रमेश नामहाङ
भर्खरै मात्र एकसाथ दुर्इ पुस्तक पढ्ने मौका मिल्यो । एकजना भलाद्मी विद्वानले दुवै पुस्तक उपलब्ध गराइदिनुभएपछि यस्तो अनुपम अवसर प्राप्त भएको हो । प्रकाशन मितिका हिसाबले दुवै पुस्तक केही बर्ष पूरानै हुन् । त्यसबेला यी पुस्तकहरू बजारमा आउँदा थाहा नपाएको होइन तर पनि कसो-कसो पढ्ने अवसरचाहिँ मिलेको थिएन । तर, आज ढीलै भए पनि दुवै पुस्तक पढ्ने अवसर मिलेको छ, त्यसका लागि पुस्तक उपलब्ध गराईदिनुहुने ती भलाद्मीलाई धन्यवाद दिन चाहन्छु । पुस्तकहरू हुन् – पहिलो, क्रान्तिकारी पत्रकार राजु क्षेत्रीद्वारा लिखित् गजुरी ब्यारेक ब्रेक सम्बन्धी संस्मरणात्मक अभिलेख र दोस्रो, हङकङमा बसोबास गर्दै आएका साहित्यकार देश सुब्बाको उपन्यास ‘आदिवासी ।’
वस्तुतः पहिलो कृति जनयुद्धको क्रममा एकजना आस्थाका बन्दीले राज्य-संयन्त्रबाट कतिसम्म दहन सहन बाध्य हुनु परेको थियो भन्ने यथार्थलाई सजीव चित्रण गर्ने ‘खजाना’ बनेको छ । यस कृतिले तत्कालिन् शाही सेनाद्वारा बन्दीमाथि हुने गरेका बर्बर यातनाको भण्डाफोर गरेको छ । साथै, बर्बरताको अनन्त श्रृंखलाले समेत मुक्तिका लागि आयोजित संघर्षको महा-यात्रालाई रोक्न नसक्ने सार सन्देश यस पुस्तकले प्रसार गरेको छ ।
यता देश सुब्बाद्वारा सिर्जित् उपन्यास ‘आदिवासी’ भने पहिलो पुस्तक भन्दा विल्कूलै फरक आधारभूमीमा जग हालेर आएको छ । नेपाली साहित्यमा पछिल्लो समय भयवादबारे वकालत गर्दै आएका सुब्बाले यसैको औचित्य पुष्टि गर्ने प्रयत्न स्वरुपः यो उपन्यास पेश गरेका छन् । तर्सथ, यसलाई नेपाली साहित्यमा नवीन प्रयोगको रूपमा समेत लिने गरिएको छ । यिनै कारणले गर्दा यसपटक गजुरी ब्यारेक ब्रेक सम्बन्धी राजु क्षेत्रीद्वारा लिखित् पुस्तक छाडी आदिवासी उपन्यासमा चर्चा केन्द्रीत् गरिएको छ । अझ भनौं, आदिवासी जनजातीय आँखाबाट देश सुब्बाको ‘आदिवासी’ उपन्यासलाई हेर्ने प्रयत्न गरौं ।

उपन्यासको कथा/सार
आदिवासीय आन्दोलनकर्मीका शहरीया छोरो हुन्, निसाम । उनी विश्वविद्यालयमा अध्यानरत एक मेधावी छात्र हुन् । अचानक उनी अनौठो विरामीले समातिन थाल्छन् । व्याथाले च्यापिँदा यौटा डरलाग्दो छायाँ आफ्नो वरिपरि देख्छन् । त्यसपछि उनी छट्पटाउने, बर्बराउने, फटयाक-फटयाक पर्ने र वेहोश हुने हुन्छन् । पटक-पटक यस्तो घट्ना दोहोरिई रहेपछि उनी त्यो छायाँ के हो ? भनी पत्ता लगाउने अभिप्रायले मध्यरात घरबाट निक्ली यायावर अर्थात् घुमन्ते जीवनतिर लाग्छन् । घुम्दै जाँदा उनी एक प्राचीन आदिवासीय गाउँमा पुग्छन् । अन्ततः उनले त्यही स्थानमा यौटा प्राचीन रुखको सहाराबाट त्यो छायाँ ‘भय’ हो भन्ने पत्ता लगाउँछन् । साथै, मानवीय जीवन-चक्र सबै भयकै कारण चलिरहेको समेत उनी थाहा पाउँछन् र घर फर्किन्छन् ।
विषयवस्तुका हिसाबले ‘आदिवासी’ उपन्यासको मोटामोटी विवरण यही हो । यसबाट उपन्यासमा रहेका कथानकता, पात्र, चरित्रचित्रण, परिवेश र शैलीबारे सामान्य थाहा पाउन सकिन्छ ।

यथार्थताको कसीमा उपन्यास
यो उपन्यास स्वैरकल्पनामा आधारित भएको हुनाले यसको यथार्थतासँग कुनै साइनो छैन । उपन्यासको शिर्षक र विषयवस्तु यौटा सजीव चिजलाई छनौट गरेपनि यसको कथानकताचाहिँ सत्यभन्दा सयौं कोस टाढाबाट हूइँकिएको छ । त्यसो त उपन्यासकार आफैं सत्य के हो ? र झूठ के हो ? भन्ने कुरा खुट्याउन समेत असमर्थ रहेको भान उपन्यासभित्र लाग्छ । यसका लागि मात्र यौटा उदाहरण हेरे मात्र पनि काफी हुन्छ । जस्तो, उपन्यासको एक अंश लिऔं- “…….आदिवासी हुनलाई बलियो आधार चाहिन्छ । बलियो आधार भनेको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, चार्डपर्व नै हो । आफू बलियो भएपछि कसैले राजनीति गरेर दमन गर्न सक्दैन ।”
उपन्यासकारले उपन्यासका नायक निसामलाई आदिवासी आन्दोलनकर्मी बाबुप्रति लक्ष्यित् गर्दै यी वाक्य बोल्न लगाएका छन् । जसमा पहिलो र दोस्रो वाक्य भावनात्मक रूपमा ठीकै हुन् । जसले, अहिले नेपालमा उठीरहेको अनावश्यक चर्को पहिचानको माग र जारी जातीय उपद्रवलाई निसाना साँधेको मान्न सकिएला । परन्तु, तेस्रो वाक्यले ती सबै सकारात्मकतालाई कूरूप पारेको छ । आफू बलियो भए कसैले राजनीति गरेर दमन गर्न सक्दैन भन्ने शब्द त फेरि पनि ठीकै हो तर जुन शब्दावली उपन्यासकारले जुन ठाउँमा प्रयोग गरेका छन् त्यो एकदमै गलत छ । उनले यो शब्दावली यस ठाउँमा प्रयोग गर्दाको भाव अनुसार, नेपालका आदिवासी जनजातिहरू अहिले पराजित जाति वा समूदायको रूपमा छैनन् । त्यसकारण राष्ट्रिय मुक्ति आन्दोलन लड्नुको सट्टा भाषा, धर्म, लिपि आदिको कर्मकाण्डीय उपक्रममा लाग भन्ने उपदेश बाँडेको छ । जुन कुरा घोर काल्पनिक मात्र होइन असाध्यै दुर्भाग्यपूर्ण पनि छ । यसले वास्तवमै विद्यमान राष्ट्रिय मुक्ति आन्दोलनको पेचिलो अवस्थाप्रति आँखा चिम्म पारेको छ । यसरी वास्तविकताभन्दा पर रहनु भनेको जीवन र जगतबाट कट्नु हो । जीवन र जगतबाट कटेको साहित्य भनेको केवल बौद्धिक विलासिताको साहित्य हो । यसमा जीवनको अंश मात्र खोज्नु पनि अज्ञानता हो । त्यसैले अदिवासी उपन्यासभित्र यथार्थता खोज्नु नै महामूर्खता हो । यद्यपि, आदिवासी जनजातिमा प्रचलित रहँदै आएको बनझाँक्री परम्पराको पोयो पक्रेर उपन्यास कता कता जादूगरी यथार्थवादको धुरी चढ्न खोजेको छ तर पनि समग्रमा उपन्यास भ्रम र कल्पनाको रछ्यानमा पसारिएको छ । परन्तु, यसको कलापक्ष निक्कै मनमोहक छ ।

औपन्यासिक धार
यो उपन्यास उत्तर-आधुनिकतावादी साहित्यिक मूल्य र मान्यतामा लेखिएको कृति हो । जसरी विनिर्माणवादले खाली विध्वंस, विखण्डन, अनियमितता एवं असङगतिका मात्र दर्शन् छाँट्छन् त्यसैगरी यस उपन्यासले पनि सो बाटो पछ्याएको छ । पुष्टिका लागि यौटा सानो उदाहरण हेरौं ।
“……..मलाई अहिले आएर मान्छेको सिद्धान्त खोक्रो लाग्न थालेको छ । मान्छेको सिद्धान्तभित्र पत्करको थुप्रो देख्न थालेको छु ।”
उपन्यासकारले यसरी पात्रमार्फत ऐतिहासिक मूल्य मान्यता र सङगतिलाई निषेध गरेका छन् । सिद्धान्तलाई खोक्रो देख्नु भन्नु मानव समाजका विकासका सम्पूर्ण नियमहरूलाई बेकार देख्नु हो । अतः उपन्यासकारको यस्तो किसिमको घोषणा, उत्तरआधुनिकतावादका एक परवर्तक डेनियल वेलको विचारधाराको अन्त्यको फोटोकपी नै हो ।
उपन्यासले वस्तुगतभन्दा पर रहेर मनोगत भावनामा उडान भरेको छ । यसभित्र आदिवासीलाई ‘सो पिस’को रूपमा सीमित् गर्न खोजेर आफ्नो मुक्तिगामी अभियानप्रति बितृष्णा व्यक्त गरिएको छ । यो घोर पलायन र निराशाको अभिव्यक्ति हो । पलायन र निराशा बढेर अस्तित्ववादमा परिणत हुन्छ । अस्तित्ववादलाई अर्को परिभाषामा अराजकतावाद पनि भनिन्छ । यो अस्तित्ववाद अर्थात् अराजकतावाद अन्त्यमा सून्यवादी हुन्छ भन्ने दार्शनिक मान्यता छ । सून्यवादलाई समेत अहिले संगोलमा उत्तरआधुनिकतावाद भनिँदै आएको छ । तसर्थ, व्यक्तिगत महत्वाकांक्षाको घोडा चढेर बर्कुसी मारेको ‘आदिवासी’ उपन्यास उत्तरआधुनिकतावादी धारमा उभिएको छ । त्यसो त भयवादी सिद्धान्तले पनि यो कुरा प्रष्टै पारेको छ । आफूमा निहित् अन्तरविरोध नै वस्तु या पदार्थको विकासको प्रमूख कारण हो भन्ने द्वन्द्वात्मक भौतिकवादी मान्यताको विपरित मानवीय संवेदना विकासको कारण हो भनी भयवादले व्याख्या गरेको छ । त्यसैले भयवाद एक आदर्शवादी प्रस्थापना हो । यो विज्ञानको विरुद्धमा छ । उत्तरआधुनिकतावादले केन्द्ररहितताको वकालत गर्दै जसरी विज्ञानविरोधी एउटा केन्द्र निर्माण गरेको छ त्यही केन्द्रमा भयवाद मिसिन पुगेको हुनाले स्वतः उपन्यास उत्तरआधुनिकतावादी छ ।

उपन्यासभित्र निहित सौन्दर्य कसको ?
नेपालको सन्दर्भमा उत्तरआधुनिकतावादी साहित्य भनेको शासकीय अर्थात् उच्च हिन्दु खस, ब्राम्हण जातीय साहित्य हो । देश सुब्बा प्रद्दत्त ‘भयवाद’ त्यही उत्तरआधुनिकतावादको यौटा आयाम हो । त्यसकारण भयवाद शासकीय मनोवृत्तिले शाषित्द्वारा निर्मित साहित्यिक दर्शन हो । अतः भयवादी मान्यतामा आधारित ‘आदिवासी’ उपन्यासको सौन्दर्य आदिवासी जनजातिहरूका होइनन् ।
नेपालका आदिवासी जनजातिहरू अढाई सय बर्षदेखि निरन्तर शाषितको रूपमा रहेका छन् । उच्च हिन्दु खस, ब्राम्हण जातीय अधिनायकवादका विरुद्ध आदिवासी जनजातिहरू यतिवेला निर्णयाक संघर्षमा भाग लिईरहेका छन्। अहिलेको नेपाली समाजको वास्तविकता यो, हो । यही कुरा अहिलेको आदिवासी जनजातीय साहित्यमा प्रतिविम्बन् हुनुपर्दछ । तर्सथ, आदिवासी जनजातिहरूको मुक्ति आन्दोलन र त्यसमा होमिन उत्प्रेरणा गर्ने सार बोकेका साहित्य नै खासमा आदिवासी जनजातीय साहित्यिक सौन्दर्य हो । तर ‘आदिवासी’ उपन्यासमा नेपालका आदिवासी जनजातिहरू विजेता रहेको भ्रान्ति पालिएको छ । उपन्यासले आदिवासी आन्दोलनको आवश्यक्ता पुष्टि गर्ने चेष्टा र यसमा सामेल हुने उत्प्रेरणा जगाउने त कुरै छोडौं बरु उल्टै आन्दोलनलाई ‘अनावश्यक पहलु’ भएको तर्फइंगित गरिएको छ । यतिवेला शासकहरूले आदिवासी आन्दोलनमा व्यापक भ्रम सिर्जना गरेर टुक्रा-टुक्रा पारी तहसनहस पार्न खोजीरहेका छन् । प्रस्तुत उपन्यासले यही कुरामा मद्दत पुर्याएको छ । मार्क्स, बुद्ध, शंकाराचार्य, डेरिडा, नित्से, फुकोयामालाई एउटै दर्जामा राखेर आदिवासी जनजाति मुक्तिको अचूक विचारलाई उपन्यासले निषेध गरेको छ । त्यसकारण यो आदिवासी जनजातीय साहित्य होइन । उपन्यासको शीर्षक ‘आदिवासी’ भएर के गर्नु ! जसरी आत्मानन्द, ओमनन्द, स्वामी प्रपन्नाचार्यले आदिवासीय सौन्दर्य झल्काउँदैनन् त्यसैगरी यो उपन्यासले आदिवासी जनजातीय सौन्दर्य बोक्दैन ।

बाँकी,
नेपाली समाजमा आदिवासी जनजातिको स्थान कहाँ छ ? सत्ता र आदिवासी जनजातिबीच के कस्ता अन्तरविरोधहरू विद्यमान छन् ? यस्ता कुञ्जी कुराहरूबाट बेखबर बनी केवल बौद्धिक विलासिताको निम्ति लेखिएको हुनाले वर्तमानको पेचिलो स्थितिमा कमजोरीका लस्करै पुडियाहरू भिरेर ‘आदिवासी’ उपन्यास हामीसामू पेश भएको छ । सायद यसो हुनुमा उपन्यासकार लामो समयदेखि मुलूकबाहिर रहनु पनि कारण हुनसक्छ । यद्यपि, शिल्पका हिसाबले उपन्यास निक्कै मजबूद छ । ‘कलाका लागि कला’ भन्ने मान्यता अनुसार उपन्यास जबर्जस्त बनेको छ । राष्ट्रिय मुक्ति आन्दोलन, संघीयता र स्वायत्तताको मुद्दाले देशमा निर्णायक पहलकदमीको माग गरिरहेको यसवेला आदिवासी लेखकबाट यस किसिमको कृति आउनुलाई वस्तुतः निको मान्न सकिँदैन । पछिल्लो समय आदिवासी जनजातिका नाम लिएर शासकहरूका साहित्य लेख्ने प्रचलन नेपालमा तीव्र छ । देश सूब्बा त्यही भङ्गालोमा मिसिएका छन् । यो कुरा आदिवासी जनजातिहरूका निम्ति निक्कै विडम्बनापूर्ण छ। तर पनि व्यैक्तिक प्रगतिका लागि अहिल्यै उनलाई आदिवासी जनजातीय चौडा मनहरूले बधाई दिन कञ्जुस्याँइ गर्ने छैनन् । आखिरी, अपमान जस्तो निक्कै गहकिलो कृतिका लेखक देश सूब्बाको लेखनमा एक सय असी डिग्रीको फरकपना कसरी आउन सक्यो होला ? उनले सबैलाई चकित पारेको छ ।
namhang_krt@gmail.com