Aug 5, 2010

अविचन्द्र र्इङनामको स्मृति

दिल पालुङवा लिम्वु "नेपाल कुशशा"
भर्खरै नेपाली सांगितिक आकाशमा एउटा र्इट्टा थपिने काम भएकोछ स्मृति एल्वमवाट । यो अविचन्द्र र्इङनाम लिम्वुको रचनामा नेपालका चर्चित तथा नवोदित गायक गायिकाहरुले स्वर दिएका छन् । गीतहरु सवै कर्णप्रीय छन् । यी गीतहरुमा जानु अघि अविचन्द्र र्इङनामको व्यक्तित्ववारे जाऔं । वास्तवमा उनी सामाजिक कार्यकर्ता वा नेता हुन् । नेपालमा पनि सामाजिक काम गर्दै आएका आठरार्इ र्इवाका प्रतिष्ठित र्इङनाम परिवारका हुन् । हङकङमा सन् २००० देखि चुम्लुङ हङकङका अध्यक्ष भएर चुम्लुङलाई एक उचाईमा पुर्याउन सफल उहा त्यही समयमा हङकङ नेपाली महासंघको उपाध्यक्ष पनि भएर हङकङेली नेपालीहरुमा सामाजिक कार्यकर्ताको वा नेताको रुपमा स्थापित भए । वर्तमान अवस्थामा लिम्वुवान राष्ट्रिय मोर्चाको गरिमामय महासचिव पदमा रही लिम्वुवान स्वायत्त आन्दोलनमा सरिक उनी लिम्वुवानको अग्रणी नेता तथा भविष्यमा नेपालको शासकीय उच्च तहमा पुग्ने व्यक्तित्व हुन ।
यसको साथै तत्कालै गिती सिडी निकालेर सांगितिक क्षेत्रमा पनि उतिकै सशक्त भएर आउनुभएको छ । उहाको पहिलो एल्वम, दिन महिना वर्षपनि केही वर्षपहिल्यै निस्केको थियो । तर अहिलेको अवस्थामा आईपुगेर धेरै खारिएको पाईन्छ । उहा खेलकुद र लेखनमा पनि उतिकै सक्रीय हुनुहुन्छ । त्यसैले वहुमुखी प्रतिभाका धनी भनेर उहालाई सम्वोधन गर्न नसकिने ठाउ छैन ।
अव उहाको गीतपट्टी जाऔं ।
सलल वगेको कावेली
झर्यो खोला त्यो तम्वर दोभान
हृदयमा सांचेको पिरती
अधुरोभो कलिलो जोवानमा
आफ्नै गाउवेसी आठरार्इवाट तल निगुरादेन र आङवुङको जोड्तीमा देखिने तम्वर र कावेली खोलाको दोभानलाई हेर्दै आफ्नो अर्धाङगीनीलाई सम्झीदै प्रस्फुटन भएको गीतको आभाष पाईन्छ यसमा । अर्थात स्वर्गीय जेठी श्रीमतीलाई सम्झना गरेको आभाष मिल्दछ । लामो समयसम्म हांसी र खुसी गर्दै वांच्ने प्रण गर्दागर्दै नियतीले उहालाई उहावाट चुडेर लगेकोले कलिलै उमेरमा केही पनि दिन नसकोको पिरतीहरु अधुरै भएर वेलावेला तड्पाउदै रहेको पाईनछ ।
तर....
उडाइलाने त्यो वायु विमान
गुर्डाई लाने छकछके रेलैले
लेखिदिने त्यो भावि कलम
मेटि दिने कर्मै को खेलैले
कर्मको खेल र भावीनै यस्तो भएपछि मुटुमाथि ढुंगा राखेर वांच्नु सिवाय के हुदोरहेछर । उहाको दोस्रो गीत स्वर्गीय श्रीमति कृष्णमाया र्इङनामकाको रचना तथा संकलन रहेको छ भने स्वर मनु नेम्वाङले दिएकी छिन् ।
ति फूलहरु तिमीले, समालेर राख्नु ।
मत माली हुन सकिन, सृजना नै मात्र ।
चाहेर मात्र नहुने रहेछ, बाध्यता नै यस्तो ।
भाविले यो के लेखि नै दियो ।
मलाइ माफ, गरि देउ....।
यसमा आफ्ना सन्तानहरुलाई समालेर राख्ने वाचा गराएकी छिन् । फकताङलुङ उल्लेखित गीतले लिम्वुवानको शिरको प्रतिनिधीत्व गरेको छ ।
भाले मयुर गीतले खुव नचाउनेछ । यो जोडी जोडी नचाउने गीत हो । कुशल थलङ र जसोदा सुव्वाले स्वर दिएका छन् । केही गीतमा आफ्नै छोरी निर्मलाको गीत र कविता र्इङनामको स्वर रहेको छ । उनले पनि निरन्तरता दिएमा स्वरले आफ्नै स्थान सुरक्षित गर्ने देखिन्छ । यस स्मृतिको निर्मात्री सोम कुमारी र्इङनाम रहेकी छिन् ।
समग्रमा भन्नुपर्दा गीतकार अविचन्द्र र्इङनामको गीत राम्रै छन् भने गायक गायिकाले पनि राम्रै स्वर दिएका छन् । यस एल्वममा संग्रहित ६ वटै सवै गीतहरु कर्णप्रीय छन् । उहाले समाज र देशलाई अझै थुप्रै यस्ता गीतहरु दिदै गरुन कामना गरौं । साथै लिम्वुवानको प्रतिनिधी उहावाट लिम्वु र लिम्वुवानको गीतहरु पनि आउन । सेवारो ।