त्यस्तै अन्य गीतहरूमा बिदेशमा भोगिने दुःख, जन्मीएको ठाँउ र बालापनको याद देशको चिन्ता साँस्कृतिक झल्को जस्ता बिविध कुराहरू छन् । गीतकार आफै गायिका भएकोले होला आफ्ना गीतको गेयात्मकतालाई सहज बनाइएकोछ । गीतहरू सरल र मीठासपूर्ण छन् । ज्यादा जसो गीतहरू एउटै संरचनाको र प्रायजसो दुई अन्तराका छन् जो चलन चल्ती कै कुरा हो । गीतको सम्पूर्ण पक्षमा बहस गर्नु मेरो क्षमता बाहिरको कुरा पनि हो । श्रवण मुकारुंगले घुमाउरो पाराले भने झै नेपालका दिग्गज गीतकारहरू जो गीतको महाबिद्यालय नै हुन् वहाँहरूलाई अध्ययन गर्नु सायद हरेक नयाँ गीतकारको बुद्धिमानी नै होला भन्छु । गीतकारलाई मीठो गीतहरूको लागि बधाई र थप सृजनाको लागि शुभकामना अनि तपाईका गीतहरू अमर बनोस भन्ने सुभेच्छा दिन चाहन्छु ।Jun 14, 2012
सम्झन लायक बिर्सीएका गीतहरु
त्यस्तै अन्य गीतहरूमा बिदेशमा भोगिने दुःख, जन्मीएको ठाँउ र बालापनको याद देशको चिन्ता साँस्कृतिक झल्को जस्ता बिविध कुराहरू छन् । गीतकार आफै गायिका भएकोले होला आफ्ना गीतको गेयात्मकतालाई सहज बनाइएकोछ । गीतहरू सरल र मीठासपूर्ण छन् । ज्यादा जसो गीतहरू एउटै संरचनाको र प्रायजसो दुई अन्तराका छन् जो चलन चल्ती कै कुरा हो । गीतको सम्पूर्ण पक्षमा बहस गर्नु मेरो क्षमता बाहिरको कुरा पनि हो । श्रवण मुकारुंगले घुमाउरो पाराले भने झै नेपालका दिग्गज गीतकारहरू जो गीतको महाबिद्यालय नै हुन् वहाँहरूलाई अध्ययन गर्नु सायद हरेक नयाँ गीतकारको बुद्धिमानी नै होला भन्छु । गीतकारलाई मीठो गीतहरूको लागि बधाई र थप सृजनाको लागि शुभकामना अनि तपाईका गीतहरू अमर बनोस भन्ने सुभेच्छा दिन चाहन्छु ।Jun 6, 2012
काव्यकृति "कोसेली परदेशबाट" को - कृति समीक्षा
कवि नगेन्द्र ईङ्नाम "आठराईली" को काव्यकृती न्यू योर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढी सकेको हुनुपर्दछ । यसै पुस्तकको बारेमा छोटो समीक्षा गर्ने जमर्को गरेको छु ।
कवि ईङ्नामको काव्य बिशेषता भनेको स्वछन्दता हो । उनको हरेक कवितामा कुनै सीमा छैन । जहाँतहिं पानी जस्तै सलल बगिदिन्छन,उनका कविता सरल र सहज भाषामा अनि आफ्नै कलामा । हरेक लेखकहरुको आफ्नै प्रकारको एउटा लेखन कला, भाषा र तरीका हुन्छ । ईङ्नामको लेखन कलाले खासगरी भन्नुपर्दा आम पठकको मन छुन्छ । जुनसुकै बिषय र भावमा तुरुन्तै कविता तयार गर्ने खुबी उनमा पाईन्छ । उनको कवितामा खासगरी स्थानीयता,आञ्चलिकता साँस्क्रिती, जातीधर्म, भोगी ल्याएको जीवन, गाउँघर, देश, समाज, परदेश अनि मानवीय संबेदना र प्रेम जस्ता विषयवस्तु प्रसस्तै पाईन्छ ।
कवितालाई क्लीष्ट बनाउनुपर्छ अन्यथा यो कविता हुन सक्दैन भन्ने आजको सोचलाई कविले पछ्याएका छैनन । आम पाठकलाई सुपाच्छ छ यो कृती । अर्को कुरा कविताले कुनै वाद र धार नै आत्मासात गर्नुपर्छ भन्ने मान्यता पनि यस कृतीले बोकेकोछैन । पाठकको दिल छुने खालको श्रीजना तयार गर्नु भनेको अमर हुनु पनि हो । कविको महत्वपूर्ण पक्ष आफ्नो कलाले पाठकलाई आनन्द दिनु हो, पाठकको मनको भाषा अक्षरले बोल्नु हो र पीडालाई छाम्नु हो । कवि अल्पग्राह्य छैनन सर्वग्राह्य हुन सक्नुपर्छ जुन कुरा ईङ्नामका सरल कवितामा पाईन्छ ।
अब ऊनका केही कविताहरुलाई केलाउनेतर्फ लाग्नु पर्दा . . जब म तेह्र घण्टाको लामो ड्यूटी सिध्याएर थकित शरीरलाई रेलको डब्बाभित्र थुपार्छु त्यसबेला कवि नगेन्द्र ईङ्नामको कविताँश मनमा आउँछ । Mar 6, 2012
सरल गीतहरु बिर्सिएका गीतहरु
Jul 2, 2011
कवि खेमनाथ दाहाल द्वारा लिखित "श्वेतपत्र" मा एक दृष्टिकोण
Dec 10, 2010
मोडल तथा गीतकार गीता पालुङवाको हाङनेर्इल्ले
वजारसंगै जोडिएको दोखु गाउकी गीता प्राविको शिक्षक चर्चित स्व. तुलसी पालुङवाकि एक्ली छोरी हुन् । उनी पनि स्थानीय स्तरका कलाकार थिए । गीताको एकजना भाई छन् । गीता ताप्लेजुङ वजारको भानु स्कुलवाट एसएलसी दिएर १६ वर्षो कलिलै उमेरमा हङकङ प्रवेश गरेकि थिईन । उनलाई हङकङ आएतापनि यहाको आधुनिकताले छोएन । छोटो फ्रक तथा छोटो हापेनले लोभ्याएन । डिस्कोले मन तानेन । वरु आफ्नै जातिय भाषा, पहिरन प्यारो लाग्यो । संस्कार संस्कृतिको मोह रहयो । त्यसैले उनले गुन्यू चोली सारी लगाईन । गहनामा सिरवन्दी, कण्ठ, सुनको फूल लगाईन । उनले गीत कवितावाट जनजातिय आवाजहरु उठार्इन । उनी जनजातिय संगठनहरुमा रहेर जानजातिय कुराहरुलाई उजागर गर्ने व्यक्तित्व पनि हुन् । उनी सम्पादक तथा पत्रकार पनि हुन् । गीता पहिले कवयत्रि हुन । त्यसपछि गीतकार । उनी उद्घोषिका पनि हुन् । उनले अन्य २ वटा नेपाली गीती भिसिडिहरु पनि यस अगाडिनै निकालीसकेकी थिईन् । हङकङमा यीनै विषयहरुमा स्थापित गीता अहिले आएर मोडल पनि भएकि छिन् । उनी राम्रो डान्सर पनि हुन् । त्यस्तै गीत प्रस्तुत कर्ता भएकिछिन् । यसरी गीत संगीतमा रमाउने गीता पालुङवाले भर्खरै लिम्वु भिसिडी तथा त्यसको म्यूजिक भिडियो "हाङनेर्इल्ले" वजारमा ल्यएकी छिन् । जुन हेरेर लिम्वु म्यूजिक भिडियो, कलाकारहरुको स्तर पनि गहकिलो भएको महसुस भएको छ । कलाकारहरुको अभिनय खारिएको छ । विशेष गरेर गीता पालुङवा मोडल र हेमराज अङछङवो मोडल को भूमिका प्रसंसनीय छ । हङकङका याक्थुङ सामाजिक कार्यकर्ताहरु यी दुवैले लिम्वुहरुको वारेमा गरेको कार्य सह्रानीय मान्नुपर्दछ । यसमा अभिनित अन्य कलाकारहरुको अभिनयमा पनि शंका गर्ने ठाउ छैन । लिम्वुवानको पवित्र तथा रमणीयस्थल मेन्छ्यायेम गुफा पोखरी क्षेत्र -तेरथुम संखुवासभा), ताप्लेजुङ चांगेको गोर्जा तथा चागे गाउ तथा फक्ताङलुङ-कुम्भकर्ण) क्षेत्रको सम्पूर्ण दृश्यहरु समेटेर खिचिएको छ । ताप्लेजुङको रमणीय स्थल सुकेटार र त्यहांवाट समेटिएर खिचिएका पाथीभरा, फकताङलुङ तथा वरिपरिको हिमाली पहाडि दृश्ष्य लगायत ताप्लेजुङ वजार, भानु स्कूल, दोखु गाउ लगायत ताप्लेजुङको अन्य क्षेत्रहरु तमर र अन्य नदीहरुको कलकल वगाईहरु तथा पाचथर क्षेत्रका विविध स्थानहरु समेटिएको उक्त म्यूजिक भिडियोले लिम्वु र लिम्वुवानको सुवास भरमन्दुर वोकेको पाईन्छ । यी रमणीय दृश्यहरुको रसास्वादन गर्न पाउने जो कोही पनि मन्त्रमुग्ध नभईरहन सक्दैनन । फिल्मी निर्माण क्षेत्रमा लाग्नेहरुले अवश्य आगामी दिनहरुमा यी क्षेत्रहरुलाई समेट्ने देखिन्छ । यासेली योङयाङको हाक्पारे ख्याली तथा खारिएको अभिनय, हेमराज लिम्वु र सावित्रा र्इङनामको धान नचाईले साच्चै याक्थुङ समाजको जीवन्त अनुभूति गराउदछ । गीता पालुङवाको पढार्इ, शिक्षिका र स्वास्थ्य कर्मीले पेशागत कुराहरुलाई उजागर गरेको पाईन्छ । यसले लिम्वु सांगितिक विकासलाई आधुनिकतातिर मोडेको पाईन्छ । यो एल्वमको अभिनय हेरेर गीता पालुङवाको मोडलिङ क्षेत्र तथा अभिनय क्षमता स्थापित भएको छ । उनी लिम्वु भिडियो म्यूजिक क्षेत्रको अभिनय क्षेत्रकि चर्चित मोडल भएकी छिन । यसमा समेटिएका अन्य गीतहरुले पनि माया पिरती तथा रोमाञ्चकतालाई उजागर गरेको पाईन्छ । गीतकार, मोडल तथा एल्वम प्रस्तुतकर्ता गीता पालुङवाको आंटिलो प्रयासलाई प्रसंशा गर्नैपर्दछ । उनी लिम्वु महिलाहरुमा पहिलो भिडियो निर्माण गर्ने हुन । उनी जुझारु युवती हुन् । उनको यस्तै कार्यक्षमता देखेर पहिलेनै किरात याक्थङ चुम्लुङ हङकङले प्रसंशा पत्र प्रदान गरेको थियो । उनवाट लिम्वु समाजले धेरै आश गर्ने ठाउहरु छन् भने उनको कार्यहरुलाई पछ्याउनुपर्ने पनि हुन्छ । आगामी दिनहरुमा पनि उनवाट यस्तै अति राम्रा गीतहरु तथा भिडियो म्युजिकहरु आउन सकुन् । यस हाङनेर्इल्लेमा अभिनय गर्ने अन्य कलाकारहरुमा सिर्जना पन्धाक, उपासना नेम्वाङ, साहारा सेर्मा, अर्जुन मादेन, सविन तुम्वाहाम्फे, सुरेश नेयोङ छन् भने गायक गायिकामा मनु नेम्वाङ, विष्णु चेम्जोङ, सीता सिंगक, सरिता अङछङवो, दिपक लिम्वु, यासेली योङयाङ, सुसन साम्सोहाङ रहेका छने । निर्देशक रवि सेर्मा, सागर सुव्वा, छायाङकन वावु श्रेष्ठ, उत्पादक तथा वितरक र्इना क्यासेट सेन्टर रहेको यो सातवटा गीत समेटिएको भिडियो म्यूजिकको निर्मात्री आलमाया आङवुहाङ(पालुङवा)को रहेको छ । सेवारो ।Oct 16, 2010
लिम्बुवान राज्यको सँक्षिप्त र्इतिहास र पुनः स्थापना पुस्तकभित्र
स्थापना" पुस्तक सही समयमा लेखिएको एउटा दस्तावेज हो । लिम्बुवान पुनः स्थापनाका लागी भनौ वा लिम्बुवान राजनीतीमा होमीएका राजनितीकर्मी (राजनितीशास्त्रमा स्नातकोत्तर, अर्थशास्त्र र अंग्रेजी साहित्यमा स्नातक गरेका) साहित्यकार, इतिहासकार तथा लेखक दिल बहादुर पालुङवाले उपन्यासहरु त्यान्द्रो, छोटो पmक र किरात लाजे लिम्बुवान सामान्य ज्ञान लगायतका कृतिहरु प्रकाशीत गरी सक्नु भएको छ । ति अघिल्ला पुस्तकहरुमा भन्दा यसमा उहाले धेरै खोज सोध तथा अनुसन्धान र मेहेनत गर्नु भएको छ । यस पुस्तकलाई लेखकले तिन खण्डमा बिभाजन गर्नुभएको छ । खण्ड क मा- लिम्बुवानको इतिहास, सिमाक्षेत्र, लिम्बुवानका राजाहरु, व्यक्ती वयक्तीत्वहरु, र ऐतिहासीक स्थलहरु समाबेस गरीएको छ । खण्ड ख मा- लिम्बुवान राज्यको पुनः स्थापना सम्बन्धी आफ्नो अमुल्य बिचारहरु, लिम्बुवान स्वायत्त अधिकार पुनः स्थापित हुनु पर्छ भन्ने तर्कहरु र लिम्बुवानमा स्थापित गर्न सकिने पक्षहरु अघि सारिएको छ । त्यस्तै खण्ड ग मा- लिम्बु जातीहरुको आकृति, स्वभाव र बिशेषताहरु, भेषभुषाहरु, चार्डपर्वहरु र लालमोहरहरु लगायत बिभिन्न सामाग्रीहरु राखीएको छ । समग्रमा उहाँले छैटौ शताब्दी देखि एक्काईशौ शताब्दी सम्मको लिम्बुवानको अवस्थिती समेट्नु भएको छ । पुस्तकमा यिनै लिम्बुवानको ऐतिहासीक बिशेषताहरु, ऐतिहासीक स्थलहरु, धर्म सँस्कार र सँस्कृतीहरु, ऐतिहासीक अन्दोलन र घटनाहरु, लिम्बुवानको राजाहरु, योद्धाहरु सहिदहरु र बिर पूर्खाहरुलाई प्रमाणको रुपमा पेस गर्दै लिम्बुवानको औचित्य अनि महत्वमाथि प्रकाश पार्नुभएको छ । जसले लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाको कुरा उठाउदा लिम्बुवानमा लिम्बुजातीहरुको जनसँख्या खोज्नेहरुलाई जवाफ दिएको छ । जसले कथित नेपाल एकिकरणको समय देखि दशबर्षो जनआन्दोलन सम्म आईपुग्दा लिम्बुवानका लागी लिम्बुवानी जनताहरुले बिभिन्न समयहरुमा गरेको आन्दोलनहरु, सघर्षहरु, उनिहरुले निभाएका भुमिकाहरु र आवाजहरु नसुन्ने, नबुझ्ने वा सुनेर, बुझेर पनि बुझ पचाउनेहरुलाई जवाफ दिएको छ । अनि हाल लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाका लागी सघर्षरत सम्पुर्ण लिम्बुवानबादी नेता, कार्यकर्ता र लिम्बुवानबासी जनताहरुका लागी यो पुस्तक एउटा दरिलो प्रमाण बनेको छ । लिम्बु र लिम्बुवानको बारेमा पुस्तक भन्छ, लिम्बु पूर्खाहरुले प्राचीनकाल छैटौ शताब्दीदेखि र्इसापूर्व पाँचहजार बर्षम्म बिभिन्न काल खण्डमा किरात राज्यको रुपमा बिशाल क्षेत्रमा राज्य गरेका थिए । यहि जातीको एक शाखा कालान्तरमा लिम्बु भएर निस्कियो । उनिहरुले राज्य गरेको तथा बसोबास कायम गरेको भुःभाग लिम्बुवान भयो । त्यस्तै-छैटौ शताब्दीतीर लिम्बुवान क्षेत्रमा आठ राजाहरुले राज्य गर्दथे । तर उनिहरुले जनताहरुलाई बढी अन्याय गर्न थाले । जनताले अन्याय महसुस गरी क्रान्ती छेड्ने भए । धनुकाण द्धारा युद्धको आहृवान गरी आठ राजाहरु बिरुद्ध लड्दा लड्दै जनताको बिजय भयो । त्यसपछि उनिहरुको चुम्लुङ्ग बसी धनुकाणले जितेको त्यो भुमिलाई लिम्बुवान नामाकरण गरे । र धनुधारी उनिहरुलाई लिम्बु घोषित गरे । उनिहरुले जितेको भुःभागलाई दश थुम -संघ) मा बिभाजीत गरी सँघीय अवधारणामा राज्य सँचालन गरे । पछि सात उपथुमहरु छुट्याईयो भनि उल्लेख गरीएको छ । यसलाई लिम्बुवानमा हालसम्म जुनसुकै ठाँउहरुमा प्रयोग हुदै आएको सत्र थुम दश लिम्बुवान भन्ने वाक्याँसले समेत पुष्टी गर्दछ । यसैगरी गोर्खाका राजा पृथ्बी नारायण शाहाले लिम्बुवानसँगको लर्डाईमा सत्र पटक भन्दा बढी हारखानु परेपछि लिम्बुवानको केन्द्रिय राजधानी बिजयपुरमा १८३१ साउन २२ गते गरीएको द्धिपक्षीय सम्झौता पत्र -तसल्ली लालमोहर) लगायतका कागजी प्रमाणहरुले यस पुस्तकलाई अझ गहकिलो बनाएको छ । पुस्तकमा भनिएको छ । यसरी १८३१ भन्दा अघि स्वतन्त्र तथा १८३१ पछि स्वायत्त राज्यको रुपमा रहेको लिम्बुवान राज्यलाई केन्द्रीय सरकारले गिद्धे नजर लगाउन छाडेन । अनेकौँ बाहानामा एकपछि अर्को गर्दै लिम्बुवानको अधिकारहरु खोसिदै लगीयो । र्सबप्रथम त लिम्बुवानमा लिम्बुहरुलाई भुमीको अधिकारबाट अलग गराउन १९६३ तिर लिम्बुवानमा नापी गर्ने कार्य भयो । त्यस्तै लिम्बुवानलाई दबाउन लिम्बुवानको धनकुटा, र्इलाम, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका ठाँउहरुमा केन्द्र सरकारले अड्डा अदालतहरु राख्न तयारी सुरु गर्यो । यसै शिलशिलामा १९५२ मा ताप्लेजुङ्गमा अमिनी अड्डा राख्ने सवालमा लिम्बुवानी जनताहरुबाट ब्यापक बिरोध गरीएको थियो । यही बिरोध कार्यमा सहभागी आठर्राई हाङ्गपाङ्गका लिम्बुवानबादी होनहार ब्याक्ती बाजहाङ्ग आङ्गबुहाङ्ग लिम्बुको हत्या गरीएको थियो । यसरी लिम्बुवानमा केन्द्रीय सरकारले हत्याहिँसा सँगसँगै आफ्नो र गैर लिम्बुहरुको बाक्लो उपस्थिती सहीत बस्ती बसाल्न थालियो । सरकारको यस्तो कार्यप्रति लिम्बुवानी जनताहरुले १८३१ को सम्झौता उलङ्गघन नगरीयोस भनी बिभिन्न समयहरुमा बिभिन्न खालको बिरोध पत्रहरु, मागपत्रहरु र आन्दोलनहरु गरीएको थियो । समयको गतीसगै केन्द्र सरकार र लिम्बुवान बिच यो क्रम जारी रहदा २००७ सालमा काङ्गग्रेसले राणा शासन बिरुद्ध शसत्र क्रान्ती सुरु गर्यो । सरकारसँग रुष्ट लिम्बुवानका लिम्बुहरुले तत्कालीन काङ्गग्रेस पार्टीमा आबद्ध भई क्रान्तीबाट नै १८३१ को सम्झौता अनुसार लिम्बुवान पुन स्थापना कठोर निर्णय गर्दै, जी बी याक्थुङ्गबा बी बी चेम्जोङ्ग लगायतको अगुवाईमा लिम्बुवान सशत्र आन्दोलनमा होमीयो फलस्वरुप क्रान्ती सफलताकै क्रममा लिम्बुवान क्षेत्रका जनमुक्ति सेनाका कमाण्डर जी बी याक्थुङ्गबाको नेत्तृत्वमा राणाहरुलाई खेदाई, धनकुटामा ललीत बाहादुर तुम्बाहाङ्गफे प्रमुख रहेको लिम्बुवान प्रान्तीय सरकार गठन गरीएको थियो । उक्त सरकारमा - प्रेम बाहादुर माबोहाङ्ग- गृहमन्त्री, कप्तान कमान सिँ लिम्बु- रक्षामन्त्री, चन्द्रमान कन्दङ्गवा- वन मन्त्री, सेर बाहादुर लिम्बु- स्थानीय बिकाश मन्त्री, स्व काजीमान कन्दङ्गवा- शिक्षा मन्त्री, र स्व गुञ्जमान आङ्गबुहाङ्ग- स्वास्थ्य मन्त्री रहेका थिए । तर क्रान्ती सफलता सँगै काङ्गग्रेसले उक्त प्रान्तीय सरकार बिगठन गरी लिम्बुवान र लिम्बुवानी जनताहरुलाई धोका दिएका थिए । लेखकले यसरी २००७ सालमा लिम्बुवान र लिम्बुहरुमाथी गरेको षडयन्त्र अर्थात आफ्नो स्वार्थको लागी लिम्बुहरुलाई प्रयोग गरेको कुराहरुलाई स्मरण गर्दै गराउर्दै, आज देश सँघिय लोकतान्त्रीक गणतन्त्रको सस्थागत बिकासका लागी अघि बढीसकेको अवस्थामा समेत सँघियतामा जादा देश टुक्रीन्छ भन्ने काङ्गग्रेस पार्टीको बिगत र वर्तमानको उसको राजनीतीक पृष्ठभुमीलाई केलाउदै काङ्गग्रेस लिम्बुवानका लागी मात्र नभई सम्पूर्ण सँघियबादी पार्टी र जनताहरुका लागी धोकेबाज भनिएको छ । त्यस्तै १० बर्ष लामो जनयुद्ध लडेको माओबादीले जनयुद्धको बेला सँघात्मक शासन ब्यावस्थाको वकालत गर्दै, आत्मानिर्णयको अधिकार सहीत जातीय राज्यहरु, क्षेत्रिय राज्यहरु, अनि जातीय मुक्तीका कुराहरु, लिङ्गीय मुक्तीका कुराहरु, बर्गीय मुक्तीका कुराहरु लगायत सबैखाले मुक्तीका कुराहरुलाई महत्वका साथ अघि सार्यो । त्यसर्थ सम्पूर्ण मुक्ती चाहाने नेपालीहरुले माओबादीलाई साथ दिएको जीउदो र्इतिहास छँदाछदै, आज ऐतिहासीक पृष्ठभुमीको आधारमा लिम्बुवान स्वायत्त राज्यको पुन स्थापना हुनुपर्छ भन्दा भन्दै लिम्बुवानी जनताको चाहाना बिपरीत झापा मोरङ्ग र सुनसरीलाई टुक्राएर कुनै र्इतिहासमा नभएको कोचिला राज्यको अवधारणा ल्याउनु र लिम्बुवानलाई ५ जील्लामा खुम्चाउनु खोज्नु लिम्बुवानी जनताका लागी अन्याय र सरासर गलत भएको कुरा यो पुस्तकमा स्पस्ट लेखिएको छ । पुस्तकमा धेरै ठाँउहरुमा सत्यको नजीक रहेर लिम्बुवानको सिमानाको कुरा उर्ठाईएको छ । जहाँ अलग अलग समयमा अलग अलग सिमाहरुको चर्चा गरीएपनि हालको सिमाना- पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/सँखुवा खोला, अरुण हुदै सप्तकोशी, उत्तरमा हिमालय तिब्बत चीन, दक्षिणमा भारत पर्दछ भनिएको छ । त्यस्तै जनसँख्याको सवालमा पनि बिभिन्न काल खण्डको इतिहासहरु, रितिथितिहरु, धर्म सँस्कार र सँस्कृतीहरु अनि बिभिन्न थरीका लिम्बुहरुको वँशावली लगायत धेरै धेरै प्रमाणहरु पेस गर्दै ऐतिहासीक पुष्ठभुमीको आधारमा लिम्बुवान राज्यको पुन स्थापना हुनु पर्छ भनिएको छ । यसैगरी चाहे त्यो उनिहरुको (लिम्बुहरुको) मुलुकमा एक जना मात्र लिम्बु हुन् या नहुन् इतिहास इतिहास हो यसलाई कसैले मोड्ने चेष्टा गर्नुहुदैन र मोडीदैन पनि । त्यसर्थ यही र्इतिहासको खुड्किलो टेक्दै ऐतिहासीक पृष्ठभुमीको आधारमा लिम्बुवान पुन स्थापना हुनुपर्छ भन्ने जस्ता तर्कसँगत बिचारहरु अघि सारीएको छ । अन्त्यमा, पुस्तक सानो भएपनि यसमा समेटीएका लिम्बुवान सम्बन्धी अनेकौ सामाग्रीहरुले यसलाई निकै महत्वपूर्ण बनाएको छ । पुस्तकले लिम्बुवान पुन स्थापनाको कुरा लिम्बुहरुमा अञ्जान जन्मिएको भावना या रहर होईन भनि प्रमाणीत गर्दछ । अनि लिम्बुवान स्वायत्त राज्य पुन स्थापनाका लागी सँघर्षरत लिम्बुवानबादी पार्टी र सँगठनहरुलाई महत्वपूर्ण सहयोग पुर्याउने कुरामा दुइमत छैन् ।Aug 5, 2010
अविचन्द्र र्इङनामको स्मृति
दिल पालुङवा लिम्वु "नेपाल कुशशा"
भर्खरै नेपाली सांगितिक आकाशमा एउटा र्इट्टा थपिने काम भएकोछ स्मृति एल्वमवाट । यो अविचन्द्र
र्इङनाम लिम्वुको रचनामा नेपालका चर्चित तथा नवोदित गायक गायिकाहरुले स्वर दिएका छन् । गीतहरु सवै कर्णप्रीय छन् । यी गीतहरुमा जानु अघि अविचन्द्र र्इङनामको व्यक्तित्ववारे जाऔं । वास्तवमा उनी सामाजिक कार्यकर्ता वा नेता हुन् । नेपालमा पनि सामाजिक काम गर्दै आएका आठरार्इ र्इवाका प्रतिष्ठित र्इङनाम परिवारका हुन् । हङकङमा सन् २००० देखि चुम्लुङ हङकङका अध्यक्ष भएर चुम्लुङलाई एक उचाईमा पुर्याउन सफल उहा त्यही समयमा हङकङ नेपाली महासंघको उपाध्यक्ष पनि भएर हङकङेली
नेपालीहरुमा सामाजिक कार्यकर्ताको वा नेताको रुपमा स्थापित भए । वर्तमान अवस्थामा लिम्वुवान राष्ट्रिय मोर्चाको गरिमामय महासचिव पदमा रही लिम्वुवान स्वायत्त आन्दोलनमा सरिक उनी लिम्वुवानको अग्रणी नेता तथा भविष्यमा नेपालको शासकीय उच्च तहमा पुग्ने व्यक्तित्व हुन ।
यसको साथै तत्कालै गिती सिडी निकालेर सांगितिक क्षेत्रमा पनि उतिकै सशक्त भएर आउनुभएको छ । उहाको पहिलो एल्वम, दिन महिना वर्षपनि केही वर्षपहिल्यै निस्केको थियो । तर अहिलेको अवस्थामा आईपुगेर धेरै खारिएको पाईन्छ । उहा खेलकुद र लेखनमा पनि उतिकै सक्रीय हुनुहुन्छ । त्यसैले वहुमुखी प्रतिभाका धनी भनेर उहालाई सम्वोधन गर्न नसकिने ठाउ छैन ।
अव उहाको गीतपट्टी जाऔं ।
सलल वगेको कावेली
झर्यो खोला त्यो तम्वर दोभान
हृदयमा सांचेको पिरती
अधुरोभो कलिलो जोवानमा
आफ्नै गाउवेसी आठरार्इवाट तल निगुरादेन र आङवुङको जोड्तीमा देखिने तम्वर र कावेली खोलाको दोभानलाई हेर्दै आफ्नो अर्धाङगीनीलाई सम्झीदै प्रस्फुटन भएको गीतको आभाष पाईन्छ यसमा । अर्थात स्वर्गीय जेठी श्रीमतीलाई सम्झना गरेको आभाष मिल्दछ । लामो समयसम्म हांसी र खुसी गर्दै वांच्ने प्रण गर्दागर्दै नियतीले उहालाई उहावाट चुडेर लगेकोले कलिलै उमेरमा केही पनि दिन नसकोको पिरतीहरु अधुरै भएर वेलावेला तड्पाउदै रहेको पाईनछ ।
तर....
उडाइलाने त्यो वायु विमान
गुर्डाई लाने छकछके रेलैले
लेखिदिने त्यो भावि कलम
मेटि दिने कर्मै को खेलैले
कर्मको खेल र भावीनै यस्तो भएपछि मुटुमाथि ढुंगा राखेर वांच्नु सिवाय के हुदोरहेछर । उहाको दोस्रो गीत स्वर्गीय श्रीमति कृष्णमाया र्इङनामकाको रचना तथा संकलन रहेको छ भने स्वर मनु नेम्वाङले दिएकी छिन् ।
ति फूलहरु तिमीले, समालेर राख्नु ।
मत माली हुन सकिन, सृजना नै मात्र ।
चाहेर मात्र नहुने रहेछ, बाध्यता नै यस्तो ।
भाविले यो के लेखि नै दियो ।
मलाइ माफ, गरि देउ....।
यसमा आफ्ना सन्तानहरुलाई समालेर राख्ने वाचा गराएकी छिन् । फकताङलुङ उल्लेखित गीतले लिम्वुवानको शिरको प्रतिनिधीत्व गरेको छ ।
भाले मयुर गीतले खुव नचाउनेछ । यो जोडी जोडी नचाउने गीत हो । कुशल थलङ र जसोदा सुव्वाले स्वर दिएका छन् । केही गीतमा आफ्नै छोरी निर्मलाको गीत र कविता र्इङनामको स्वर रहेको छ । उनले पनि निरन्तरता दिएमा स्वरले आफ्नै स्थान सुरक्षित गर्ने देखिन्छ । यस स्मृतिको निर्मात्री सोम कुमारी र्इङनाम रहेकी छिन् ।
समग्रमा भन्नुपर्दा गीतकार अविचन्द्र र्इङनामको गीत राम्रै छन् भने गायक गायिकाले पनि राम्रै स्वर दिएका छन् । यस एल्वममा संग्रहित ६ वटै सवै गीतहरु कर्णप्रीय छन् । उहाले समाज र देशलाई अझै थुप्रै यस्ता गीतहरु दिदै गरुन कामना गरौं । साथै लिम्वुवानको प्रतिनिधी उहावाट लिम्वु र लिम्वुवानको गीतहरु पनि आउन । सेवारो ।



