमारेखा साँस्कृतिक अवरोधहरु पनि प्रसस्तै छन् । तर त्यसलाई साहित्यले पूर्ण रुपमा लेप लगाएर सामाजिक मान्यता कायम राखि साँस्कृतिक सहिष्णुता माथि उठाउनु साहित्य साधकको कर्तव्य हो ।
यहाँ तिर्थ संगम रार्इ केवल उपन्यासकार मात्र बनेर प्रस्तुत भएका छैनन् घरी गजलकार बनेका छन् घरी गीतकार बनेका छन् । "पुस्तक प्रवासी सँगालो सँगम अनि सहयात्री" मार्फत वहाँको कोक्तिल प्रस्तुतिले अलग अलग धारको साहित्यकार बनेका छन् उपन्यासको अन्त्यको सुरुवात मै ११ वटा गजल प्रस्तुत गरेका छन् । गजलहरु प्राय सबै श्रृगारिक रसका भेटिएबाट गजलकार यूवा हुनुको उपज हो की भन्ने भान पर्छ । ११ मध्यको एउटा गजल राष्ट्रिय भावनाले ओतप्रोत मात्र छैन गजलकारको सँवेदनिय देश चिन्तनको छनक देख्न सकिन्छ साथै राजनितिक विसँगतिको पराकाष्टा स्वरुप यसरी प्रस्तुत् भएका छन् तिर्थ संगम रार्इ ।
टुक्रा टुक्रा भयो देश झिटि झ्याम्टा कसे अरे
बुढा खाडा सबै छाडि यूवाहरु विदेश पसे अरे
एउटा युगल गीत र सातवटा अनेकन विचारका कविताहरु पुस्तकमा पाइन्छ त्यस मध्ये "मेरो देश रोएको बेला" प्रतिनिधि कविता उच्चकोटिको रहेको छ । यस गद्य कविताको कवित्व असली साहित्य जस्तो लाग्छ एउटा प्रेमीकाले प्रेमीलाई माँया गर्नको निम्ति अनुनय विनय गरिरहेकी छिन तर यहाँ आएर कवि वडो विचलित बनेको पाइन्छ देश अभावले छट्पटाएको बेला अशान्तिले मुर्छा परेको बेला अझ विस्तारवादीले देशलाई गाँजेको बेला यस्तो माँयामा फसेर सँम्वेदनहिन बन्नुहून्न भनेर पृथक बिचार सन्चार गरेर राष्ट्रवादीहरुलाई सुसुचित गराएको छन तिर्थ संगम रार्इले । यति सम्म राष्ट्रप्रप्रति सँवेदनशील बनेका छन कि ऊ सामु एउटा मस्त तरुनी युवति आफ्ना सम्पूर्ण जवानी प्रस्फुटन गरार्इ ज्यान समर्पण गरिरहेकी छिन कविता बनेर तर कवि यसो भन्छन् ।
सुनसान ......... चुक झैँ अध्यारो रात
बैरीहरु परेड खेलिरहेको छ
मेरो देश र धर्तिको छातिहरु
तिमी भने,
मेरो झुपडिको विछ्यौनामा
बैशको उन्माद जवानीलिएर
काम वासनाले मदहोस बनेर
सुस्त सुस्त आई रहेकी छ्यौ
तिमीलाई म के उपमा दिउँ -
कामिनि, दामिनी या कामदेवी
भो पर लैजाउ ति म्रा अंङ्ग प्रत्यङ्गहरु
किन भने
यहाँ माटोले रगत मागिरहेको बेला
यो देशको सिमाना मिचि रहेको बेला ।
पृष्ठ ६१
सबै प्रस्तुतिहरुमा साहित्यकार तिर्थ संगम रार्इ व्यापारीक रुपमा प्रस्तुत भए पनि यो कवितामा आएर राष्ट्र भावनाले ओतप्रोत बनेका छन् । झण्डै झण्डै यो कविता लाई प्रगतिधारको भन्न सकिन्छ ।
प्रस्तुति वाक्य गठन शव्द चयन भाषा शैली बिचार र कलाको उचित समायोजन गर्ने कोशिसले पुस्तकको महंगाई ह्वात्तै बढेको छ ।
तलको कविता अंशहरु कविको खुवी जोख्ने कसी हो दृष्टान्त स्वरुप
सलल........... कलकल .. छङ्गछङ्ग गर्दै
बगिरहेका छन् दिखुवा र साप्सुसँगै
जिवनका अनेकौं भङ्गालोहरु
पृष्ठ ६०
माथिको अंश ठ्याक्कै साहित्य जस्तो छ साधारण बोलीचालीका शव्दहरुलाई साहित्य भन्न मिल्दैन साहित्यिक हुनुपर्छ । भनिन्छ लेख्छु भनेर कविता लेखिदैन देख्छु भनेर सपना देखिदैन सपना र रचना हाम्रो अन्तर चेतनाको उपज हो । विशेष त तिर्थ संगम रार्इका रचनाहरु यौवन भएर वगेपनि निस्कर्षमा क्रन्दन , चिन्तन , पिडा, क्रोध, विवसता, चित्कार, अटहास, अनायसता, आँसु, हाँसो , रोदन, छट्पटाहट, माँया, प्राप्ति देखि लिएर राजनितिक विज्ञानको सम्भावना सम्म पुगेका छन् । यतिहुँदा हुदै पनि देखिएको नराम्रो पक्षलाई औँल्याउनु समिक्षकको कर्तव्य ठान्दछु ।
बहाँका रचनाहरु त्यति प्रगतिवादि छैनन् । कथाको निस्कर्षशुन्यवादि छ यसले पाठकलाई सुसुचित गर्न सकेको छैन निर्माण दिन सकेको छैन । सुद्धासुद्धिमा ध्यान नदिएबाट सात्यिकार संगम केहि हतारिएको हो कि भन्न सक्ने ठाँउहरु छन् । साथै कुनै कुनै ठाउँमा शव्द चैनले आमेल पैदा गराएको छ । एउटै श्रष्टाको रचनाहरुको दुइ स्थान पाएको छ यसो नहुनु चाहिँ राम्रो हो ।
दृष्टान्त -सायद कुनै पर पुरुषको र्स्पर्स हुनुपर्छ । पृष्ठ :३४
आस्थाको दुवै नितम्व अमितको ढाडमा ठोकिँदा । पृष्ठ ३९
तीन खण्डमा विभाजित यो पुस्तकमा दोहामा रहेर कलम चलाउने स्थापित साहित्यकार अथवा साहित्यमा महत्व पूर्ण योगदान दिने साहित्यकार तथा कृति प्रकाशन गर्ने श्रष्टाहरुलाई पनि समेटिएबाट यो सोच नविनतम हो भन्नु पर्छ । दोश्रो खण्डको सुभारम्भमा सिताराम आचार्यबाट लिखित सँस्मरण आलेख लेखीको छ । यो सँस्मरणमा विश्व साइकल यात्रामा भोगेका तितो मिठो स्मरणहरु चित्रित छ यसको निस्कर्ष के छ भने प्रदेशमा पनि विश्वमा रहेका नेपाली मुलका नेपालीले सहयोगको आदानप्रदान गर्दो रहेछ भन्ने देखाइएको छ एक बर्मेली नेपालीले सितारामजी लाई सहयोग गरेको छ जो स्वदेशी नेपाली पनि गर्न सक्ने थिएन ।
मेरो खोटाङ्ग यात्रा र साले जिन्दगी शिर्षकबद्ध सँस्मरण लेख साहित्यकार विक्रम चेतनसिल रार्इ ज्युले लेख्नु भएको छ यो लेख घतलाग्दो छ जो एक पटक पढ्नै पर्छ । बषौँ पछि दोहा कतारबाट गाँउ पुग्दा नेपालको हस्ती साहित्यकारहरुसँग भलाकुसारी गरेको रोचक घटनालाई कलात्मक ढङ्गले प्रष्टाएका छन् । २ वटा यात्रा सँस्मरण लेख र भरतविशाल रार्इको हार्दिक श्रदाञ्जली वाइ वाइ दिवश दाइ शिर्षकबद्ध समर्पण वियोगान्त घटना क्रम जोडिएको छ साथै सेलिङ्ग के सीको कथा तिर्खा इखालु रमेश गेलालको घचघचि व्यङ्गय प्रहार विमा खेति यथार्थपरक छ । यो व्यङ्गयले विमाको खेति गर्ने छदम भेषीहरुलाई मिठो व्यङ्गय प्रहार गरेका छन् । दोस्रो खण्ड भित्र परेका ३ वटा कविताहरु स्थापित कलमहरुले लेखेका कविताहरु छन्, जो अत्यन्तै सँवेदनशील र गहकिला छन् । कवि गिरि श्रीस मगरको आस्था होचिएपछि शिर्ष कविताले दरिद्रताको पराकाष्टाबाट क्रान्तिको बुलन्दि गरेका छन । साथै कवि महेन्द्र अदृष्य रार्इको
मरुभुमि कविताले रेगिस्थानमा एउटा नेपालीले भोगेका कुराहरु कवितामार्फ कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । साथै तुलसी विवस भटर्राई आफु कविता बनेर अर्धसत्य ओकलेका छन् । अस्थिरताको नेपाली राजनितिले जन्माएका ज्यानमारा प्रवृतिको चित्रण गरेका छन् ।
तिन खण्डमा विभाजित यो पुस्तकमा ६५ जना कवि साहित्यकारको कविता, गजल, लघुकथा, यात्रा सँस्मरण, मुत्तक, चिठिपत्र, रुवाइ बिचार गीत लगायत राम्रा राम्रा रचनाहरु समावेस गरिएका छन् । कलाप्रेमि मौलाधन र्राई, भुवन सुनुवार, मोहन ढुगाना मेचि पुत्र, लेखराम सापकोटा, सुनिल लिम्बु पाँचथरे साइलो, रञ्जित भण्डारी, सत्र[mय रार्इ, दुखि दिपक राजवँशी, एलन आर के मुखिया, पि आर खनाल, राज कुमार न्यौपाने, पर्शुराम पर्राई, राजु किनारा, प्रकाश बञ्जारा " विहानी", चेस कुमार र्राई, नरेन्द्र खत्रि अविरल, अष्ट जेरुङ्ग र्राई ज्वालामुखि माइला, गजिन के सोताङ्ग, घनश्याम कटेल, राजेश प्रर्साई, एन वी अन्जान, रमेश सागर, यूवराज बेघा, महेश र्राई सानु मुटु, डि आर र्राई, राम चन्द्र र्राई, भुमिराज इच्छुक, दिलिप अविरल, सिता कार्की सानु, भोजराज श्रेष्ठ एकलव्य राज, गोविन्दराज आचार्य प्रेमी, चुना पन्थ, चन्द्रशेर र्राई, शिशिर हलेसे, दिपक निरौला, राजु पौडेल, प्रविण र्राई, चन्द्र बहादुर विक, रामु टुहुरे, राम चन्द्र लामिछाने, सोमनाथ देवकोटा, पोष्टराज र्राई, कुशुम किरण, दिपक सापकोटा, शालिकराम कार्की, देव आवारा, सुरेन्द्र घिमिरे, विमल गिरी, कुन्दन दाहाल, अनुप दाहाल, नगेन्द्र शाहि, अच्युत सुवेदी, शाराष्ठ शालिक, केशर शाह, मोहन पेाख्रेल, राजेश्वर ढकाल, लगायतका स्थानिय श्रष्टा र नव प्रतिभाहरुलाई आफ्नो पुस्तकमा समेट्नुलाई नयाँ आयाम र श्रष्टासँगको तादम्यता कायम राख्न सकेका छन साहित्यकार संगमले । पुस्तकमा समेटिएको सान्दर्भिक कार्टुनचित्रले पुस्तकलाई भारी त प्रदान गरेकै छ अझ यसको आकर्षा आवरणकलाले कागजी बजारमा प्रतिस्पर्धाको माहोल खडा गर्न सकेको छ । राष्ट्रिय साहित्यकार श्रवण मुकारुङ्गको भुमिकाले पुस्तकमा सुगन्ध थपेको छ भने राजधानी अन्तराष्ट्रिय साप्ताहिकका मध्यपुर्व व्यूरो दर अल शार्क दोहाको सँयोजक दिपक पौडेलको शुभकामना साथै कान्तिपुर प्रवास साप्ताहिकका तत्कालिन अरव व्यूरो श्याम सुन्दर शशी ज्यूको पुस्तकको समालोचना गर्नु भएको छ । भने नवोदित साहित्यिक वाचनालय दोहा, कतारले सँस्थागत शुभकामना दिएर उच्च स्थानमा राखिदिएका छन् । पुस्तकलाई साथै नेपाल सरकारको प्रतिनिधित्व गरेर बसेको नेपाली राजदुतावासका महामहिम राजदुत डा. सुर्यनाथ मिश्रको गहकिलो शुभकामना, दोहा, कतारका कोरीयन नागरीक सोहि कम्पनिका ले पनि कसिलो शुभकामना दिएर विदेसीहरु सँगको मार्मिक सम्वन्ध नजिकाएको छ भने प्रकाशनको अति महत्वपुर्ण भुमिका प्रकाशक सानु मोक्तान, लिला योञ्जन मोक्तान, सिताराम आचार्यले निर्वाह गर्नु भएको छ । सँस्करण २०६६ असार ०८ प्रकाशन संख्या १,००१ मुल्य सँस्थागत करि २५ विक्रि वितरण मुल्य करि १० ने रु १०० कभर ले आउट त्रिचन्द्र प्रतिक्षा सहयोगी टि सि एस इन्टरनेसनल पव्लिकेसन शिव शक्ति, प्रेस वागबजारबाट भएको छ यस्को पृष्ठ क देखि फ सम्म र १ देखि १७७ सम्म रहेको छ यो पुस्तकलाई ठुलै मान्नु पर्छ अन्त्यमा वहाँको साहित्ययात्रा यहि गतिमा अगाडि बढ्दै जावोस शुभकामना व्यक्त गर्दछु ।
अलखोर, कतार
प्रधानसम्पादक मुग्लानी सौगात

Aug 4, 2009

अशली वनेम र उन्को गिती अलवम

राई चन्द्र दुमी
संगीतको आफ्नै भाषा हुन्छ जस्लाई जस्लेपनि बुझ्छ भनिन्छ, भनिन्छ मात्रै तर सवैले होईन बुझ्नेहरुलेमात्र बुझ्छन, अझ भनौँ बुझ्ने कोशिष गर्नेहरुलेमात्र बुझ्दछन । चराहरुसंग कविहरु दोहोरो बात गर्छन, खोला खोल्सीसंग प्रेमीलो बार्तालाप गर्दै कविहरु बहकिन्छन, सल्लाको सुसाई, फूलहरुको फूलाई, झुकाई, बिजुलीको चम्काई सवै सवैको अर्थ खोलीदिन्छन कविहरु, लेखकहरु । आफुले बुझेको ति मानवभिन्न प्राकृतिक आवाजहरु हामीसमक्ष राखिदिन्छन एक किसिम हाम्रो दोभाषेहरु हुन कविहरु लेखकहरु । म संग अहिले असली वनेमको यौटा गीती अलवम छ लिम्वु भाषाको, यस्लाई यहि अगाडि बजाईरहेको छु । म लिम्बुभाषा सवै बुझ्दिन फेरी कविहरुले चराहरुको भाषा बुझेजस्तै संगीतको भाषा बुझ्ने म त्यस्तो कवि लेखकपनि होईन तर डुबियोभने कवि भएर होईन संगीतले कवि बनाएर आफ्नो भाषा बुझाउँदो रहेछ । त्यसैले बहिनी अशली वनेमको गीती संग्रह पक्कन्दी मैले भित्रैदेखी बुझीरहेको छु । मलाई यस्ले कवि बनाएरै छाड्यो जो कोहीलाई सुरुको कोरसलेनै आफ्नो प्रभावमा पारेर लिम्वुवानको रमाईलो डाँडापाखा खोलानाला,झारजंगल, छहराछाँगा, भिर पहरा घुमाईदिनेछ ।
लिम्बु लोकसँस्कृतिक संगीतको अशल पहरेदार गायक संगीतकार धनबीर साँवासंग मैले पहिलेपनि सनर्राईजबाट अन्तर्वार्ता गरेको छु संगीत गायन र लेखन समेतमा उनैको भूमिका बढि छ पक्कन्दीमा । पक्कन्दी (उपरखुट्टी लगाएर एक किसिम आरामी बसाई) नाम जुराईएको यस संगालोमा असली वनेमले स्वरमात्र दिएकी छैनन, पैसा लगानीपनि गरेकीछिन क्यारे, यस्लाई म भाषा सँस्कृति सम्बर्द्धनको कित्तामा राखेर उन्लाई धन्यवाद दिन्छु । हंगकंगमा गीत संगीतप्रति लगाव राख्नेहरु रहरले पैसा खर्च गर्छन तर त्यो रहरनै आज आवश्यक्ता हुनआएको छ । दुखले कमाई गरेको पैसा संगीतमा लगानी गरेर उनिहरुले मनोरञ्जन र सँस्कृति संरक्षणको दोहोरो सेवा गरेको छन । फेरी उनिहरु आर्थिक घोटालाबाट तर्सेर संगीतबाट भागेकापनि छैनन अलग्गिन सकेका छैनन, साहित्य बिशेष गरेर कविता क्षेत्रमा एकताका ७०, ७५ नाम थिए पलायन भएर गए, अहिले १२,१५ बाँचेको छन, आर्थिक अभावलाई स्विकारेर उत्कृष्ट जीवन बाँचिरहेको छन । तर संगीत, गीत गायन,बजान क्षेत्र बढी रिस्क भएरपनि त्यस्तो भएको छैन । कुनैपनि कुरालाई जव निन्तरता दिईन्छ, साधना सामना गरिन्छ तव त्यस्ले पुर्णरुप लिन्छ पुर्णकार लिन्छ भोली सुन्दर फूल भएर फक्रन्छ । सौन्दर्यको लागि फूल समाजको आवश्यक्ता हो, त्यो सौन्दर्यको अर्को नामनै सभ्यता हो । नेपालतिर फर्केर हेर्दा बिरक्त लागेपनि हंगकंगमा हरेस खाएको छैनन, साधकहरु संघर्ष गर्दैछन निरन्तर ।
पक्कन्दीमा पहिलो गीत पक्कन्दी छैन, लिम्बुवान लाजे (लिम्बुवान राज्य) शिर्ष कको गीत छ । यस्मा एकहुल नारी स्वरहरुले च्याब्रुङबाजा (ढोल) संग यति सुन्दर कोरस तानीदिएको छन । हामी गैहृलिम्बुहरुलाई शब्दहरुसंग अल्सि लाग्दालाग्दैपनि मलाई यी दुइ कुराहरुले ताने चुइ.या हा हा. हो हो । ख्यालीमा तयार पारेको यो गीतको बिचबिचमा जति ति स्वरहरु आउदै गए म २०, २२ बर्षअगाडिको लिम्बुवान भ्रमण गर्दै गएँ । अघि बढने क्रममा फोक्सोङ, खाम्वेक, इक्सा जस्ता शब्दहरु आउन थालेपछित मैले सवै गीतहरु बुझिसकेको थिएँ । त्यही ताप्लेजुङको गुरुङहरुले हेर्वेट भन्ने सेक्मुरी सिङजावोहरुसंग म लिम्बुनीहरुलाई तुलना गर्थें त्यतिबेला । तेहृथुमको तम्फुलामा बिष्णु लुंगा (सवैले नाम परिवर्तन गर्छन भन्छन म गर्दिन, भन्दिन उनी बिष्णुमाया नै हुन बोल्दा हामी मायालु लुंगा हुन्थ्यौँ) गीतले मलाई उनीसंग धान नाचेकोसम्म पुर्यायो चुइ........हो हो हा हा । साँच्चिकै लिम्बुवान लाजे पहिलो गीतनै जादुमय छ जस्लाई धनबीर आफैले लेखेर संगीत गरेर स्वर दिएका छन ।
दोश्रो गीतमा आफ्नै कल्पनामा डुबिन्छ "र्छुइ र्छुइ पक्कन्दी,,। लिम्बुवान यतिबेला डाँडापाखा पर्वतनै उचालेर रमाएको छ । उत्ताउलिएन, उचाटिएन, आत्तिएन, मात्तिएन र पात्तिएनभने उनिहरुको रगतले कोरिएको यो गर्विलो सिमा उनिहरुको रगतले धर्तीको केही भाग जगमात्र होईन केन्द्रसम्मै छिचोलेर स्थाई जग बसाल्नेछ, कहिल्यै नढल्ने, ढाल्न नसकिने । सम्पूर्ण लिम्बुवान यस्तरी उन्मुक्तिएर रमाएको छ उभिएको छ जताततै उनिहरुको सँस्कृतिको परम्पराको गीत नाचहरु घन्कन थालेको छ स्वतन्त्र । म सोच्दछु लिम्बुहरुले आज पाएको यो हर्षोल्लासमा ने.क.पा. माओवादीलाई जोडेर हेरेको छन की छैननहोला । मलाई राम्रैगरी थाहा छ हिजो स्व. भक्त बहादुर कन्दङवाहरुले जातीय अस्तित्व बचावकोलागि एक हुनुपर्ने कुराहरु उठाउँदा आफ्नो धर्मकर्म संरक्षणको सरसल्लाह गर्दा हिन्दूधर्म नमान्ने साम्प्रदायिक, अतः भनेर महिनौँ जिल्ला धाउँनु परेको थियो तारिक खेप्न र स्पष्टिकरणदिन । सूर्य बहादुर जिउँदै रहेछन अस्ति बि. बि. सि.मा भुक्दै थिए । खैर, यी कुराहरु छाडिदिउँ स्वर संगीत शब्द तिनैओटा बिधामा धनबीर सावाँले मेहनत गरेको यहा यस्तै परिकल्पना गर्दै गीतको मर्मलाई खासै पक्डनेतिर गईनछु म । गीतलाई सवैले सुन्नैपर्छ अझ याक्थुम्वाहरुले मनमा खिल्ने गरेर बुझ्नुपर्छ "र्छुइ .........पक्कन्दी........।
चासोक तङनाम लिम्बुहरुको एक महान पर्व उधौली हो । नयाँ अन्नबाली उठाउँने र आफ्नो पितृ पूर्खाहरुलाई चढाउँने यस पर्वको वरिपरि केन्द्रित रहेर भुपेन्द्र चेम्जोङ (मुक्कुम)ले यस गीतलाई रचना गरेका छन । असली वनेम र स्वयं धनबीर साँवाले युगलस्वर दिएको यो गीत सुन्दा असलीको स्वरले दंग परें म । अशलीले म्युजिक ट्रयाकमा त्यसरी आफुलाई कुधाउन सक्लिन जस्तो पटक्कै लागेको थिएन । तर सावाँले संगीत दिएको समला तालको यस युगल गीतमा यस्तरी मेलोडी पक्रेर सुर लगाएकीछिन की यस्ता हजारौँ गीत उन्ले रेकर्ड गरिसकेकीछिन जस्तो । अशलीले सोझो पालममात्र होईन इन्स्ट्रुमेनको घुमाउँरो तालमापनि सुर लाउँन सक्दीरहिछन म छक्क परेको यहानै हो, यस्लेनै हो । झट्ट हेर्नलाई आजको आधुनिक युगमापनि ताप्लेजुंगको कुनै दुर्गम भेगमै छिन जस्तो बोल्ने हाँस्ने अशली स्टुडियोमा उभिएर त्यस्तो गीत गाउलिन जस्तो जो कोहीलाई लाग्दैन तर उनी आफ्नो सँस्कारगत ब्यवहारलाई जिवन्त राख्दै आजको युगलाई राम्रैसंग कब्जामा राख्न सफल ब्यक्तित्व रहेछिन । मैले मेरै अगाडिपनि गाउँन भनें, एक किसिम अर्डर, उन्ले अप्ठ्यारा बिटको गीतहरुपनि सहज उर्ठाईन । नेपालको लामो बसाईमा संगीत कक्षापनि लियौकी के हो ? होईन, छैन, भियाईन, दिनेशजी हंगकगमै भएकोले यो चाही ढाँटीन्नकी........ ।
भिमा खजुमले लेखेकीछिन आतन केवे (कहाँ गयौ) खजुम भन्नेसाथ मलाई कवियित्री बहिनी गीता सन्तापको याद आउँछ । भिमा यौटा योद्धा बहिनीपनि छिन (नाम परिवर्तन) चुलाचुली क्याम्पमा, तर उनि चाही याक्सो । पारिजात दिदीलाई आदर्स मान्ने गीताले यतिबेला हो लेख्नुपर्ने, खई कता छे गीता खजुम । याक्थुङबा याक्थुम्माहरु यतिबेला जर्मुराएका छन भाषा सँस्कृति संरक्षणकोलागि । केही गीतहरु ६,७ बर्ष अघि देखेको छु मैले गीताको, जस्मा प्रणय प्रिती र देशभक्ति दुवै थिए, दुवै कुराहरु समाजको आवश्यक्ता र प्राकृतिक कुराहरुनै हुन । तर आज सौन्दर्यवोध गरेर नश्लीय चेतनामा लेख्नुले छुट्टै महत्व राख्दछ मुलुकमा । चाहे त्यो देशभक्तिको होस चाहे प्रणय प्रितीको तर यता जनजाति गीत समुह समेत सकृय भईसकेको हुनुपरेको यो घडी हो छुट्टै महत्व राख्दछ भाषागत शब्द रचनाहरुले । खेताला लगाएर शब्द बुझ्दा भिमा खजुम राम्रो जमेकी छिन, उन्ले फेरी फेरीपनि उपस्थिति जनाईरहन पर्छ सम्भवत माग मेरो होईन सप्पै सप्पै संगीत पारखी प्रेमीहरुको नेतृत्व गरेर बोलिरहेको छु ।
समला बिटलाई काटेर फास्ट बिटमा संगीत दिइएको छ बिष्णु याक्सोले लेखेको गीत सोरेओ सोरेओ (ब्युझ है, उठ है) त्यसैले गीतै नबुझेपनि नाचौँ नाचौँ लाग्छ जो कोहीलाई । करिव पुलिस आर्मीले कवाज खेल्ने स्टायलको बिटमा बनेको कुनैपनि पार्टी फंक्सनतिर नाच्न अति सुट दिने खाल्को यो गीत भविष्यमा कुनै कवाज खेल्ने धुन बन्नसक्छ । लिम्बुवान स्वतन्त्रताको दिन मार्चपासको लागि छनौट गर्छु सावाँको यो संगीतलाई । त्यो दिन यो नै गीत बजाउन र नाच्नुपर्छ है असली बहिनी..........। लिला सिंघकले स्वरमा साथ दिएको यो युगल गितमा सावाँ र लिलालाई सुन्दा भविष्यमा अरुपनि धेरै गीतहरु रेकर्ड गरुन उनिहरुले भन्नेजस्तो लाग्छ, ६ नम्बरको गीत ।
बल्लमात्रै आए कोरस समुहहरु तक्संघो लेप्साङ स्वप्निल स्मृतिको गीतमा । बेहुलीभन्दा बेहुलीको साथी राम्री लागेजस्तै साँच्चिनै सुनमा सुगन्ध खुलेको छ यहापनि कोरसवालाहरुको प्रश्तुतिले । सुरुमा १ नम्बरको गीतमा म यो समिक्षाकोलागि यहि समुहबाट आकषिर्त भएर तानिएको हुँ समिक्षा लेख्न । संगीत हो, भाषा यति बलवान हुन्छ यस्को, त्यस्को पृथक आफ्नो भाका हुदैन संगीत साम्प्रदायिक छैन । संसारमै त्यहि हो सारेगम । स्वप्निल स्मृतिको यो गीतमापनि धनवीरको एकल स्वर र सगीत रहेको छ, थाहै नपाई खुट्टाहरु चल्न थाल्छन छमछम गरेर ।
मैले चाहेजस्तै कोरस परिहरु छिटोछिटो उदाउँन थाले । आदाङमे हो गीतमा धुलो उडाउँदै आए फेरी लिम्बुवानकी मेरी उर्वसी, रम्भा, तिलोत्तमाहरु । माथि भनेजस्तै कम्बर मर्काई मर्काई नाचुँ नाचुँ लाग्ने समला फास्ट बिटमा बनाईएको यो गीत भविष्यमा लिम्बु जातिहरुको पार्टी सुभकार्यहरुमा नाच्नकोलागि अनिबार्य गीत हुनेछ र छिट्टै गैहृ लिम्बुजातिहरुमा सरुवा हुनेछ । हाजिकेको रोलपनि दिन सकिने बाँसुरीको धुन र यस्स.....यास्स.......क्यारीकेचर स्वरहरु दिईएको यो गीत कुनै फिल्मलाई नृत्यको लागि बनाईएको जस्तो महसुस हुन्छ । या कुनै फिल्मले त्यस्तो बनाउँन सक्छन, त्यसरी प्रयोग गर्नसक्छन भविष्यमा । मौका पाएँ भनेर लुड्याउँनेतिर नजानु है असली र सावाँ ? लिम्बुहरु जोकरलाई हँसाउँनेलाई या रमाईलो मान्छेलाई हाजिके भन्दछन । यौटा वस्तिमा गाउँमा एकदुइ हाजिके भएनन भने सुन्य फिलिङ हुन्छ । बिचबिचमा यास..... यास्स.... जस्ता हाँस्यरसका लयबद्ध आवाजहरुले गीतभरीनै हाजिकेलाईमात्र स्टेजमा उतार्दापनि रमाईलै हुन्छ तर ..............खोजेको गीत उत्ताउलो भने होईन । स्वस्फर्त हाँसोभरी दर्द बोक्ने चार्ली चाप्लिन जस्तो अभिनय हुनपुग्छ, तिनै बिधा धनवीरले सम्हालेको ७ नं को गीत ।
तुत्तुदिन हेना सवै क्षेत्रमा धनवीरको बर्चस्व रहेको यो ८ नम्बरको गित उदियमान गायिका कविता बेघाले स्वरमा साथ दिएकी छिन । सुस्त समला (ढिलो) विटको यो गीत बल्लमात्र लिम्बु शैलीको संगीतमा आयो यो यौटामात्र गीत । शब्दत थियोनै यसरी शैलीपनि आफ्नोपन बोकेको गीत बज्दा लिम्बुवान आफ्नो सँस्कृति बोकेर जुरुक्कै उठेको अनुभूति हुन्छ फेरी अर्को एकपल्ट । साँच्चि यो दिन ल्याउँन कतिधिला गरेछौँ हँ हामीले ? आज डाँडा पाखाभरी च्याब्रुङको केलाङ माङलाङ घन्कँदा लिम्बुवाननै उजेलिएको छ । मनै खाएर, तनै जलेर आउँछ यस किसिमको कुराहरुले गर्दा यसअघि खुल्ला आफ्नो भाषा सँस्कृतिमा रम्न पाईएको थिएन । हामीले धिला गरेछौँ बन्दुक उठाउँन, अवपनि धिला गर्यौँ भने आउँदै गरेको पुस्ताहरु खासै भरलाग्दा छैनन ।
बिदेशिनु वंशाणुगत नियम जस्तो भईसकेको र त्यहिमाथि आजको टिन एजहरुमा फेसनको रुप लिईरहेको यस अवश्थामा अमेरिका जान्छस - भनेर सोध्योभने यति छिटो बुर्कुसी मार्छन, हेरौँन भुटानमा आफ्नो माटोको माया गरेर झापामा खर्केको शरणार्थीहरु अमेरिकाको लागी लामलागेको । माटोको माया गर्नेहरुपनि थिएभने त्यो भौतिक सुखमापनि कति भुटानी रोईरहेको होलान अमेरिकामा भुटानको माटो सम्झेर । के खान पाउँनकैलागि आफ्नो रगत पसिनाले सिंचेको माटो माया मार्न सकिन्छ -
हामी जति बुढ्यौलींदै जान्छौँ उति पिरोलिंदै जान्छौँ म मेरो शरिरलाई मेरो गाउँको माटोमा मिलाउँन पुग्छु होलाके,त भनेर । तर हाम्रो शन्ततीहरुलाई अगुवाई गर्नेहरु म मेरो प्राण बणारसको गंगामा पुरयाउँछु होलाके,त भनेर चिन्ता गर्नेहरु छन । मरिसकेरपनि भारतपुग्ने चिन्तामा डुब्नेहरुको यो हुलमा, नेपाललाई सिर्फ रमाईलो लुटने र कमाई गर्ने थलोको रुपमा प्रयोग गर्दै आएकाहरुले नेपाल राज्यप्रति सक्दो बितृष्णा बढाउँने मनोवैज्ञानिक रोल प्ले गरिरहेका छन हाम्रा जनजाति थेप्चोहरुलाई । यर्सथ हामीले हाम्रो यो पुस्ताले यसरी असली वनेम, धनवीर सावाँहरुले जस्तै, लाजेसा याक्थुम्वाहरुले जस्तै भक्त बहादुर कन्दङवा, धर्मचन्द्र लावतीहरुले देखाएको बाटोमा नहिडेर प्रतिदिन नाङ्गीदै गएको ईण्डियन आईडल र अनेकका सिरियलमै डुब्दै गयौँ भने, नाङ्गएिर जंगलनै पसिसकेको हलिउडलाईनै कथित आधुनिक सँस्कृतिको रुपमा पिछा गरिरहने हो भने त्यो भन्दा ठूलो अर्को कुनै भुल हुनेछैन अस्तित्वको लर्डाईमा सिधा पराजित हुनेछौँ । अर्को शताब्दितिर कुनै वैज्ञानिक निस्केर खोज्दा चन्द्र समसेरले जस्तै जलाई सकेको हुनेछ आजसम्म दुखले संकलन गरिएको टिप्पणीहरु । तर्सथ आजै तयार हौँ, गीत संगीत साहित्य राजनीति जताततै आफ्नो पकड कायम गरौँ जस्ले जानेको छ ।
आसेवारो